चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसल

चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसल

चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसलचौतारा ! सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित एक पसलमा चोरी भएको छ ।आइतबार राति सदरमुकाम चौताराको मुख्य बजारमा रहेको जि.आर सुनचाँदी पसल रित्तो नै हुनेगरी चोरी भएको हो ।पसलमा रहेको करिब १०तोला सुन र ३ किलो चाँदी चोरी भएको पसलका प्रोपाइटर गम्भीर रानाले बताए ।माथिल्लो तल्लामा ग्लोबल आइएमइ बैंकसमेत रहेको घरको मूल च्यानल गेटको ताल्चा फोडि चोरहरु भित्र पसि पसलको साइड सटरमा रहेको ताल्चासमेत फोडेर चोरी गरेको बताइएको छ ।मूल सडकको दृश्य देखिने गरि पसलधनी राना आफैले जडान गरेको…

पूर्व शिक्षक रुकमणी श्रेष्ठबाट बाल कल्याणलाई शैक्षिक सामाग्री सहयोग

पूर्व शिक्षक रुकमणी श्रेष्ठबाट बाल कल्याणलाई शैक्षिक सामाग्री सहयोग

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित श्री बालकल्याण आधारभूत विद्यालयलाई सोही विद्यालयकी पूर्व शिक्षक रुकमणि श्रेष्ठले शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । रोचक ह्यान्डीक्रयाप्ट काठमाण्डौंकी सञ्चालक समेत रहेकी पूर्व शिक्षक श्रेष्ठबाट बिद्यार्थीहरुलाइ झोला तथा स्टेशनरी सामाग्री सहयोग गर्नु भएको हो । आइतबार पूर्व शिक्षक श्रेष्ठले एक कार्यक्रमबीच उक्त सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ । सो अवसरमा शिक्षिका श्रेष्ठले आफ्ना बुबाको प्रेरणाले समाजसेवामा लागेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरिन् । कार्यक्रममा प्रधानाध्यापक गायत्री पालिखेले…

विद्यालय संरक्षणका लागि वकिङ नेपाली सेवा समाज युकेको ३ लाख ५१ हजार सहयोग

देवराज सुवेदी सिन्धुपाल्चोक, २० फागुन । सरस्वती माध्यमिक विद्यालय संरक्षण अभियानका लागि वकिङ नेपाली सेवा समाज युकेको तर्फबाट रु ३ लाख ५१ हजार एक सय ११ आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको छ । २०७८ असार १ र त्यसपछिको बाढीले क्षति गरेको र अझै पनि जोखिममा रहेको हेलम्बु गाउँपालिका–४ ग्याल्थुम स्थित सरस्वती माध्यमिक विद्यालय संरक्षणका लागि पुर्व विद्यार्थी समाज सरस्वती माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभियानमा उक्त रकम सहयोग गरिएको हो । वकिङ नेपाली सेवा समाज युकेको निवर्तमान अध्यक्ष आशा राइले विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद घोरासैनी लगायतको उपस्थितिमा उक्त रकम पुर्व विद्यार्थी समाजका पदाधिकारीलाई…

स्वास्थ्य कार्यालयको अगुवाइमामा ट्राफिक संचेतना कार्यक्रम हुने

स्वास्थ्य कार्यालयको अगुवाइमामा ट्राफिक संचेतना कार्यक्रम हुने

स्वास्थ्य कार्यालयको अगुवाइमामा ट्राफिक संचेतना कार्यक्रम हुने चौतारा । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ट्राफिक संचेताना कार्यक्रम गर्ने भएको छ ।सडक दुर्घटना रोकथाम तथा जोखिम न्यूनीकरण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यको अध्यक्षतामा आईतबार बसेको बैठकले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित श्री कृष्ण रत्नगंगा माविका विद्यार्थीहरुलाई लक्षित गरि ट्राफिक संचेताना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य कार्यालयको अगुवाइमा भएको बैठकले सडक दुर्घटना रोकथाम र जोखिम न्यूनिकरणका लागि चालकसँग ५ मिनेट कार्यक्रम पनि तय भएको स्वास्थ्य प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।बैठकमा…

साइबर क्राइमको आरोपमा चौतारा साँगाचोकगढीका सुमन खत्री पक्राउ

साइबर क्राइमको आरोपमा

नाबालिकाको चरित्रहत्या गर्ने चौतारा साँगाचोकगढीका सुमन खत्री पक्राउ काठमाडौं । नाबालिकाको चरित्रहत्या गरी दुःख दिएको आरोपमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ का २२ वर्षीय सुमन खत्री पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ गोल्खुपाखामा बस्दै आएका उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले गोल्खुपाखा, ठमेलबाट फागुन १७ गते पक्राउ गरेक बताइएको छ । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाले पोष्ट गरेको फोटो डाउनलोड गरी विभिन्न फेक आई डी बनाएर चरित्रहत्या गरेको आरोप उनीमाथि छ ।आफ्नो परिचय लुकाउन भिपिएनको समेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको…

खुला कविता प्रतियोगिता गर्दै नगर महिला सञ्जाल, यसरी पठाउन सकिन्छ कविता

खुला कविता प्रतियोगिता गर्दै नगर महिला सञ्जाल

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका नगर महिला सञ्जालले प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर खुला कविता प्रतियोगिताको आयोजना गर्न लागेको नगर महिला सञ्जालले जनाएको छ।सञ्जालकी अध्यक्ष जानुका पराजुलीका अनुसार प्रतियोगितात्मक कवित गोष्ठी यही फागुनको २४ गते साँगाचोकमा हुनेछ । प्रतियोगितामा महिला पुरुष दुबैले भाग लिन पाउनेछन्। यद्यपि कविता भने महिला सशक्तिकरण, महिला हक हित अधिकार, लैङ्गिक हिंसा, सामाजिक विकृति, विसंगति,गलत संस्कार विरुद्ध र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं त्यसको महत्व लगायतका विषयमा लेखेको हुनुपर्नेछ। फागुन २२ गते भित्र सर्जकहरुले janu2043@gmail.com मा आफ्ना कविता…

कृष्ण मन्दिर संरक्षणका लागि चेलीबेटीद्वारा आर्थिक सहयोग प्रदान

कृष्ण मन्दिर संरक्षणका लागि चेलीबेटीद्वारा आर्थिक सहयोग प्रदान

मन्दिर संरक्षण र सम्वद्र्धनका लागि सरकारी मुख ताक्नुभन्दा पनि गच्छे अनुसारको सहयोग संकलन गरेर अक्षयकोष स्थापना गरेको र सो अक्षयकोषमा सहयोग आउने क्रम जारी रहेको छ चौतारा । २०७२ सालको भूकम्पले ध्वस्त भएको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माण भएपछि मन्दिर संरक्षणका लागि सहयोग जुट्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा ५ पुरानो बजारस्थित ११५ वर्ष पुरानो कृष्णमन्दिर पुनर्निर्माणभएपछि मन्दिर संरक्षणका लागि शनिबार चौताराका चेलिबेटीहरुले रु ३२ हजार नगद सहयोग उपलव्ध गराइएका हुन् । चौतारा पुरानो बजार चेलीबेटी समूह काठमाण्डौंका अध्यक्ष रजियादेवी श्रेष्ठले श्री कृष्ण मन्दिर संरक्षण समितिका…

सिलाईमा सीप अभिवृद्धि गर्दै सञ्जाल । एउटै व्यक्तिले सबै तालिम नलिनुहोस – उपमेयर थापा

सिलाईमा सीप अभिवृद्धि गर्दै सञ्जाल । एउटै व्यक्तिले सबै तालिम नलिनुहोस – उपमेयर थपा

सिलाईमा सीप अभिवृद्धि गर्दै व्यवसायी । एउटै व्यक्तिले सबै तालिम नलिनुहोस – उपमेयर थपा चौतारा । आधारभूत सिलाईकटाईको तालिम लिएर व्यवसायमा रहेका महिलाहरुका लागि दक्षता अभिवृद्धि तालिम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडास्तरिय महिला सञ्जालद्वारा आयोजित ४५ दिने लेबल टु कक्षा तयारीे तालिम शनिबार सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले हरेक तालिममा एउटै अनुहारको मात्र सहभागिता रहेको भन्दै एउटा व्यक्ति एउटा तालिममा मात्र सहभागि हुनुपर्ने बताउनुभयो । उपमेयर थापाले एउटै व्यक्ति हरेक तालिममा सहभागि हुनुभन्दा आफूले लिएको…

३४ औं बार्षिकोत्सवमा ३ व्यक्तित्व सम्मानित, जुगलले आर्दश निर्माण गरेको नगरप्रमुखको भनाई

३४ औं बार्षिकोत्सवमा ३ व्यक्तित्व सम्मानित, जुगलले आर्दश निर्माण गरेको नगरप्रमुखको भनाई

निर्मल बस्नेत चौतारा (२०८० फागुन १७) सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको जुगल बोर्डिङ हाईस्कुल चौताराको ३४ औँ बार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगरपालिका संघका उपाध्यक्ष एवं चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले शिक्षामा नगरपालिकाको भार कम गर्न जुगल बोर्डिङ हाईस्कुल चौताराले सघाउ पुर्याएको बताएका छन् । नगरप्रमुख सापकोटाले शिक्षा , साहित्य र कलामा योगदान गर्नेहरुलाई सम्म्मान गरेर जुगलले छुट्टै आदर्श निर्माण गरेको भन्दै खुसी व्यक्त गरे । शिक्षा आर्जनको लागि बिद्यार्थीहरुसंगै अभिभावकहरुलाई पनि डोहोर्याएको दृश्य देखेर नगरप्रमुख हर्सित भएका थिए । नगरप्रमुख भन्छन् “ अन्य…

टियुको झल्को दिनेगरि जुगलको दिक्षान्त, सामुदायिक बिद्यालयले जुगलबाट सिक्नुपर्छ – उपप्रमुख थापा

टियुको झल्कोदिनेगरि जुगलको दिक्षान्त, सामुदायिक बिद्यालयले जुगलबाट सिक्नुपर्छ – उपप्रमुख थापा

निर्मल बस्नेत चौतारा । त्रिभुवन विश्वबिद्यालय (टियु) मा बिद्याबारिधी गरेपछि गरिने दिक्षान्तको झल्को दिनेगरि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जु्गल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच दिक्षित गरेको छ । बुधबार जुगल बोर्डिङ हाईस्कुलको कक्षा युकेजीबाट कक्षा एकमा प्रबेश गर्ने ४२ जना बिद्यार्थीहरुलाई गाउन र दिक्षान्त टोपीमा सजाएर कक्षाबृद्धिको कुरा उल्ललेख गर्दै फोटोसहितको मायाको चिनो र मार्कसिट प्रदान गरि दिक्षित गरेको छ । उनिहरुलाई चौतारा साँगाचोकगढी नगरपासलकाका उपप्रमुख सीता थापाले दिक्षीत गरेकी हुन् । साथै कक्षा नर्सरीबाट एलकजी ३६ र एलकेजीबाट युकेजीमा ५१ जना बिद्यार्थी कक्षाबृद्धि गराएको छ…