भञ्ज्याङ–चण्डेनी कृषि सडक स्तरोन्नति, ग्रामीण बस्तीमा वर्षभरि सडक पहुँच विस्तार हुने सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले ग्रामीण क्षेत्रमा सडक पहुँच विस्तार गर्ने उद्देश्यले भञ्ज्याङ–पधेरा–पल्लो टोल–चण्डेनी कृषि सडक स्तरोन्नतिको काम अघि बढाएको छ। परियोजनाको लागत अनुमान ५० लाख ७९ हजार २३० रुपैयाँ रहे पनि ३४ लाख २६ हजार १०९ रुपैयाँमा निर्माण सम्झौता गरिएको छ। योजनाअन्तर्गत सडक ढलानसहित आवश्यक संरचना निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने यातायात समस्या घट्ने, स्थानीय कृषकलाई कृषि उपज बजारसम्म पुर्याउन सहज हुने र ग्रामीण बस्तीको आवागमनमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ। बिसौनीbisouni.com
Category: समाज
बेसी झर्न थाले भेडीगोठ
ढोरपाटन (बागलुङ)। दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन्…
धान काट्ने चटारोमा कृषक
बाजुरा। दशैं नजिकिँदै गर्दा बाजुरासहित सुदूरपश्चिमका किसान धानसहितका बाली काटेर भित्र्याउन व्यस्त भएका छन् । धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने र चुट्ने कामले गाउँगाउँका खेतबारीमा चहलपहल बढेको छ । मौसमले धोका दिने भएकाले किसानहरू बिहानैदेखि खेतमै खाना खाने व्यवस्था गरेर काममा जुटेका छन् । बडिमालिका नगरपालिका–५ का कृषक चुफे चदाराले दशैं अघि अन्न घर भित्र्याउनुपर्ने हतारोले बिहानै खेतमा पुग्ने गरेको बताउनुभयो। “मौसम बिग्रिए वर्षभरको मेहनत खेर जान्छ,” “उहाँले भन्नुभयो” । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार जिल्लाभर धान पाक्न थालेको छ र यस वर्ष उत्पादन…
जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी
काठमाडौँ I जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ ।नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा…
कृषिमा चौताराले के-के गर्यो ?
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न काम गरेको छ । चालु आर्थिक वर्षमा उत्पादनलाई जोड दिँदै वडानम्बर ६ र १४ मा ड्रागन खेती प्रवर्द्धन तथा संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको छ । ड्रागन खेती प्रवर्द्धन तथा संरक्षण कार्यक्रम अनुसार वडा नम्बर ६ र १४ मा व्यवसायिक ड्रागन खेती गर्ने फर्महरूसँग कार्यक्रम सम्झौता गरी कार्यान्यनमा रहेको नगरपालिकाका सहायक प्राविधिक रामहरि दाहालले बताए । उनका अनुसार माटो परिक्षण घुम्ती शिविर कार्यक्रम तर्फ नगरपालिका भित्रका कृषकहरुले उपलब्ध गराएको २३४ वटा माटोको नमुना परिक्षण गरिएको छ । कृषि चुन वितरण कार्यक्रमतर्फ माटो…
हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्यो प्रश्न
काठमाडौँ- सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ २०७९ सालमा निर्वाचित भए । निर्वाचित लगत्तै स्वागत कार्यक्रम राखियो वडानम्बर ३ स्थित किटिनेमा । उक्त स्वागत कार्यक्रममा किटिनेकै एक महिलाले सापकोटालाई प्रश्न गरिन्- ‘तपाईं आउँदा पनि त्यहि बाटो भएर आउनु भयो । बाटोको हालत पनि देख्नुभयो होला ! पुल नभएको त झनै भन्नै पर्दैन् होला ! तपाईंको दाइ (अग्निप्रसाद सापकोटा)ले पनि जितेर जानु भयो । अब तपाईं के गर्नुहुन्छ ?’ ति महिलाको प्रश्न वास्तविकता तर गम्भीर र मनछुने पनि थियो । भर्खरै मेयरमा निर्वाचित सापकोटाले पुल बनाइदिन्छु भन्ने अवस्था पनि थिएन्,…
सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमा
सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमासिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा न ५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्प्पा पासाङ तामाङलाई एक बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ गरेको छ । २१ बर्षिय निमा तेन्जिङ तामाङ बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा हुन् । उनीहरूलाई म्याद थप गरेर जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बालिका २०८२ असार १० गते राति हराएको र भोलिपल्ट बिहान उनको शव…
सिन्धुपाल्चोकमा कुन पालिकामा कति बेरुजू ?
इन्द्रावती कम बेरुजुमा महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ, जबकि लिसंखु पाखर गाउँपालिकाले सबैभन्दा बढी बेरुजु देखाएको उल्लेख छ। लेखापरीक्षण विवरणअनुसार इन्द्रावती गाउँपालिकाको बेरुजु रकम १.४६% रहेको छ। यो रकम जिल्लाका अन्य स्थानीय तहहरुभन्दा न्यून हो। लिसंखु पाखर गाउँपालिकाको बेरुजु रकम भने ५.1५ प्रतिशत रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनले वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिताको अभावले बेरुजु बढेको जनाएको छ। प्रतिवेदनमा समयमै लेखापरीक्षण, सार्वजनिक खर्च विवरण, नियमित अनुगमन र समिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। यता, लिसंखु पाखर गाउँपालिकाबाट भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको…
चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी
चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी चौतारा । सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारास्थित भीमसेन मन्दिरमा रहेको दानपेटिका चोरी भएको छ । आज शुक्रबार दिउँसोको समयमा चोरी भएको स्थानीयले बताएका हुन । दिनभरि खुला रहने उक्त मन्दिरको ढोका साँझ स्थानीय आदित्य श्रेष्ठले बन्द गरि चाबी लगाउन खोज्दा मन्दिरभित्र रकेको दान पेटिका चोरी भएको थाह भएको हो । पेटिकाको आधाभन्दा बढी पैसाले भरिएको उनले जानकारी दिए । लाखौ मूल्यका गरगहना भने सुरक्षित रहेको छ । चोरी पछि स्थानीयले प्रहरीलाई गरेका छन् । बिसौनीbisouni.com
यी तीन पालिकामा भोलिबाट स्थाई बन्ध्याकरण र इम्प्लान्ट /आइ.यु.सि.डिको शिविर हुँदै
सन्तानका रहर पुगेकालाई स्थाइ वन्ध्याकारण गर्दै जनस्वास्थ्यचौतारा । के तपाईलाई सन्तानको रहर पुगिसकेको छ ? कि जन्मान्तर राख्न चहानु भएको छ ? छ भने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले सन्तानका रहर पुगिसकेकाहरुलाई स्थाइ वन्ध्याकरण भ्यसेक्टोमी र जन्मान्तर राख्न चहाने दम्पतिलाई परिवार योजनाको साधन इम्प्लान्ट तथा आइ.यु.सि.डिको निशुल्क शिविरको आयोजना गर्दैछ ।जनस्वास्थ्य कार्यालयले जिल्लाका तीन स्थानीयतहलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।स्थानीय तहसँगको सहकार्य एव्म समन्वयमा यो कार्यक्रम यही फागुनको २२ गतेबाट सुरु हुँदैछ । फागुन २२ गते मेलम्ची नगरपालिकास्थिथत मेलम्ची स्वास्थ्य केन्द्रमा यी दुबै…
