विद्यालय संरक्षणका लागि वकिङ नेपाली सेवा समाज युकेको ३ लाख ५१ हजार सहयोग

देवराज सुवेदी

सिन्धुपाल्चोक, २० फागुन । सरस्वती माध्यमिक विद्यालय संरक्षण अभियानका लागि वकिङ नेपाली सेवा समाज युकेको तर्फबाट रु ३ लाख ५१ हजार एक सय ११ आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको छ ।

२०७८ असार १ र त्यसपछिको बाढीले क्षति गरेको र अझै पनि जोखिममा रहेको हेलम्बु गाउँपालिका–४ ग्याल्थुम स्थित सरस्वती माध्यमिक विद्यालय संरक्षणका लागि पुर्व विद्यार्थी समाज सरस्वती माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभियानमा उक्त रकम सहयोग गरिएको हो ।

वकिङ नेपाली सेवा समाज युकेको निवर्तमान अध्यक्ष आशा राइले विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद घोरासैनी लगायतको उपस्थितिमा उक्त रकम पुर्व विद्यार्थी समाजका पदाधिकारीलाई हस्तारतरण गर्नुभएको हो ।

निवर्तमान अध्यक्ष राइले संस्थाले बिभिन्न स्थानमा सहयोग गर्दै आएको बताउदै आफुले यो रकममा ६७ हजार व्यक्तिगत सहयोग गरेको र केहि समय पछि रु एक लाख थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पुर्व विद्याथी तथा अन्यबाट संकलित रकमबाट नदि नियन्त्रणका लागि प्राविधिक स्टमेट गराई विद्यालय अगाडि पक्की वाल लगाईने पुर्व विद्यार्थी समाजका उपाध्यक्ष देवीलाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।

उहाँले करिव १०० मिटर पक्की वाल लगाउने उदेश्य रहेको बताउनुभयो । शैक्षिक गुणस्तर सुधारको लागि पनि पुर्व विद्यार्थीहरु लगायत अन्यसंग समन्वय गरि काम गरिने पुर्व विद्यार्थी समाजका सचिव गंगानाथ भण्डारीले जानकारी दिनुभयो । समाजले चाडैं विद्यालय संरक्षणको लागि काम सुरु गर्ने उहाँले बताउनुभयो ।

सहयोगको पहल गर्नुहुने मेलम्चीका अभियान्ता सागर श्रेष्ठले मेलम्चीमा आफ्नो अगुवाईमा बाढिबाट क्षति भएको स्थान तथा घरहरु सरसफाई एवं नदि नियन्त्रणका लागि कार्य गरेको स्मरण गर्दै यस विद्यालय र ग्याल्थुम बजार संरक्षणका लागि अझै पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले हेलम्बुको यस विद्यालय संरक्षणका लागि सहयोगको समन्वयका लागि युवा नेता विकल राई लगायतप्रति धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालयका प्रधानाध्यापक घोरासैनी, पुर्व विद्यार्थी समाजका सल्लाहाकार एवं पुर्व प्रअ हरिकुमार शर्मा लगाययतले सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्