चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसल
चौतारा ! सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित एक पसलमा चोरी भएको छ ।
आइतबार राति सदरमुकाम चौताराको मुख्य बजारमा रहेको जि.आर सुनचाँदी पसल रित्तो नै हुनेगरी चोरी भएको हो ।
पसलमा रहेको करिब १०तोला सुन र ३ किलो चाँदी चोरी भएको पसलका प्रोपाइटर गम्भीर रानाले बताए ।
माथिल्लो तल्लामा ग्लोबल आइएमइ बैंकसमेत रहेको घरको मूल च्यानल गेटको ताल्चा फोडि चोरहरु भित्र पसि पसलको साइड सटरमा रहेको ताल्चासमेत फोडेर चोरी गरेको बताइएको छ ।
मूल सडकको दृश्य देखिने गरि पसलधनी राना आफैले जडान गरेको सिसि क्यामरा मास्तिर फर्काउनका साथै कम्प्युटर हार्डिक्स पनि चोरले बोकेर हिडेको रानाले जानकारी दिए ।
बजारको अन्य क्षेत्रमा सिसि क्यामरा जडान गरिएता पनि सो क्षेत्रमा कुनै पनि सिसि क्यामरा नभएको र बैंक आफैले पनि बाहिर सडक / आँगन देखिने गरि सिसि क्यामरा नराखिएको बुझिन आएको छ ।
घटनाको अनुसन्धामा भैरहेको प्रहरीले जनाएको छ ।
चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसल
