पिस्करमा रेडियो वितरण गर्दै मनायो रेडियो सिन्धुले वार्षिकोत्सब

Radio sindhu


पिस्कर । सिन्धुपाल्चोकबाट प्रशारण हुँदै आएको रेडियो सिन्धु १०५ मेघाहर्जले आफ्नो वार्षिकोत्सब रेडियो वितरण तथा अन्तक्रिर्या कार्यक्रमसहित मनाइएको छ ।
पिस्करको थामी संग्रहालय परिसरमा भएको कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरा र उपाध्यक्ष गीता नेपालले जेष्ठ नागरिक, दलित र अपाङ्गता भएकाहरूलाई ५० थान रेडियो वितरण गर्नुभयो ।

सो अवसरमा अध्यक्ष बोहराले सूचना र समाचार संप्रेषणमा रेडियो सिन्धुले खेलेको भूमिकाप्रती खुशी व्यक्त गर्नुभयो । उहाँले रेडियोले आफ्नो वार्षिकोत्सब कार्यक्रममा रेडियो वितरण गरेर रचनात्मक कार्य गरेको बताउनुभयो । विविध कारणले एक्लो जीवनयापन गर्दै आएका जेष्ठनागरिकहरुलाई वितरित रेडियो साथी बन्ने बताउदै उहाँके रेडियोको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । अध्यक्ष बोहरा सञ्चारका लाअगी समन्वय गर्ने प्रतिवध्दता पनि जाहेर गर्नुभयो ।

उपाध्यक्ष गीता नेपालले प्रचारप्रसारमूखी कार्य भन्दा पनि जनताले अनुभूति गर्ने काममा आफूहरु समर्पित भएको बताउनुभयो । वडा अध्यक्ष टेकबहादुर गुभाजुले विकास, निर्माण र जनजीविकाको सवालमा सञ्चार माध्यमको खबरदारी सधैं आवश्यकता रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले प्रविधिको विकासँगै सञ्चार माध्यमको स्वरुपमा परिवर्तन आए पनि रेडियोको महत्त्व अझै उस्तै रहेको बताए ।
रेडियो सिन्धुका स्टेशन मेनेजर रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा त्रिपुरासुन्दरी कार्यपालिका सदस्य ज्ञानुमाया थामी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
समाचार संयोजक टीकाराम दाहालले सन्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष दिलमाया खड्काले स्वागत गर्नु भएको थियो ।

२०६५ सालबाट सुरु भएको रेडियो सिन्धु जिल्लाकै पहिलो सामुदायिक एफएम रेडियो हो ।

सिफारिस

प्रतिकृया दिनुहोस्