उपनिर्वाचनको उम्मेद्वार काँग्रेसले फागुनमा टुंग्याउने

काठमाडौँ । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ । फागुन मसान्तमा बस्ने केन्द्रीय समिति बैठकले इलाम—२ र बझाङ प्रदेश (१) को उम्मेदवार टुंगो लगाउने महामन्त्री विश्वप्रकाश शर्माले बताए । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा ९१०को उपनिर्वाचनका लागि २०८१ वैशाख १५ मा मिति तोकेको छ । त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । त्यसलाई मध्येनजर गरी आगामी केन्द्रीय समिति बैठकले टिकटको टुंगो लगाउने उनको भनाइ छ । महामन्त्री शर्माले भने, ‘अहिले पार्टीमा उपचुनावको विषय औपचारिक रूपमा प्रवेश गरेको छैन…

म्याकुरीलाई मुड्की हान्ने वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

म्याकुरीलाई मुड्की हान्ने वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो । मुद्दा दर्ता भए लगत्तै उनी फरार थिइन् बिसौनीbisouni.com

एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली

एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो । आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राख्नुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाउनुभयो ।  साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताउनुभयो ।  पूर्वप्रधानमन्त्री…

भवन कार्यालयको फिल्ड इकाई चौतारामा स्थापना, सेवाग्राही खुशी

shahari

यस अघि सानो कामको लागि पनि धुलिखेल धाउनुपर्ने वाध्यता रहँदै आएकोमा इकाई कार्यालय स्थापनाले उपभोक्ता र सेवाग्राहीहरुलाई भने राहत मिल्नका साथै गुणस्तरिय विकास निर्माणका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । चौतारा । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय, धुलिखेलको फिल्ड इकाई कार्यालय चौतारामा स्थापना भएको छ । भवन कार्यालयबाट हुने हरेक विकास निर्माण कामका लागि यस अघि जिल्लाका सेवाग्राहीहरु धुलिखेल जानुपर्ने वाध्यता रहँदै आएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले संयुक्तरुपमा इकाईको बुधबार उद्घाटन…

हाजीरीजवाफमा गोल्मादेबी माबि प्रथम

निर्मल बस्नेत / चौतारा(२०८० फागुन १४) चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ मा अवस्थित जुगल बोर्डिङ हाईस्कुलको ३४ औँ बार्षिकोत्सवको पूर्वसंध्यामा आयोजित हाजिरी जवाफ प्रतियोगिातमा गोल्मादेबी माध्यमिक बिद्यालय, कदमबासका बिद्यार्थीहरु प्रथम भएका छन् ।प्रतियोगितामा द्धितीय इर्खु माध्यमिक बिद्यालय इर्खु र कालिकादेबी माध्यमिक बिद्यालय देउरालीका सहभागि बिद्यार्थीहरु तृतीय भएका छन् । बिद्यालयको शिक्षक दिपक उप्रतीको सहजीकरणमा भएको बक्तृत्वकला प्रतियोगितामा चौतारा नगरभित्रको १० वटा माध्यमिक बिद्यालयको सहभागितामा रहेको थियो । प्रतियोगिहरुको साथमा बिद्यालयको शिक्षक प्रतिनिधी र अभिभावकहरुसमेत सहभागि रहेका थिए ।आगामी १६ गते बुधबार प्री प्राईमरीको बिद्यार्थीहरुको दिक्षान्त कार्यक्रम र १७ गते…

पहिलो दिन,सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई लगाइयो खोप

Sindhupalchok

दादुरा–रुबेला बिरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई खोप लगाइएको छ । जिल्लाका करिब १६ हजार बालबालिकालाई खोप दिने उदेश्यका साथ सोमबारबाट सुरु भएको अभियानमा आज मात्र ४ हजार ६८ जना बालबालिका ले खोप सेवा पाएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । कार्यलय प्रमुख दुर्गा बजगाईँका अनुसार १ हजार ९ सय ९१ जना बालिका र २ हजार ७७ जना बालकलाई यो खोप लगाइएको छ ।जिल्लाको १०३ वटै वडामा संचालित यो अभियान फागुन १९ गतेसम्म जारी रहनेछ । ९ महिना देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई…

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरु

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरु

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरुचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन भएको छ । अभियानको पहिलो दिन सोमबार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । शाखाप्रमुख पुरीका अनुसार आजबाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा…

सिन्धुपाल्चोकका विद्यालयहरुमा क्यारियर काउंसलिंग कार्यक्रम सुरु

व्यवस्थापन विषय लिएर प्लस टु अध्ययनरत विद्यार्थीहरूलाई रोजगारीमा आवद्ध गराउने उद्देश्यले Career Clarity सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम निशुल्करुमा संचालन भएको छ ।जिल्लाकै पहिलो चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धितालले निःशुल्क रुपमा अन्तर्कृयाको सहजीकरण गर्नुभएको हो। समाजसेवीको रुपमा पनि परिचित चौतारा साँगाचोकगढी ७ नेपाने निवासी धितालले सिद्धि गणेश माध्यमिक विद्यालय सानोसिरुबारीबाट यो कार्यक्रम को सुरुवात गरेको विद्यालयले जानकारी दिएको छ ।विद्यार्थीहरूलाई नियमित पढाइ बाहेक अन्य तालिममा जोड्दै कलेज सकिएपछि सिधै रोजगारीमा जोड्नका लागि तालिम महत्वपूर्ण हुने प्रशिक्षक धितालले बताउनुभयो। सेयर बजार, कर, बैंकिङ, बीमा लगायत अन्य विषयमा केन्द्रीत रही अन्तर्कृयामार्फत विद्यार्थीलाई प्रशिक्षित गर्ने…

सूचना संप्रेषणमा कुनै विलम्व हुने छैन – प्रहरी उपरीक्षक खड्का

सूचना संप्रेषणमा कुनै विलम्व हुने छैन – प्रहरी उपरीक्षक खड्का

सिन्धुपाल्चोक संभावना नै संभावना बोकेको जिल्ला भएको भन्दै यसलाई सारर्थकतामा पु¥याउनका लागि शान्ति सुरक्षा, अमनचयन र अपराध नियन्त्रणले महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट पार्नुभयो । चौतारा । सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लामा घटित कुनै पनि घटनाहरुको सूचना तत्काल सञ्चारकर्मीलाई उपलव्ध गराइने प्रतिवद्धता जाहेर गर्नुभएको छ । राष्ट्रको चौथौं अंगको रुपमा रहेको सञ्चारजगतको शसक्ततालाई आफूले सम्मानका साथ हेर्ने गरेको बताउँदै एसपी खड्काले जिल्लाको शान्ति सुरक्षा, अमनचयन स्थापना र अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरुको भूमिका पनि उल्लेखनीय रहने गरेको भन्दै सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको हो । विशेष ब्यूरो…

चौतारामा सोमबारदेखि रुबेला–दादुरा विरुद्धको खोप अभियान सञ्चालन हुने

चौतारामा सोमबारदेखि रुबेला–दादुरा विरुद्धको खोप अभियान सञ्चालन हुने

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा सोमबारदेखि रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन हुने भएको छ ९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन गर्न लागेको हो । शाखाप्रमुख शिव पुरीका अनुसार फागुन १४ गतेदेखि १७ गतेसम्म नगरको १४ वटै वडामा यो अभियान सञ्चालन हुने छ । ९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहका २ हजार ६ सय २ जनालाई रुबेला दादुरा विरुद्धको खोप दिनका लागि ४० केन्द्र व्यवस्थापन गरिसकेको छ । यसका लागि ४० जना खोपकर्ता, ८० जना स्वयम्सेवक र १४ जना अनुगमनकर्ता…