देशभरका विभिन्न ठाउँमा फिजिकल अडिसन र फिजिकल अडिसन सम्भव नभएको ठाउँमा अनलाइन अडिसनमार्फत प्रतिभा छनोट गरिने काठमाण्डौं, २९ जेठ, २०८१ आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराइएको हो । आर्या इन्टरटेन्मेन्टका अध्यक्ष एवं जुनियर सिङ्गिङ स्टार कार्यक्रमका निर्देशक कपिल कार्कीले ‘नयाँ आवाजको खोजी’ नारा दिएर १६ वर्षभन्दा कम उमेरका प्रतिभाहरुका लागि रियालिटी सो आयोजना गरिएको बताए । ‘यो कार्यक्रम नेपालको मौलिकता बोकेको कार्यक्रम हो । यो कुनै फ्रेन्चाइज कार्यक्रम होईन । ‘नयाँ आवाजको खोजी’ भन्ने…
Category: साहित्य/कला
श्री र सुवासको “आधा विर्को” सार्वजनिक (भिडियो लिंकसहित)
काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ । गीतको…
चौतारा टुँडिखेलमा फल्चा शैलीको प्रतीक्षालय निर्माण
चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा स्थित टुँडिखेल चोकमा नेवारी परम्परा अनुसारको फल्चा निर्माण भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले करिब ८ लाख खर्चेर सो फल्चा शैलीको प्रतीक्षालय निर्माण गरेको हो ।कलात्मक थाम, झ्याल र भित्तामा नेवारी परम्परा र संस्कृति झल्किने चित्रहरुसहित निर्माण भएको यो प्रतिक्षालयको यही जेठ १५ गते १७ औं गणतन्त्रण दिवसको अवसरमा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उदघाटन गर्ने निर्माण समितिले जनाएको छ । अधिकाँश सरकारी तथा गैरसरकारी कार्यालयहरु टुँडिखेल वरपर रहेको र व्यस्त चोकको रुपमा चिनिएको सो स्थानमा प्रतिक्षालय निर्माण हुँदा सेवाग्राही एवम् बटुवाले राहतको अनुभव गर्ने विश्वास…
लोपोन्मुख संस्कृतिको जगेर्ना गर्दै म्हसिका पुच । वितरण गर्यो साख ति
चौतारा । त्यसो त हरेक बैशाख अक्षय तृतीयाको दिन सर्वत र सातु खाने चलन रहँदै आएको छ । बढ्दो आधुनिकीकरण र व्यस्त जीवनका कारण पछिल्लोपटक सदियौंदेखि चल्दै आएको यो संस्कृति कतिपय ठाउँमा लोप नै भइसकेको छ । सिन्धुपाल्चोक जिल्लाकै सदरमुकाम चौतारामा पनि बटुवाहरुलाई बोलाई बोलाई सखरपानी ( सर्वत ) पिलाउने चलन थियो । समयक्रमसँगै त्यो चलन पूर्णत लोप भइककेको छ । तर शुक्रबार चौतारास्थित म्हसिका पुचले भने फेरि त्यो संस्कृतिलाई विउँताएको छ । शुक्रबार अक्षयतृतीयका दिन पुरानोबजारस्थित गणेश र भीमसेन मन्दिर परिसरमा पुचले साख ति अर्थात सख्खरपानी वितरण गरेको हो…
संगीत तालिम सम्पन्न
निर्मल बस्नेत२१ बैशाख २०८१- सिन्धुपाल्चोक ।चाैतारा साँगाचाेकगढी नगरपालिका -५ काे सहयाेगमा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकले किशोर किशोरीहरुकाे क्षमता अभिबृद्दि तालिम अन्तरगत १५ दिने संगीत तालिम सम्पन्न गरेकाे छ । उक्त तालिममा ३० जनाले सीप बिकासकाे लागि तालिम पाएका छन् ।३० जना प्रशिक्षार्थी सहभागी रहेकाे गितार बजाउजे तालिममा शुनिल मल्लले प्रशिक्षण प्रदान गरेका थिए । १५ दिने तालिम बैशाख ५ गतेवाट सुरु भई २१ गते शुक्रबार सम्पन्न भएकाे हाे । तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन ज्वाेति किशोर किशोरी समूह र प्रशंसा किशोर किशोरी समूहले व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेकाे थियाे…
शिवरात्रीको दिन ॐ शान्तिद्वारा सद्भाव र्याली ! गोल्मा रानी मन्दिर संरक्षणद्वारा कलशयात्रा
शिवरात्रीको दिन ॐ शान्तिद्वारा सद्भाव र्याली ! गोल्मा रानी मन्दिर संरक्षणद्वारा कलशयात्राचौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा शिव रात्रीको अवसरमा सद्भाव शान्ति पदयात्रा एवं प्रवचन कार्यक्रमको आयोजना गरेको छ।शुक्रबार बिहान राजयोग केन्द्रको भवनबाट सुरु भएको पदयात्रा बजार परिक्रमा गर्दै प्रवचन कार्यक्रमसँगै अन्त्य भएको हो ।धार्मिक विश्वास अनुसार आज भगवान शिवको जन्म भएको मानिन्छसदिऔं कालदेखि यही विश्वासलाई आधार मानेर आज शिवरात्रीको दिन शिवालयहरूमा पूजापाठ गर्ने र मठ मन्दिरहरूमा धुनी बाल्ने चलन रहँदै आएको छ। आजबाट नै चिसो याम सकिएर न्यानो याम सुरु हुने विश्वास गरिन्छ।त्यस्तै चौतारा साँगाचोकगढी…
कविताको माहौलमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
चौतारा । कतै शव्दहरुमा नारी वेदनाको बहाव थियो, कतै समानताका आवाज थियो । शव्दहरु नारी सशक्तिकरणको शैलाव भएर उठेका थिए । महिला हक हित र अधिकारका अगेनीमा कतै आगो भएर दन्किएका थिए आवाजहरु । विहीबार कविताका बान्कीभित्र यस्तै यस्तै आवाज सुनियो साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसको प्राङ्गनमा । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगर महिला सञ्जालद्वारा आयोजित प्रतियोगितात्मक कवि गोष्ठीमा महिला शसक्तिकरण, हक, हित अधिकार, लैंगिक हिंसाविरुद्धका आवाजहरु मात्र मुखरित भएन, नारी वेदना र विभेदका विषयहरु पनि शसक्त भएर गुञ्जियो कविताहरुमा । १८ जना प्रतिस्पर्धीहरुलाई पछि…
खुला कविता प्रतियोगिता गर्दै नगर महिला सञ्जाल, यसरी पठाउन सकिन्छ कविता
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका नगर महिला सञ्जालले प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर खुला कविता प्रतियोगिताको आयोजना गर्न लागेको नगर महिला सञ्जालले जनाएको छ।सञ्जालकी अध्यक्ष जानुका पराजुलीका अनुसार प्रतियोगितात्मक कवित गोष्ठी यही फागुनको २४ गते साँगाचोकमा हुनेछ । प्रतियोगितामा महिला पुरुष दुबैले भाग लिन पाउनेछन्। यद्यपि कविता भने महिला सशक्तिकरण, महिला हक हित अधिकार, लैङ्गिक हिंसा, सामाजिक विकृति, विसंगति,गलत संस्कार विरुद्ध र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं त्यसको महत्व लगायतका विषयमा लेखेको हुनुपर्नेछ। फागुन २२ गते भित्र सर्जकहरुले janu2043@gmail.com मा आफ्ना कविता…
कृष्ण मन्दिर संरक्षणका लागि चेलीबेटीद्वारा आर्थिक सहयोग प्रदान
मन्दिर संरक्षण र सम्वद्र्धनका लागि सरकारी मुख ताक्नुभन्दा पनि गच्छे अनुसारको सहयोग संकलन गरेर अक्षयकोष स्थापना गरेको र सो अक्षयकोषमा सहयोग आउने क्रम जारी रहेको छ चौतारा । २०७२ सालको भूकम्पले ध्वस्त भएको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माण भएपछि मन्दिर संरक्षणका लागि सहयोग जुट्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा ५ पुरानो बजारस्थित ११५ वर्ष पुरानो कृष्णमन्दिर पुनर्निर्माणभएपछि मन्दिर संरक्षणका लागि शनिबार चौताराका चेलिबेटीहरुले रु ३२ हजार नगद सहयोग उपलव्ध गराइएका हुन् । चौतारा पुरानो बजार चेलीबेटी समूह काठमाण्डौंका अध्यक्ष रजियादेवी श्रेष्ठले श्री कृष्ण मन्दिर संरक्षण समितिका…
कर्साङ र उर्मिलाको अभिनय रहेको ‘तेही देउरालीमा’ बजारमा
कर्साङ र उर्मिलाको अभिनय रहेको ‘तेही देउरालीमा’ बजारमा काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रम गायक एंव संगीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत…