चौतारा । विपत सम्बन्धी द्रुत प्रतिकार्य टोली ( RRT ) परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ चौतारा साँगाचोकगढी नगरपालिकाभित्र २४ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको कार्यक्रमको विहीबार सम्पन्न भएको हो । विपदका हिसाबले सिन्धुपाल्चोक जिल्ला अग्रस्थानमा रहँदै आएको र सम्बन्धित पालिकाभित्रका स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि कार्यक्रम आयोजना गरिएको स्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिनुभयो । समापन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य समवेदनशिल क्षेत्र भएको बताउँदै स्वास्थ्य सेवा सधैं द्रुत गतिमा नै प्रदान गर्नुपर्ने बताउनुभयो । भूमिकाको हिसाबले सधैँ अग्रपंक्तिमा नै बसेर स्वास्थ्यकर्मीले काम गर्नुपर्ने र समयसमयमा आउने…
Category: समाचार
बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष कसजूद्वारा राजीनामा
काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष उमेश कसजूले आफ्ना पदबाट राजिनामा दिएका छन् ।कार्यव्यस्ततालाई कारण देखाउँदै अध्यक्ष कसजूले राजीनामा दिएका हुन् ।त्यस्तै सञ्चालक समितिका अन्य दुई जना सदस्यले पनि राजीनामा दिएका छन् । अध्यक्ष कसजु र सदस्य सुशील गुप्ता र शक्ति कुमार गाेल्याणले पदबाट राजीनामा दिएका हुन् ।उनीहरूले दिएकाे राजीनामालाईकम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ ।रिक्त हुन आएको अध्यक्षमा सञ्जय कुमार साह र सञ्चालक सदस्यमा योगेश दारुका र विदुर पुरीलाई नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको बताइन्छ । यसअघि पनि दुई सदस्य सन्दीपकुमार शारदा र सुलभ…
बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
बागलुङ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । बस सडकबाट करिब १ सय ५० मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ बिसौनीbisouni.com
सामाजिक परिक्षण सम्बन्धी २ दिने तालिम सम्पन्न
चौतारा । सामाजिक परिक्षण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित तालिम आइतबारबाट सुरु भएको हो । तालिममा सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहका स्वस्थ्य प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहताको संस्कृति विकास गर्ने उदेश्यले आयोजित तालिमको मंगलबार सम्पन्न भएको स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । सामाजिक परिक्षण कार्यान्वयन रणनीति, संस्थागत व्यवस्था र क्षमता विकास , सामाजिक परिक्षणका चरण र विधि लगायतका विविध विषयमा तालिम प्रदान गरिएको थियो । श्री कृष्ण बस्नेत, कृष्णबहादुर गुरुङ,राजु बिक,शोभराज…
सीमा सुरक्षा बैठकमा नाका सहज सञ्चालनका लागि अनुरोध
तातोपानी नाका सहज र सरलरुपमा सञ्चालन गर्नका लागि नेपाली अधिकारीहरुले चिनियाँ अधिकारीहरुलाई अनुरोध गरेका छन् । उत्तरी तातोपानी नाकास्थित मितेरी पुलमा शनिबार बसेको बैठकमा नाका सहज र सबैका लागि खुल्ला गर्नका लागि नेपाली सुरक्षाकर्मीहरुले चिनियाँ सुरक्षाकर्मीहरुलाई अनुरोध गरेका हुन् । नेपाली सुरक्षाकर्मीहरुले नाका सहज सञ्चालन हुनुपर्ने, खासा बजारमा नेपालीको पहुँच पु¥याउनु पर्ने, पर्यटकीय एवम् धार्मीक स्थल मानसरोवरमा पर्यटकका लागि यो नाका खुल्ला गरिनु पर्ने र बाह्रविसेदेखि नाकासम्मको सडक स्तरोन्नतिका लागि चीन सरकारले सहयोग गर्नुपर्ने लगायतका अनुरोध गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताए । भेटबार्तामा आफूहरुले गरेका अनुरोधलाई चिनियाँ…
पिस्करमा रेडियो वितरण गर्दै मनायो रेडियो सिन्धुले वार्षिकोत्सब
पिस्कर । सिन्धुपाल्चोकबाट प्रशारण हुँदै आएको रेडियो सिन्धु १०५ मेघाहर्जले आफ्नो वार्षिकोत्सब रेडियो वितरण तथा अन्तक्रिर्या कार्यक्रमसहित मनाइएको छ ।पिस्करको थामी संग्रहालय परिसरमा भएको कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरा र उपाध्यक्ष गीता नेपालले जेष्ठ नागरिक, दलित र अपाङ्गता भएकाहरूलाई ५० थान रेडियो वितरण गर्नुभयो । सो अवसरमा अध्यक्ष बोहराले सूचना र समाचार संप्रेषणमा रेडियो सिन्धुले खेलेको भूमिकाप्रती खुशी व्यक्त गर्नुभयो । उहाँले रेडियोले आफ्नो वार्षिकोत्सब कार्यक्रममा रेडियो वितरण गरेर रचनात्मक कार्य गरेको बताउनुभयो । विविध कारणले एक्लो जीवनयापन गर्दै आएका जेष्ठनागरिकहरुलाई वितरित रेडियो साथी बन्ने बताउदै उहाँके रेडियोको सही…
साना अनुदान कार्यक्रम प्रभावकारी भए पनि कार्यान्वयनमा चुनौति रहेको गुनासो
चौतारा । गत बर्षदेखि सञ्चालनमा आएको मातृ तथा बाल पोषण आयोजना अन्तर्गतको साना अनुदान कार्यक्रम महत्वपूर्ण भए पनि कार्यान्वयन झन्झटिलो भएको सरोकारवालाहरुले बताएका छन् । मातृ तथा बालबालिकाको पोषण स्थितिमा सुधार गर्दै सामाजिक परिचालन तथा जनचेतना अभिवृद्धि गर्ने र घरभित्रको वायु प्रदुषण न्यूनीकरण गर्दै स्वास्थ्य स्थितिमा सुधार गर्ने उदेश्यले सञ्चालित यो कार्यक्रम प्रभावकारी रहे पनि कार्यक्रम सञ्चालनमा समस्या आएको सरोकारवालाहरुले दावी गरेका हुन् । कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य आमा समूह वैधानिकरुमा गठन गर्नुपर्ने, अनिवार्य पान नम्बर लिनुपर्ने, सम्झौताका लागि स्वास्थ्य कार्यालयमा धाउनुपर्ने र आर्थिक वर्षको अन्तिमतिर कार्यक्रम सञ्चालनका लागि जानकारी…
शिवरात्रीको दिन ॐ शान्तिद्वारा सद्भाव र्याली ! गोल्मा रानी मन्दिर संरक्षणद्वारा कलशयात्रा
शिवरात्रीको दिन ॐ शान्तिद्वारा सद्भाव र्याली ! गोल्मा रानी मन्दिर संरक्षणद्वारा कलशयात्राचौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा शिव रात्रीको अवसरमा सद्भाव शान्ति पदयात्रा एवं प्रवचन कार्यक्रमको आयोजना गरेको छ।शुक्रबार बिहान राजयोग केन्द्रको भवनबाट सुरु भएको पदयात्रा बजार परिक्रमा गर्दै प्रवचन कार्यक्रमसँगै अन्त्य भएको हो ।धार्मिक विश्वास अनुसार आज भगवान शिवको जन्म भएको मानिन्छसदिऔं कालदेखि यही विश्वासलाई आधार मानेर आज शिवरात्रीको दिन शिवालयहरूमा पूजापाठ गर्ने र मठ मन्दिरहरूमा धुनी बाल्ने चलन रहँदै आएको छ। आजबाट नै चिसो याम सकिएर न्यानो याम सुरु हुने विश्वास गरिन्छ।त्यस्तै चौतारा साँगाचोकगढी…
कविताको माहौलमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
चौतारा । कतै शव्दहरुमा नारी वेदनाको बहाव थियो, कतै समानताका आवाज थियो । शव्दहरु नारी सशक्तिकरणको शैलाव भएर उठेका थिए । महिला हक हित र अधिकारका अगेनीमा कतै आगो भएर दन्किएका थिए आवाजहरु । विहीबार कविताका बान्कीभित्र यस्तै यस्तै आवाज सुनियो साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसको प्राङ्गनमा । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगर महिला सञ्जालद्वारा आयोजित प्रतियोगितात्मक कवि गोष्ठीमा महिला शसक्तिकरण, हक, हित अधिकार, लैंगिक हिंसाविरुद्धका आवाजहरु मात्र मुखरित भएन, नारी वेदना र विभेदका विषयहरु पनि शसक्त भएर गुञ्जियो कविताहरुमा । १८ जना प्रतिस्पर्धीहरुलाई पछि…
आगालागि नियन्त्रण र उद्धारका लागि सेनाद्वारा डेमो प्रदर्शन
चौतारा । सुख्खा याम लागेसँगै आगालागिको घटना वृद्धि हुने हुँदा आगालागी नियन्त्रणका लागि इन्द्रध्वज गण चौताराले डेमो प्रदर्शन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित ब्यारेकमा गणले आगो नियन्त्रण र आगालागिमा फसेकाहरुको उद्धार कसरी गर्न सकिन्छ भनेर सोमबार डेमो प्रदर्शन गरेको हो । केही घरहरुमा आगालागि भएको र घरभित्र फसेका व्यक्तिहरुका उद्धार गर्न नेपाली सेना खटिएको दृष्य मात्र हैन आगालागि नियन्त्रण गर्न डमकलको सही प्रयोग र फसेकाहरुको उद्धार र एम्बुलेन्ससेमेतको प्रयोग गरेर डेमो प्रदर्शन गरिएको थियो । डेमो प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य लगायत सरकारी…
