एसियन गेम्सका लागि मन्त्रालयले पठाएको खेल सूची दर्ता भएन

एसियन गेम्सका लागि मन्त्रालयले पठाएको खेल सूची दर्ता भएन

१८ असार, काठमाडौं । जापानमा अर्को वर्ष आयोजना हुने २०औं एसियन गेम्सका लागि युवा तथा खेलकुद मन्त्रालयले दर्ता गरेको भनिएको खेल सूची दर्ता नभएको पाइएको छ । नेपाल ओलम्पिक कमिटी र मन्त्रालयबीच विवाद जारी रहँदा एसियन गेम्सका लागि तोकिएको समयसीमाभित्र नेपालबाट दुई छुट्टाछुट्टै सूची दर्ता भएको थियो । जसमा मन्त्रालयबाट ३१ र रओलम्पिक कमिटीबाट ३० खेलाको सूची दर्ता भएको भनिएको थियो । मन्त्रालयले इमेलमार्फत दर्ता गरेको सूची दर्ता नभएको हो । २०औं एसियन गेम्स खेल आयोजक कमिटी एआईएनएजिओसीका सहायक महानिर्देशक तोरु कोबायाशीले पत्र पठाउँदै मन्त्रालयले दर्ता गरेको सूची दर्ता नभएको जानकारी दिएका…

म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा

football

एजेन्सी, असार १८, २०८२ । स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा युभेन्टसलाई १-० गोलले पाखा लगाउँदै म्याड्रिड अन्तिम ८ मा पुगेको हो ।  हार्ड रक स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन गोन्जालो गार्सियाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औँ मिनेटमा गार्सियाले गोल गर्दै म्याड्रिडलाई १-० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड १-० गोलले विजयी भएको हो ।  अब म्याड्रिडले क्वाटरफाइनलमा डर्टमण्ड र मोन्टेरीबीच हुने खेलको…

महिला फुटबलः नेपाल र श्रीलङ्का भिड्ने

women football

काठमाडौँ, असार १८, २०८२। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ । श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलङ्कासँग सातपटक खेलेको छ । फिफा वरियतामा नेपाल १००औँ स्थानमा छभने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्काे वर्ष…

पञ्चकन्याको पोल्टामा च्याम्पियन कप

football chautara

पञ्चकन्याको पोल्टामा च्याम्पियन कप चौतारा, २५ भदौ, २०८१ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित दरबार डाँडामा जारी फूटबल प्रतियोगिता सम्पन्न भएको छ । आज भएको फाइनल प्रतिस्पर्धामा पञ्चकन्या नवप्रतिभा युवा क्लब कदमबासको जीतसँगै तीन दिनदेखि जारी प्रतियोगिता सम्पन्न भएको हो । पञ्चकन्या नवप्रतिभा युवा क्लब बी को विरुद्ध एक गोल हान्दै पञ्चकन्या नवप्रतिभा युवा क्लब ए विजयी भएको आयोजक संस्था चौतारा स्पोर्टिङ क्लब चौताराका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिए । ए को विरुद्ध विले गोल गर्ने निकै प्रयास गरे पनि सफल भने हुन सकेन ।जम्मा १४ स्पर्धी रहेको…

टेबल टेनिसमा मिलन, कल्पना, विकास र दिनेश, कृष्ण विजयी ।

टेबल टेनिसमा मिलन, कल्पना, विकास र दिनेश, कृष्ण विजयी ।चौतारा । प्रथम जिल्ला स्तरीय मैत्रीपूर्ण टेवल टेनिस प्रतियोगितामा मेन्स सिंगल तर्फबाट मिलन लामा प्रथम भएका छन् । यस्तै बिबेक कुवँर द्वितीय र कृष्ण भण्डारी तृतीय भएका छन् । मेन्स डवल तर्फ दिनेश तामाङ र कृष्ण भण्डारी प्रथम भएका छन् । मेन्स डवल तर्फ दिनेश नेपाल र सुनिल सापकोटा द्वितीय अनि मिलन लामा र सुनिल घले तृतीय भएका छन् । महिला तर्फ कल्पना कार्की प्रथम, अनिसा पौडेल द्वितीय र सिता कार्की तृतीय भएका छन् ।भेट्रान्स तर्फ विकास श्रेष्ठ, रामबहादुर घले र…

टेबल टेनिस प्रतियोगितामा महिलातर्फ कल्पना र अनिशा भेट्रान्सतर्फ रामहादुर र विकास फाइनलमा

Tt

टेबल टेनिस प्रतियोगितामा महिलातर्फ कल्पना र अनिशा भेट्रान्सतर्फ रामहादुर र विकाश फाइनलमाचौतारा । चौतारामा जारी टेबल टेनिस प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विकाश श्रेष्ठ र रामबहादुर घले फाइनलमा प्रवेश गरेको छ ।श्रेष्ठले सुर्यबहदुर श्रेष्ठ र घलेले दिवाकर मास्केलाई सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै महिलातर्फ कल्पना कार्की र अनिशा पौडेल सेमिफाइनलमा प्रवेश गरेका छन् । कल्पना कार्कीले अखिला पौडेल र अनिशा पौडेलले सीता कार्कीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।आजै भएको महिलातर्फ सीता कार्की तृतीय र भेट्रान्सतर्फ दिवाकर मास्के तृतीय भएको आयोजक जिल्ला टेबल टेनिस संघले जनाएको छ…

चौतारामा प्रथम नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता ,भोलि विहान सेमी फाइन

चौतारामा प्रथम नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता ,भोलि विहान सेमी फाइन

भोलि विहान ८ बजे सेमी फाइन चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकास्तरिय खुला व्याटमिटन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा मेन्स डवलतर्फ १५ जोडिको सहभागिता रहेको छ ।प्रतियोगिताको चौतारा साँगाचोकगढी नरगपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बसन्तराज जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलकूदका लागि नगरले उल्लेख्य सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि खेलकूद विकासका लागि नगरपालिकाबाट आर्थिक, भौतिक र रचनात्मक सहयोग हुने प्रतिवद्धता जाहेर गर्नुभयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठ नगरले अन्य क्षेत्रलाई नगरगौरवको आयोजना घोषणा गर्दै लगानी गरे…

तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामा

तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामाचौतारा । जर्सी न ३५ का खेलाडी नविन श्रेष्ठले गरेको एक गोल नै निर्णायक गोल बन्दै अन्तत चौतारामा जारी तेस्रो लयान्स कप २०८१ को उपाधी स्पोर्टिङ क्लब चौताराले जीत्न सफल भएको छ । खेलको अधिकाँशस समय प्रतिस्पर्धी टिम बैंक तथा वित्तिय संस्थालाई दवावमा राख्न सफल भए पनि थप गोल भने क्लबले गर्न सकेन । खेल प्रारम्भ भएदेखि नै रक्षात्क देखिएको बैंकर्सको तर्फबाट गरेका प्रहारहरु चुक्न थालेपछि अन्तत स्पोर्टिङ क्लबले यो वर्षको उपाधी जित्न सफल भएको हो । यदपी खेल बडो रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको…

तेस्रो लायन्स कप फूटबल प्रतियोगिता शुक्रबारबाट, यी यी टीम भिड्दै

चौतारा, ६ असार, २०८१ । आपसी समन्वय, सदभाव र मित्रतालाई प्रगाढ बनाउनका लागि भोलि शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुने भएको छ । छोटो अवधिमा नै समाजिक क्षेत्रमा बेगल पहिचान बनाउन सफल लायन्स क्लब अफ काठमाण्डौं सिन्धु चौतारा सिटीले आयोजक रहेको प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ । क्लबका अध्यक्ष सन्देश श्रेष्ठका अनुसार विहान ७ः३० बजेबाट स्थानीय टुँडिखेलमा प्रतियोगिता सुुरु हुने छ । सुरुवाती खेल आयोजक टीम र बैंकर्सबीच हुनेछ । दुबै टिमका खेलाडीहरु उम्दा भएका कारण सुरुवाती खेल वडो रोमाञ्चक हुने बताइएको छ । आयोजक लायन्स…

बैंक तथा वित्तीय संस्था विजयी

गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौतारास्थित वित्तीय संस्थाका कर्मचारी विजयी भएका छन् । कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई हराउँदै वित्तीय कर्मचारी विजयी भएका हुन । चौताराको टुँडिखेलमा भएको प्रतियोगितामा वित्तीय संस्थाका कर्मचारीले २ गोल गरेका थिए भने स्थानीय कर्मचारीले कुनै पनि गोल गर्न सकेनन् । प्रतियोगितामा ५ टीम सहभागी रहेको थियो । विजयी खेलाडीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले शिल्ड र मेडल प्रदान गर्नुभयो । पुरस्कार वितरण कार्यक्रम केन्द्रका अध्यक्ष विश्वनाथ काफ्लेको अध्यक्षतामा भएको थियो । बिसौनीbisouni.com