आगालागि नियन्त्रण र उद्धारका लागि सेनाद्वारा डेमो प्रदर्शन

आगालागि नियन्त्रण र उद्धारका लागि सेनाद्वारा डेमो प्रदर्शन


चौतारा । सुख्खा याम लागेसँगै आगालागिको घटना वृद्धि हुने हुँदा आगालागी नियन्त्रणका लागि इन्द्रध्वज गण चौताराले डेमो प्रदर्शन गरेको छ ।


चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित ब्यारेकमा गणले आगो नियन्त्रण र आगालागिमा फसेकाहरुको उद्धार कसरी गर्न सकिन्छ भनेर सोमबार डेमो प्रदर्शन गरेको हो ।


केही घरहरुमा आगालागि भएको र घरभित्र फसेका व्यक्तिहरुका उद्धार गर्न नेपाली सेना खटिएको दृष्य मात्र हैन आगालागि नियन्त्रण गर्न डमकलको सही प्रयोग र फसेकाहरुको उद्धार र एम्बुलेन्ससेमेतको प्रयोग गरेर डेमो प्रदर्शन गरिएको थियो ।


डेमो प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य लगायत सरकारी कार्यालयका कर्मचारी, प्रमुख सेनानी धर्मेन्द्र भण्डारीजनप्रतिनिधि, शिक्षक, विद्यार्थी, स्थानीय सञ्चरकर्मी लगायतका सहभागिता रहेको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्