योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालन

दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालन

योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालन
चौतारा । ११ औं अन्तराष्टिय योग दिवसको अवसर पारेर सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित नारायस्थानमा योग केन्द्र सञ्चालन आएको भएको छ ।

नारायणस्थान, महाकाली वन परिसरमा रहेको समुदायिक भवनलाई योग साधना केन्द्रको रुपमा चौतारा साँगाचोकगढी नगरपालिकाले निर्माण कार्य पुरा गरेपछि शनिबारबाट योग साधना केन्द्रको रुपमा सञ्चालनमा आएको हो ।
सामुदायिक भवनको रुपमा निर्माण भएको सो भवनमा झ्याल, ढोका र शौचालय नगरपालिकाको तर्फबाट निर्माण भएकोछ । शौचालय निर्माण भए पनि सेफ्टी ट्याँकी भने निर्माण हुन सकेको छैन ।
आज विहान आयुर्वेद तथा बैकल्पिक चिकित्सा कार्यालयको आयोजनामा भएको प्रभातफेरि कार्यक्रमसँगै योग साधनाका लागि सो भवन सञ्चालनमा आएको योग गुरु किरणमान श्रेष्ठले जानकारी दिनुभयो । यसअघि चौतारा गैरीगाउँस्थित सहिद स्मृति भवन र शाहीराम भवनमा योग अभ्यास हुँदै आएको थियो । यो सँगै चौतारामा ३ वटा केन्द्रबाट योग अभ्यास सञ्चालन हुने नगर योग समिति चौताराकी अध्यक्ष अप्सरा खत्रीले जानकारी दिनुभयो ।

नारायणस्थानस्थित सो साधना केन्द्रबाट खासगरि चौतारा पुरानोबजार, छाप, संग्रामडाँडा, बसपार्क र डाँडाथोकका स्थानीयहरुका लागि पायक पर्ने केन्द्रको विश्वास छ ।

केन्द्र सञ्चालनको औपाचारिक कार्यक्रमलाई सम्वोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले योगको महत्व दिनप्रतिन बढ्दै गएको बताउनुभयो । उहाँले नगर सधैं जनताको स्वास्थ्यप्रति समर्पित रहेकै कारण योग केन्द्र सञ्चालनका लागि बजेट विनियोजन गरेको प्रकाश पार्नुभयो । उहाँले केन्द्रका अपुरा काम पुरा गर्नका लागि नगरले थप बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।

वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले योग गर्न सबैलाई आव्हान गर्दै केन्द्रका लागि आवश्यक कार्पेट वडाको तर्फबाट उपलव्ध गराइने प्रतिवद्धता जाहेर गर्नुभयो ।

नगर योग समिति चौताराकी गोमा श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा स्वागत नगर अध्यक्ष खत्रीले गर्नु भएको थियो । योगका विभिन्न डेमोसहित प्रदर्शित कार्यक्रम आयुर्वेद तथा बैकल्पिक चिकित्सा कार्यालय, व्यवस्थापन समितिका अध्यक्ष पदम पराजुलीको सभापतित्वमा भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्