माओवादी केन्द्र, चौतारा साँगाचोकगढी नगर समितिको अध्यक्षमा श्रेष्ठ विजयी

Maoist Chautara

ने.क.पा (माओवादी-केन्द्र) चौतारासाँगाचोकगढी नगर समितिको तेस्रो नगर सम्मेलनबाट श्याम कृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । सहमतिका प्रयास सफल हुन नसकेपछि भएको निर्वाचनमा श्रेष्ठ ३८ मतसहित बिजयी भएका हुन । उनका प्रतिद्वन्दी दधिराम पराजुलीले कूल ५१ मतमा १३ मत प्राप्त गरेका थिए ।उपाध्यक्षमा लगायत अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएकोछ । प्राप्त विवरण अनुसारउपाध्यक्षमा तारा देवि राना, चुडामणि नेपालर रामकुमार लामा चयन भएका छन् ।सचिवमा रामशरण वि.क, सह- सचिव रवि खत्री , कोषाअध्यक्षमा अस्मिता वि.क चयन भएका छन् । त्यस्तै निर्वाचन समितिमा सीता पौडेलअनुशासन समितिमा कुमार शर्मालेखा…

मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटा

मूलुक कै उत्कृष्ट संविधान - सांसद सापकोटा

मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटानिर्मल बस्नेत/चौतारासिन्धुपाल्चोक जिल्लामा संविधान दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान कार्यक्रम गरि मनाएको छ । प्रतिनिधिसभा सदस्य माधव सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा सांसद सापकोटाले नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको टिप्पणी गरेका छन् ।उलने मन्तव्यको क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा माओबादी दृढ रहेको बताए ।संबिधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गरे । नेपालको संबिधान मूलुक कै उत्कृष्ट संबिधान भएको भन्दै उनले कतिपय देशहरुले नेपालबाट सिक्न लायक…

यी माननीय एमालेको तर्फबाट बागमतीमा मन्त्री बन्दै

मकवानपुर । एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाडौँ), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुली), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाडौँ) को नाम टुङ्ग्याएको हो । उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन । बिसौनीbisouni.com

प्रचण्ड सरकार ढल्यो पर्लक्कै

प्रचण्ड

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए । आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।  प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराए । बिसौनीbisouni.com

‘भावी गृहमन्त्री’ भन्दै रमेश लेखकमाथि व्यंग्य, आफूले जस्तै स्टन्टबाजी देखाउन रविको चेतावनी

‘भावी गृहमन्त्री’ भन्दै रमेश लेखकमाथि व्यंग्य, आफूले जस्तै स्टन्टबाजी देखाउन रविको चेतावनी

ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले मध्यराति कुनै व्यापारीको घरमा भएको रहस्यमय सहमतिलाई ‘राष्ट्रिय सहमति’ भन्न नमिल्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आफ्ना धारणा राख्दै उनले नेपाली काँग्रेस र एमालेले राष्ट्रिय सहमतिका नाममा देश र जनतालाई ढाँटेको दाबी गरे । यसले ‘राष्ट्र’ र ‘राष्ट्रियता’ शब्दको मानमर्दन भएको लामिछानेको बुझाई छ ।  ‘उहाँहरु (काँग्रेस–एमाले)ले मध्यराति कुनै व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भन्न मिल्दैन, कम्तिमा म र मेरो पार्टी यो कुरा स्वीकार गर्न तयार छैनौं’, उनले भने, ‘यो त राष्ट्र र राष्ट्रियताजस्ता गहन…

चौताराको नगरसभामा यसरी सुरु भएको थियो हातपात

चौताराको नगरसभामा यसरी सुरु भएको थियो हातपात

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले २०८१÷ ०८२ को नीति, कार्यक्रम र बजेट बारे भावुक हुँदै ब्रिफिङ गरिरहेको थिए । हल शान्त थियो । यदपी हलभित्र काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको भने उपस्थिति देखिएको थिएन् । माओवादी, समाजवादीका जनप्रतिधि लगायत कर्मचारी र सञ्चारकर्मीले भरिभराउ हलभित्र चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ का टेकबहादुर तमाङको प्रवेश हुन्छ । लगत्तै वडा न २ का वडा अध्यक्ष सुदीप श्रेष्ठ रिसाउँदै प्रवेश गर्छन् । प्रवेश गर्ने वित्तिक्कै प्राविधिक भएको ठाउँमा गएर वडा अध्यक्ष श्रेष्ठले माइकको लाइन थुत्छन् र स्पिकर उचालेर भूईँमा बजार्छन् । लगत्तै वडा…

नगरसभाको पूर्वसन्ध्यामा चौतारा साँगाचोकगढीले गर्‍यो सर्वदलिय बैठक

निर्मल बस्नेत ६ असार , चाैतारा। सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वदलिय बैठक सम्पन्न गरेकाे छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटा देश वन्धुको आह्वानमा आज बिहिबार सर्वदलीय बैठक बसेको हाे । संघिय व्यवस्था लागू हुनुपूर्व जिल्ला बिकास समितिले सर्वदलीय सहमतिअनुरुप याेजना निर्माण र बजेट बाँडफाँड हुने गरेका थियाे । संघियतामा गएयता स्थानीय सरकारले आफ्नो मनाेगत निर्णय गर्दै अरुलाई वेवास्ता गरेकाे सर्बत्र आलोचना हुने गरेकाे छ । तर चाैतारा साँगाचाेकगढीले सवैकाे रायसुझाव लिने राम्रो कामकाे अभ्यास गरेकाे छ । नजिकिदै गरेको १६ औ नगर सभामा पालिकाको समग्र बिकास , समृद्धि , पुर्वाधार…

माओवादी फेरि फुट्ने खतरा बढ्यो

माओवादी फेरि फुट्ने खतरा बढ्यो

कांग्रेसको नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयास निस्तेज पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नतामा जसपा, नेपाल टुक्र्याइएको एकथरीले दावी गरिरहँदा ठूला पार्टी आफैँ भने कति सुरक्षित होलान् ?  के सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि विभाजन हुँदैछ ? गोप्य सूचना स्रोतको दावीलाई मान्ने हो भने आगामी निर्वाचनअघि माओवादीलाई सग्लो नराख्ने योजनासाथ बाह्य शक्तिकेन्द्र भित्रभित्रै सक्रिय हुन थालेको छ । नेपालमा वामपन्थी गठबन्धन आफू प्रतिकूल हुने बुझाइमा रहेको दक्षिणको छिमेकी भारत कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयासमा रहेको चर्चा चलिरहेको थियो ।  त्यसनिम्ति कांग्रेस,…