भञ्ज्याङ–चण्डेनी कृषि सडक स्तरोन्नति, ग्रामीण बस्तीमा वर्षभरि सडक पहुँच विस्तार हुने

भञ्ज्याङ–चण्डेनी कृषि सडक स्तरोन्नति, ग्रामीण बस्तीमा वर्षभरि सडक पहुँच विस्तार हुने सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले ग्रामीण क्षेत्रमा सडक पहुँच विस्तार गर्ने उद्देश्यले भञ्ज्याङ–पधेरा–पल्लो टोल–चण्डेनी कृषि सडक स्तरोन्नतिको काम अघि बढाएको छ। परियोजनाको लागत अनुमान ५० लाख ७९ हजार २३० रुपैयाँ रहे पनि ३४ लाख २६ हजार १०९ रुपैयाँमा निर्माण सम्झौता गरिएको छ। योजनाअन्तर्गत सडक ढलानसहित आवश्यक संरचना निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने यातायात समस्या घट्ने, स्थानीय कृषकलाई कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने र ग्रामीण बस्तीको आवागमनमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ। बिसौनीbisouni.com

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता…

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौँ। दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रङ्गशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो । यससँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो । क्यानडा समूह ‘बी’ मा दोस्रो तथा दक्षिण अफ्रिका समूह ‘ए’…

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ। मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ । विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको…

कसले चुहायो होला त्यस्तो सूचना ?

कसले चुहायो होला त्यस्तो सूचना ?

‘नेपालका सञ्चारमाध्यमले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको मेरो प्रवेशबारे विभिन्न रूप र शैलीमा समाचार प्रकाशन गरिरहेका छन् । यस सन्दर्भमा स्पष्ट जोड दिन चाहन्छु कि न मैले व्यक्तिगत रूपमा न त हाम्रो दूतावासले यस विषयमा कुनै पत्रकारसँग कुराकानी गरेको छ ।’ यो हो, जर्मनीका राजदूत उडो भोल्जले अघिल्लो सोमबार आफू प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेर ३ घण्टासम्म बन्धकजस्तै रहेको भनी प्रकाशित समाचारका सन्दर्भमा दिएको प्रतिक्रिया । सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत खुलेका उनको त्यो प्रतिक्रियाका सन्दर्भमा समाचारहरू त प्रशस्तै छापिए तर अन्तर्य कति डरलाग्दो छ भन्ने विषयमा चाहिँ खासै चर्चा…

बेसी झर्न थाले भेडीगोठ

दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

ढोरपाटन (बागलुङ)। दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन्…

धान काट्ने चटारोमा कृषक

बाजुरा। दशैं नजिकिँदै गर्दा बाजुरासहित सुदूरपश्चिमका किसान धानसहितका बाली काटेर भित्र्याउन व्यस्त भएका छन् । धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने र चुट्ने कामले गाउँगाउँका खेतबारीमा चहलपहल बढेको छ । मौसमले धोका दिने भएकाले किसानहरू बिहानैदेखि खेतमै खाना खाने व्यवस्था गरेर काममा जुटेका छन् । बडिमालिका नगरपालिका–५ का कृषक चुफे चदाराले दशैं अघि अन्न घर भित्र्याउनुपर्ने हतारोले बिहानै खेतमा पुग्ने गरेको बताउनुभयो। “मौसम बिग्रिए वर्षभरको मेहनत खेर जान्छ,” “उहाँले भन्नुभयो” । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार जिल्लाभर धान पाक्न थालेको छ र यस वर्ष उत्पादन…

नयाँ शिक्षा मन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृश्य

नयाँ शिक्षा मन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृश्य

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा शपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू हच्किएका थिए । तथापि, फूलका केही गुच्छा र एउटा रुद्राक्षको माला लिएर कर्मचारीहरू स्वागतका लागि मन्त्रालय परिसरमा उभिएका थिए । आज सार्वजनिक बिदा भएकाले कर्मचारीको भिडभाड थिएन । पानी परेकाले कर्मचारी र सञ्चारकर्मीहरू परिसरको ओत लाग्ने ठाउँमा बसेका…

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

काठमाडौँ I  जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ ।नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा…

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिनुभयो ।  उहाँका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच…