हेलम्बु, चनौटेस्थित बेलिब्रिज जोखिममासिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका, चनौटे बजारस्थित बेलिब्रिज जोखिममा परेको छ ।अविरल बर्षासँगै आएको बाढीले बेलिब्रिज रहेको भूभाग कटान गर्न थालेपछि बेलिब्रिज जोखिममा परेको हो ।२०७८ साल सावन १७ गते लेदोसहित आएको मेलम्ची बाढीले हेलम्बुकै लाइफलाइनको रुपमा रहेको रातो पुल बगाएपछि सोही स्थानमा बेलिब्रिज निर्माण भएको थियो । रातो पुल बगाएको झण्डै सात महिनापछि तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणले नवनिर्मित बेलिब्रिज उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो ।सो पुलले हेलम्बुलाई मात्र नभइ मेलम्ची नगरपालिका वडा ७ र ८ त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाको…
Category: जीवनशैली
जापान : बसाई, सिकाई र तीतामीठा भोगाई !
सम्झना कार्कि जापानले नेपालीहरूलाई सभ्य बन्न सिकायो , समयसँग चल्न सिकायो , हरेक कामलाई सम्मान, सानादेखि ठूलासम्मलाई माया, आदर र सत्कार गर्न सिकायो , प्रविधिको प्रयोग गर्न खप्पिस बनाएको देखे । सिन्धुपाल्चोकमा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेको थिएँ । यस क्षेत्रमा लागेर सामान्य सफलता पनि हात नपरेको त होईन । एक्कासि यसलाई त्यागेर धेरै अनुभव लिने र रमाउने सपना बोकेर वैशाख १३ मा जापान आइपुगें । नयाँ यात्रा तय गरेर विदेशिने युवाको जमातमा म पनि एक थिएँ । यहाँको रहनसहन वातावरण बिस्तारै हेर्दै बुझ्दै ,भोग्दै गए । जापान आएपछि भाषा…
जेठ १९ गते चौतारामा फूड फेस्टिवल, खानपान र साँकृतिक प्रदर्शन हुने
भोलि जेठ १९ गते चौतारामा फूड फेस्टिवल, जातजातिको खानपान र साँकृतिक प्रदर्शन हुने चौतारा । पाक संस्कृतिको विकाससँगै फूड टुरिजमको सुरुवात गर्ने उदेश्यले भोलि शनिबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा फूड फेस्टिवल हुने भएको छ । चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर परिसर हुने फूड फेस्टिवल कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने आयोजक संस्था म्हसिका पुच, पुरानो बजारले जनाएको छ ।पुचकी अध्यक्ष सीता श्रेष्ठको अनुसार कार्यक्रममा चौतारा नगरपालिकाभित्र रहेको नेवार, तामाङ, घले, शेर्पा, माझी लगायत कम्तिमा ७ जनजातिहरुको मौलिक खाना र साँस्कृतिक झाँकी प्रस्तुत हुनेछ । खाना प्रदर्शन एवम विक्री वितरण बजार…
चौतारामा योग शिविर सुरु, जाने हैन त योग गर्न ?
चौतारामा योग शिविर सुरु, जाने हैन त योग गर्न ?चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा खुला योग शिविर सुरु भएको छ । पतन्जलि नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा चौतारा साँगाचोकगढी न.पा – ५ अबस्थित श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय प्राङ्गणमा बिहीबारबाट ३ दिने योग शिविर संचालन भएको हो । शिविरमा झण्डै १ सय ५० जनाभन्दा बढी स्थानियको सहभागिता रहेको बताइन्छ । शिविरमा गुरु गुविन तौजलेले योग अभ्यास प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समय योगको महत्त्व र स्वास्थ जीवनका लागि योगको भूमिका बारे सचेतना बढ्न…
वाशिङ मेसिन मर्मत र गलैंचा बुनाई तालिम सुरु
वाशिङ मेसिन मर्मत र गलैंचा बुनाई तालिम सुरु चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा गलैंचा बुनाई, वाशिङ मेशिन तथा फ्रिज मर्मत तालिम सुरु भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सिन्धुपाल्चोकको आयोजनामा गलैचा बुनाई सम्बन्धी ३० दिने र वासिङ मेसिन तथा फ्रिज मर्मत सम्बन्धी १० दिने तालिम सोमबारबाट चौतारामा सुरु भएको हो। तालिमको उद्घाटन गर्दै चौतारा सांगाचोकगढी नगरपालिकाकी उपमेयर सिता थापाले आफूले लिएको सीपको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठले आवश्यकताको आधारमा आगामी दिनहरूमा तालिमहरू सञ्चालन गरिने…
गलैंचा र राडीपाखी बुनेर पाँचपोखरीका महिलाहरु आत्मनिर्भर बन्दै
सम्झना कार्की यद्यपि केही महिलाहरु अशिक्षित छन् । तर उनीहरुको हातमा भने सीप छ । यही सीपले उनीहरुको जीवनयापन सहज भएको छ । वैशाख ५, सिन्धुपाल्चोक । खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने महिलाहरू आय आर्जनमा पनि जोडिन थालेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका महिलाहरु आयआर्जन मार्फत आत्मनिर्भर बन्न लागेका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ का झन्डै २० घरपरिवारका महिलाहरु अचेल राडिपाखी ,गलैचा बुन्दै गुजारा चलाउदै आएका छन् । राडीपाखी बुनेरै दुई चार पैसा हातमा पर्न थालेपछि वडा नम्बर ७ कि बुद्धिमाया गुरुङ दंग छिन्…
चौतारा भिक्षाटन कार्यक्रम हुने
चौतारा भिक्षाटन कार्यक्रम हुने चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा भिक्षाटन कार्यक्रम हुने भएको छ । परम्परागत मौलिक संस्कृति र संस्कारलाई प्रवर्द्धन गरि नयाँ पुस्तालाई परिचित गराउने उदेश्यका साथ सदरमुकाम चौतारामा पहिलोपटक भिक्षाटन कार्यक्रम हुन लागेको हो । बैसाख ५ गते बुधबार बिहान ८.३० बजेबाट सुरु हुने भिक्षाटन कार्यक्रम भक्तपुर मुनिबिहारको आयोजना तथा चौताराका स्थानीय संघ, संस्था सम्पदा संरक्षण गुठी, सिन्धु नेवा: खल, म्हसिका पुच: र भिन्तुना नेवा: आमा समूहको समन्वय रहेको सम्पदा संरक्षण गूठीका अध्यक्ष रबिन्द्र श्रेष्ठले जानकारी दिए । सो दिन आफ्ना आँगनमा आउने भिक्षुलाई भिक्षादान गरि पुण्यलाभ आर्जन…
अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिला
अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिलाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिका उद्योग शाखाको आयोजना एवं सम्पदा गुठी चौताराको व्यवस्थापनमा २३ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको छ।व्यावसायिक रुपमा अचार उत्पादन गर्ने र बजारीकरण गर्दै महिलाहरूलाई आय आर्जनमा जोड्ने उद्देश्यका साथ चौताराको पुरानो बजारमा यो तालिमको आयोजना भएको हो। चैत्र १५ गतेबाट सुरु भएको तालिम २१ गते समापन भएको सम्पदा गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताउनुभयो। तालिमको बुधबार विधिवत रूपमा समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले प्राप्त तालिमलाई व्यावसायिक रुपमा क कार्यान्वयन गर्न अनुरोध गरे। घरेलु तथा…
छगाम आनीको ध्यानी जिन्दगानी
आनीको ध्यानी जिन्दगानी मानिसले एकाध घण्टा योग वा ध्यान गर्छन्। दैनिक केही घण्टा योग र ध्यान गर्दा विचार र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। सायद, तपाईंले पनि दैनिक केही समय यस्तो कार्य गरेको हुनुपर्छ। तर, दैनिक लामो समयसम्म ध्यानमा बसेर जीवन बिताउनु कठिन कुरा हो। जीवनभर विवाह नै नगरी दैनिक १२ घण्टाभन्दा बढी ध्यान र अध्ययनमा बिताएको जिन्दगानीबारे पंक्तिकारले तयार पारेको आलेख पढ्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। विषयवस्तु सत्य हो। वरिपरि आधा हिउँले खाएको आधा हरियाली रुखले ढाकेको चट्टाने डाँडा। बस्तीमाथि घनघोर जंगल। ओरालो परेको केही समथर जमिनबीच ठडिएको गुम्बैगुम्बाको गाउँ। नेपाल…
योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
चौतारा । गत पुष ३ गतेबाट सुरु भएको योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारामा सञ्चालित ३६ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमबीच नगरपालिकाकी उपमेयर सीता थापाले समापन गर्नु भएको हो । सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकास देखिने विकास भएको भन्दै योग, ध्यान र प्रणायम नदेखिने विकास भएको बताउनुभयो । देखिने विकासले भन्दा नदेखिने यस्ता प्रकृतिका विकासले मान्छेलाई अधिकतम खुशी र शान्ति प्राप्त हुने उहाँको तर्क थियो । धन एश्वर्यले मात्र मान्छेलाई खुशी र सन्तुष्ट पार्न सक्दैन उहाँले भन्नुभयो त्यसैले…