शिवरात्रीको दिन ॐ शान्तिद्वारा सद्भाव र्याली ! गोल्मा रानी मन्दिर संरक्षणद्वारा कलशयात्रा
चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा शिव रात्रीको अवसरमा सद्भाव शान्ति पदयात्रा एवं प्रवचन कार्यक्रमको आयोजना गरेको छ।
शुक्रबार बिहान राजयोग केन्द्रको भवनबाट सुरु भएको पदयात्रा बजार परिक्रमा गर्दै प्रवचन कार्यक्रमसँगै अन्त्य भएको हो ।
धार्मिक विश्वास अनुसार आज भगवान शिवको जन्म भएको मानिन्छ
सदिऔं कालदेखि यही विश्वासलाई आधार मानेर आज शिवरात्रीको दिन शिवालयहरूमा पूजापाठ गर्ने र मठ मन्दिरहरूमा धुनी बाल्ने चलन रहँदै आएको छ। आजबाट नै चिसो याम सकिएर न्यानो याम सुरु हुने विश्वास गरिन्छ।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६, भिरकुनास्थित गोलमा रानीको मन्दिरमा गणेश र शिव लिङ्गमा प्राण प्रतिष्ठापन एवं ठूलो घण्टा अनावरण गरिँदैछ।
सोको लागि आज बिहान चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित नारायणस्थानबाट कलश यात्रा शुभारम्भ भएको आयोजक समितिले जनाएको छ। कलश यात्रा चैतारा बजार हुँदै भिरकुना स्थित गोलमा गोलमा रानीको मन्दिरमा पुगेर धार्मिक अनुष्ठान, घण्टा अनावरण र मूर्तिमा प्राण प्रतिष्ठापनसहित समापन हुनेछ ।