टुरिष्ट उम्मेद्वारको सिन्धुपाल्चोकमा ताँती

टुरिष्ट उम्मेद्वारको सिन्धुपाल्चोकमा ताँतिचौतारा । न त औंलामा गन्न सकिने कार्यकर्ता छ, न त शुभेच्छुक नै न त उम्मेद्वार परिचित अनहार नै हो, न त जनआधार नै छ, न त फेरि पनि नेपाल मजदुर किसान पार्टीले सिन्धुपाल्चोकमा आफ्ना उम्मेद्वाको ताँति नै लगाएका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेमकिपाले सिन्धुपाल्चोकका सबै प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार खडा गरेको छ ।पार्टीको कुनै जनाधार नभए पनि समानुपातिक भोटको लोभमा नेमकिपाले भक्तपुर स्थाई घर भएकाहरुलाई सिन्धुपाल्चोकमा उम्मेद्वार बनाएर पठाएको हो । नेमकिपाले सिन्धुपाल्चोक प्रतिनिधिसभा १ मा हरिलक्ष्मी दनेखु…

ज्यान मार्ने उद्योगका अभियुक्त एमालेबाट उम्मेद्वार

प्रहरीको फरार सूचीमा रहेको सिन्धुपाल्चोकका डिवि लामा उर्फ युद्धविक्रम तामाङ मङ्सिर ४ को निर्वाचनमा उम्मेद्वार बनेका छन् । नेकपा एमालेको तर्फबाट उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ‘क’ प्रदेशसभा सदस्यका लागि उम्मेद्वार बनेका हुन् । एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले अन्तिम समयमा टिकट लिन अस्वीकार गरेपछि केन्द्रीय सदस्य सरेश नेपालको ठाडो हस्तक्षेपमा उनलाई उम्मेदवार बनाइएको हो । आफ्नो नाममा टिकट पाएपछि उनी असोज २३ गते प्रहरीको आँखा छल्दै पार्टी कार्यालय, चौतारा पुगेर वारेसमार्फत नोमिनेशन दर्ता गराएका हुन् । प्रहरीबाट प्रकाउ पर्ने डरले उम्मेद्वारी दर्ता गर्न आफैँ सहभागी नभएका उनले अधिवक्ता एवम्…

जति तामा तुलसी छुवाए पनि टुरिष्टकै तरक्की

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नोमिनेशन दर्ताको अन्तिम दिनसम्म पनि प्रयास जारी राखेका काँग्रेस नेता मोहनबहादुर बस्नेतले अन्तत: आफूले चुनाव लड्दै आएको क्षेत्रबाट टिकट पाउन सकेनन् । गठवन्धनका कारण सिन्धुपाल्चोक-१ माओवादीको भागमा परेपछि बस्नेतले अन्तिम समयमा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराए । आफ्नो क्षेत्र माओवादीलाई छोड्नु परे स्वतन्त्र उम्मेदवारी दिने घुर्की लगाउँदै आएका उनी अन्तत: सिन्धुपाल्चोक-२ मा टुरिष्ट उम्मेदवार भएर माओवादीकै साथमा चुनाव लड्नुपर्ने बाध्यतामा परेका छन् । सिन्धुपाल्चोक-२ मा काँग्रेसले अधिकाँश निर्वाचनमा बाहिरबाट उम्मेदवार बनाउँदै आएको छ । २०४८ सालको आमनिर्वाचनमा १ नम्बर क्षेत्रकै विनोद लामाबाट शुरु भएको टुरिष्ट उम्मेदवारको सिलसिला २०७९…

सरकारी सुविधा छाड्दै निजी निवासमा सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोड्नुभएको छ ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मनोनयनको अघिल्लो दिन सभामुख सापकोटाले सरकारी निवास छोड्नुभएको हो । सभामुख सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।   सभामुख सापकोटाले आजै मात्र सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको थियो । बिसौनीbisouni.com

सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा गर्दै भन्नु भयो – “युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको निर्णय गरेको हुँ “

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा  भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, “आगामी निर्वाचनमा मेरो जीत सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको  निर्णय गरेको हुँ । हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन । देश र जनताको हितका लागि अधिकतम समर्पित रहनेछु ।…

खर्च विवरण नबुझाउदा सिन्धुका यी उम्मेद्वारले तिर्नुपर्ने भयो लाखौं जरीवाना ( सूचीसहित )

चौतारा । चुनावी परिणाम आएको ३० दिन भित्र पनि आफूले गरेको खर्चको विवरण नबुझाएपछि जिल्लाभरका विभिन्न पदमा उम्मेदवार बनेकाहरुले लाखौ जरीवाना तिर्नु पर्ने भएका छन् ।गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेद्वारहरुले बनेकाहरुले तोकिएको समयभित्र खर्च विवरण नबुझाएकाले उनीहरुलाई निर्वाचन आयोगले जारीवानासहित नामावली प्रकाशन गरेको होखर्च विवरण नबुझाएका उम्मेदवारहरुको सुचीमा जिसस प्रमुख बालकृष्ण श्रेष्ठ मात्र हैन, मेलम्ची नगरपालिका प्रमुख आइतामान तामाङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुखहरु उमा प्रधान र मन्जु लामा समेत परेका छन् ।त्यस्तै भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, त्रिपुरासुन्दरी…

एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा रामबहादुर घले

एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा रामबहादुर घलेचौतारा । नेकपा एकीकृत समाजवादी चौतारा साँगाचोकगढी नगर कमिटीको भेला नगर अध्यक्षमा रामबहादुर घलेलाई चयन गरेको छ ।आज भएको भेलाले उपाध्यक्षमा नामगेल लामा, फूलमान तामाङ र गणेश श्रेष्ठलाई चयन गरेको छ ।सचिवमा रामशरण अधिकारी चयन भएका छन् भने सहसचिवमा मनकुमारी खत्री, गणेश खड्का, गंगाराम लामा चयन भएका छन् ।त्यस्तै कार्यालय सदस्यमा मिना थापाm मिनबहादुर श्रेष्ठ र उमा बानियाँलाई जिम्मेवारी दिएको जनाएको छ । बिसौनीbisouni.com

निवर्तमान मेयर तामाङसहित क- कसले एमाले प्रवेश गरे (नामावलीसहित)

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङसहित सयौं जनाले एमाले प्रवेश गरेका छन् ।एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका नेतासमेत रहेका तामाङसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरु बिसौनीbisouni.com

नयाँ दलको न्वारान गर्दै भ्रष्टाचारीको घण्टी बजाउने उद्घोष गरे रवि लामिछानेले(भिडियोसहित)

काठमाण्डौं । सञ्चारकर्मबाट राजनीतिककर्ममा पाइलो सारेका पूर्व सञ्चारकर्मी रवि लामिछानेले नयाँ दलको घोषणा गरेका छन् । सञ्चारजगतबाट सन्यास लिएका लामिछानेले आज काठमाण्डौंस्थित राष्ट्रिय सभा हलमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका हुन् ।राष्ट्रलाई चिनेका तर राष्ट्रले नचिनेका २१ जनाको टोलिसहित नयाँ दल निर्माण गरेको उनले बताए । उनले नयाँ दलको चुनाव चिन्ह्र घण्टी भएको पनि उद्घोष गरे । यो घण्टीले भ्रष्टाचारीको घण्टी बजाउँने छ लामिछाने जोसिँदै भने क्षमता नभएको दिन यो पार्टीमा बसेछु भने जहाँ देखियो त्यहाँ ढुँगा हान्नु होला ।जनमत गुमाउँदा गुमाउँदै पनि दलहरुले गठवन्धन गरेर राज्यसत्ताका लागि…

गठवन्धनमा गद्दारी

चौतारा । एमालेका तर्फबाट उपप्रमुखका उम्मेद्वार बनेका जेपी सिलवालले ११ मत पाइरहँदा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार बनेका गणेश विकले १० मत मात्र पाए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठवन्धन भएको थियो । गठवन्धन अनुसार एमालेसँग ७ भोट र माआवादी केन्द्रसँग ४ भोट रहको छ ।तर गठवन्धनमा घात भएपछि ११ भोट पाउनु पर्ने माओवादीले जम्मा १० भोट मात्र पाए । एक भोट प्रमुखमा खाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।अझ कन्तविजोग त सदस्यका उम्मेद्वारहरुको भएको छ । यता नेपाली काँग्रेस र समाजवादीको गठवन्धनबाट…