उत्पादनमुखी निर्णय गरेर उदारहणीय बने लिसंखुपाखरका अध्यक्ष राजु लामा

चौतारा । निर्वाचित भएर पदभार ग्रहण गरे लगत्तै अधिकाँश पालिका प्रमुखहरुले वितरणमुखी निर्णयहरु गर्न थालेका छन् । कतै ६० वर्ष कटेका विदुरहरुलाई भत्ता दिने त कतै एकल पुरुषहरुलाई भत्ता दिने, त कतै अविहित महिला र किरियापुत्रीलाई भत्ता दिने निर्णय गर्न थालेका हुन् । वितरणमुखी निर्णयले लोकप्रियता हासिल गर्ने भएकोले अधिकाँश नवनिर्वाचित स्थानीय सरकार प्रमुखहरु लालयित हुँदै यस्ता निर्णय गरे पनि सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु लामाले भने उत्पादनमुखी निर्णय गरेर उदारहणीय बनेका छन् । वितरमुखी निर्णय गरेर लोकप्रियता कमाउनु भन्दा रोजगार र आयआर्जनमार्फत पालिकालाई समृद्ध बनउाने उदेश्यले अध्यक्ष लामाले…

एमालेको प्रतिनिधिले मतपत्र पट्याउन थालेपछि भरतपुरको मत गणना स्थगित

चितवन । नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि विवाद भएर भरतपुरकाे मत गणना रोकिएको छ। गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ। एमालेका जिल्ला अध्यक्ष  रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवश नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन्। ‘यो ठूलो इस्यु होइन। नियतशव होइन झुक्किएर गएको हो,’ उनले भने। अहिले…

दस हजार मतले रेनु दाहालको अग्रता

जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् । उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८…

बाह्र बजेसम्म पनि बालेनकै वर्चस्व

काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबार दिउँसो १२ बजेसम्म १ लाख ६ हजार ५ सय १६ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ ।उहाँले ३८ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २१ हजार ५ सय ३८ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २० हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । बिसौनीbisouni.com

सिन्धुपाल्चोकमा पाँच पालिका जितेर कांग्रेस बन्यो पहिलो पार्टी, एमाले तेस्रोमा खुम्चियो

सिन्धुपाल्चोक । दुई नगरपालिका र तीन गाउँपालिका जित्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकमा पहिलो पार्टी भएको छ । सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये नेपाली कांग्रेस एक्लैले बाह्रविसे, मेलम्ची नगरपालिकामा जित हासिल गरेको छ । त्यसैगरी भोटेकोशी, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका पनि कांग्रेसले जितेको छ । सुनकोशी, बलेफी र जुगल गाउँपालिकाको उपाध्यक्ष पनि नेपाली कांग्रेसले जितेको छ । सदरमुकाम चौतारासहित जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिकाको प्रमुख जित्दै माओवादी केन्द्र सिन्धुपाल्चोकमा दोस्रो भएको छ । नेकपा एमालेले भने अघिल्लो चुनावको विरासतलाई पनि जोगाउन सकेन । एमालेले पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका मात्रै…

पदभार ग्रहणकै भोलिपल्ट श्रमदानमा जुटे नवनिर्वाचित वडा अध्यक्ष गिरी

मोनिका विश्वकर्मा/चौतारा । वडा अध्यक्षको भदभार ग्रहण गरेकै भोलिपल्ट चौतारा साँगाचोकगढी नगरपालिका, वडा न ११ का वडा अध्यक्ष रोशन गिरी गाउँ विकासका लागि श्रमदानमा जोडिएका छन् ।झरी हुने वित्तिक्कै भलले सडक विगार्न थालेपछि शनिबार श्रमदानमार्फत नर्सरी कटुन्जे बाटोको भल कटाउने नाली मर्मतका लागि वडा अध्यक्ष गिरीको नेतृत्वमा झण्डै ५० जनाको स्थानीयहरु जुटेका हुन् ।हरेक महिनाको अन्तिम शनिबार, श्रमदानको संस्कार भन्ने नाराको साथ यसपटकका लागि झरेली अभियान सञ्चालन गरेको अध्यक्ष गिरीले बताए । श्रमदानले विकास निर्माणमा स्थानियमा अपनत्वको अनुभूति हुनका साथै सानातिना विकासनिर्माण लागि सरकारकै मुख ताक्ने प्रृवित्तिको पनि अन्त्य हुने…

नेकपा (विप्लव) समर्थित युवा संगठन नेपालले बुझायो ज्ञापनपत्र

चौतारा । सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव बीच भएको तीन वुँदे सहमति तत्काल कार्यान्वयन गर्न युवा संगठन नेपालले ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन युवा संगठन नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।युवा संगठन नेपाल, सिन्धुपाल्चोकका संयोजक सुमन श्रेष्ठले साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम नेपाललाई बुधबार बुझाएको ज्ञापनपत्रमा राजनीतिक आस्थाको आधारमा लगाएका झुठ्ठा मुद्धाहरु तुरुन्तै खारेज गर्न, राजनीतिक आस्थाकै कारण बन्दी बनाएका आस्थाका बन्दीहरुलाई निसर्त रिहा गर्न र जनमत संग्रहका लागि उचित वातारण तयार गर्न माग गरिएको छ । २०७७ साल फागुन…

क्रान्तिकारीको अध्यक्षमा रोशन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकले पछिल्लोपटक संगठन विस्तार र निर्माणलाई तीव्रता दिएको छ । सोही क्रममा आज सदरमूकामस्थित चौतारा बहुमुखी क्यम्पसको कमिटी गठन गरेको छ । जसको अध्यक्ष्मा रोशन भुजेल चयन भएका छन् । अखिल क्रान्तिकारी क्याम्पस कमिटीको पाँचौ सम्मेलनबाट उपाध्यक्षमा अमृत श्रेष्ठ, मन्जित तामाङ र निशा घिमिरे, सचिवमा रश्मिला खत्री, सहसचिवमा बिनोद नेपाली, दिनेश श्रेष्ठ र बिनिता श्रेष्ठ, त्यस्तै कोषाध्यक्षमा मनिका श्रेष्ठ निर्वाचित भएका छन् ।सम्मेलनले शिबहरी कार्की, सुदिप खत्री, दुर्गा कार्की, मुना तामाङ, सृजना उदास, अस्मिता आचार्य, मनिका दाहाल, सुष्मिता श्रेष्ठ, उदिषा श्रेष्ठ, सरस्वती नेपाली,…

चौतारा साँगाचोकगढी वडा न ९ का अध्यक्ष विष्णु लामामाथि कार्वाही

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न ९ का अध्यक्ष विष्णु लामालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीले कार्वाही प्रकृया अगाडि बढाएको छ । निरन्तर पार्टी हित विपरित लागेको आरोप लगाउँदै अध्यक्ष लामाको जनप्रतिनिधि पदबाट नै निष्काशन हुने गरि नेकपा माओवादी केन्द्रले कार्वाही प्रकृया अगाडि बढाएको हो ।२०७४ सालको स्थानीयत तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी अध्यक्ष लामा पछिल्लोपटक नेपाल कम्युनिष्ट पार्टी एमालेको गतिविधिमा संलग्न हुँदै आएको छ । एमाले र माओवादीबीच भएको पार्टी एकीकरण बाट बनेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहँदै आएका लामा नेकपा एमाले र माओवादी केन्द्र पुन छुट्टा…

संक्रमितलाई भेट्दै सिन्धुका माओवादी नेताहरु

चौतारा । कारोना भाइरस संक्रमणले छपक्कै छोपेको बेला नेकपा माओवादी केन्द्रका नेताहरु भने संक्रमणको हट स्पर्टमा नै गएर संक्रमितको अवस्था बुझ्न थालेका छन् । पछिल्लोपटक संक्रमणको हट स्पर्ट बनेको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ कुविण्डेका संक्रमितहरुको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेताहरु बुधबार कुविण्डे पुगेका हुन् ।जनता अप्ठेरामा परेको बेला हामी पनि जनतासँगै छौं भन्ने सन्देश दिन मात्र होइन संक्रमितको समस्या समाधान गर्न आफूहरु संक्रमितसँग भेटघाटमा रहेको नेकपा माओवादी सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा सुवोधले बताएबुधबारसम्म कुविण्डेमा संक्रमितको संख्या ३२ पुगिसकेको र…