ज्यान मार्ने उद्योगका अभियुक्त एमालेबाट उम्मेद्वार

प्रहरीको फरार सूचीमा रहेको सिन्धुपाल्चोकका डिवि लामा उर्फ युद्धविक्रम तामाङ मङ्सिर ४ को निर्वाचनमा उम्मेद्वार बनेका छन् । नेकपा एमालेको तर्फबाट उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ‘क’ प्रदेशसभा सदस्यका लागि उम्मेद्वार बनेका हुन् ।

एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले अन्तिम समयमा टिकट लिन अस्वीकार गरेपछि केन्द्रीय सदस्य सरेश नेपालको ठाडो हस्तक्षेपमा उनलाई उम्मेदवार बनाइएको हो ।

आफ्नो नाममा टिकट पाएपछि उनी असोज २३ गते प्रहरीको आँखा छल्दै पार्टी कार्यालय, चौतारा पुगेर वारेसमार्फत नोमिनेशन दर्ता गराएका हुन् । प्रहरीबाट प्रकाउ पर्ने डरले उम्मेद्वारी दर्ता गर्न आफैँ सहभागी नभएका उनले अधिवक्ता एवम् इन्द्रावती गाउँपालिका ६ का वडा अध्यक्ष शशिनाथ आचार्यमार्फत आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए ।

ज्यान मार्ने उद्योगमा जिल्ला अदालत सिन्धुपाल्चोकले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । रोजिना बस्नेतसहित ६ जनाले जेठ २ गते इलाका प्रहरी कार्यालय, बार्हबिसेमा लामाविरुद्ध जाहेरी दिएका थिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्