मेलम्ची । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन’, उनले भने । गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष…
Category: राजनीति
रास्वपा चौतारा साँगाचोकगढी नगर सभापतिमा रविन श्रेष्ठ
रास्वपा कुनै फ्रस्टेशनले हुर्केको पार्टी होइन- रमेश प्रसाईं । चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेकोको पार्टी नभएको जिकिर गर्नु भएको छ ।चौतारामा आयोजित रास्वपाको नगर भेलालाई उद्घाटन गर्दै सदस्य प्रसाईंले रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भयो । रास्वपासँग कुनै नीति, सिद्धांत छैन भन्नेहरुलाई मुतोड जवाफ दिंदै उहाँले रास्वपासँग अनगिन्ती नीति, सिद्धांत र भिजन भएको हुनाले ती भिजनहरु बुझ्न रास्वपाको दस्तावेज अध्ययन गर्न पनि आग्रह गर्नु भयो…
रास्वपा नगर भेलामा रमेश प्रसाईँद्वारा सम्बोधन हुने
प्रष्टवक्ता रमेश प्रसाईँ चौतारा आउदैधाराप्रवाह रुपमा राज्यका वेथिती र विसंगतीका विरुद्ध बुलन्द आवाज उठाउदै जनतालाई सुसुचित गराउदै आएका प्रष्टवक्ता रमेश प्रसाईँ चौतारा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रसाईँ पार्टीको चौतारा साँगाचोकगढी नगरपालिका भेलालाई सम्बोधन गर्न शनिबार चौतारा आउने भएका हुन् ।उनीसँगै रास्वपा केन्द्रिय सदस्य ढाकाराम अर्याल, केन्द्रिय संगठक विभागका सचिव शंकर श्रेष्ठ, बागमती प्रदेश समितिका अध्यक्ष डा. अच्युतम लामिछाने लगायतका नेताहरुले भेलालाई सम्बोधन गर्ने पार्टीकी जिल्ला संयोजक माया गुरुङले बताइन् ।चैत ४ गते निर्माण व्यवसायी संघ, चौताराको सभाहलमा हुने भेलाले पार्टीको नगर समिति चयन…
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकको पूर्ण बैठक सुरु
चौतारा । नेकपा ९माओवादी केन्द्र ० जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको पूर्ण बैठक सुरु भएको छ । सदरमुकामस्थित सहिद स्मृति भवनमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठन विस्तार र शुद्धिकरण लगायत विषयमा छलफल हुने बताइन्छ ।बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् निर्वतमान सभामुख अग्निप्रसाद सापकोटा, संघीय सांसद माधव सापकोटा सुवोध, बागमति प्रदेशसभा सदस्यत्रय युवराज दुलाल शरद, सरल सहयात्री, अमृता नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।जिल्ला समन्वय समितिकोतर्फबाट प्रतिनिधिसभा सदस्य सापकोटा र प्रदेशसभा सदस्यत्रय दुलाल, यात्री र नेपाललाई बैठकमा सम्मान तथा बधाई अर्पण…
आठ मार्चमा क्रान्तिकारी महिलाले सबै पालिकामा कार्यक्रम गर्ने
प्रमुख अतिथि एवम् बागमति प्रदेशसभा सदस्य अमृता नेपालले व्यवस्था बदलिए पनि नेपाली महिलाहरुको अवस्थामा खासै परिवर्तन नआएको बताउनु हुँदै आफू सदैव महिला हक, हित र अधिकारका लागि सडकदेखि सदनसम्म आन्दोलित भइरहने बताउनु भयो । चौतारा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने भएको छ ।चौतारामा सम्पन्न संघको जिल्ला समन्वय समितिको बैठकले जिल्लाका १२ वटै स्थानीय तहमा यही फागुन २४ गते विशेष कार्यक्रमसहित अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गरेको हो । बैठकले संगठनको मुखपत्र प्रकाशन गर्ने पनि निर्णय गरेको छ । हरेक वर्षको…
तातोपानी नाका सुचारु गर्न माग गर्दै साँसद माधव सापकोटा
सडक निर्माणका लागि सडक विभागले २ अर्ब ४७ करोडको डिपिआर फाइल तयार गरेर अर्थ मन्त्रालयमा समेत पठाइसकेको जानकारी दिनु हुँदै त्यो फाइललाई सभामुखमार्फत स्वीकृत गरी तुरुन्त ठेक्का प्रकृयामा लैजान र बर्षाको समयमा पनि सडक सुचारु हुने प्रवन्ध मिलाउन आग्रह गर्नु भयो । काठमाण्डौं । नेकपा माओवादी केन्द्रका युवा नेता एवम् सांसद माधव सापकोटा सुवोधले तातोपानी नाका बन्द भएकोप्रति सरकारको ध्यानाकर्षण गर्नु भएको छ ।प्रतिनिधिसभा वैठकको विशेष समयमा सम्वोधन गर्दै शुक्रबार साँसद सापकोटाले नाका सुचारुका लागि चीन सरकार सकारात्मक देखिएता पनि नेपाली भूभागको सडक ठाउँठाउँमा विग्रिएका कारण मालबाहक गाडी नाकासम्म पुग्न…
सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री बन्दै
सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री बन्दैचौतारा । प्रदेश सांसद युवराज दुलाल शरदले भौतिक पूर्वधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।आज हुने मन्त्री परिषद विस्तारको क्रममा दुलालसहित आजै ८ जना मन्त्री नियुक्ति हुनेछन् । यसअघि पनि बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्री भइसकेका दुलाल सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न २, प्रदेशसभा क बाट विजयी भएका हुन् ।तीन दलको सहभागिता रहने बागमतिमा एमाले, माओवादी र राप्रपाले भागवण्डा गरेका छन् । आज हुने मन्त्री परिषद विस्तारमा एमालेका एकलाल श्रेष्ठले श्रम रोजगार तथा यातायात, एमालेकै रामेश्वर श्रेष्ठ र केशव पोखरेले स्वास्थ्य, पशुपन्छी…
मतदाताले उम्मेद्वार बस्नेत र दुलाललाई यसो भनेपछि…….
चौतारा । निर्वाचन नजिकिँदै छ । नजिकिँदो निर्वाचनसँगै उम्मेद्वारहरुले पनि यसो गर्छु र उसो गर्छु भन्दै मतदाता फकाउन भाषणवाजी मात्र गर्दै आएका छैनन् गाउँवस्तीमा नै पुगेर फकाउन थालेका छन् । यता मतदाताहरुले पनि उम्मेद्वारसँग आआफ्नै माग तेस्र्याउन थालेका छन् । पछिल्लो समय सामाजिक सञ्जलमा सकृय बन्दै आएका चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का बौद्धिक व्यक्तित्व रविन्द्र श्रेष्ठले आफनो क्षेत्रका प्रतिनिधि र प्रदेशसभा सदस्यलाई आफ्नो माग तस्र्याएका छन् । सामाजिक सञ्जल मार्फत तेस्र्याएका उनको माग व्यक्तिगत हैनन् । संघीयतापछि सुनसुन बन्दै गएको चौताराको चपलता फर्कान उनले शिक्षा र पर्यटनसँग जाडिएर…
भत्ता खाने उमेरमा सत्तामोह
उमेरले ७० टेकेका कृष्णबहादुर ठकुरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवार हुन् । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मालेका तर्फबाट उम्मेदवा बनेका छन् । हरेक निर्वाचनमा उठ्दै आएका ठकुरी उमेरले ७० टेक्दा पनि उम्मेदवार बन्ने रहरबाट पछि हटेका छैनन् । कृष्णबहादुर ठकुरी मात्र होइनन्, सिन्धुपाल्चोकमा यसपटक प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा ६० वर्ष उमेर नाघेर सामाजिक सुरक्षाभत्ता (वृद्धभत्ता) को निम्ति छेउछाउ पुग्दै गरेका आठ जनाले उम्मेदवारी दिएका छन् । भत्ता खाने बेलामा उठेका यी उम्मेदवारहरु अधिकांश काँग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र…
यी हुन सिन्धुपाल्चोकका कान्छो उम्मेद्वार
यी हुन सिन्धुपाल्चोकका कान्छो उम्मेद्वारचौतारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकबाट जम्मा ५७ जनाले उम्मेद्वार दिएका छन् । उम्मेद्वारी दिनेहरुमा २९ वर्षको युवादेखि ७० वर्षका जेष्ठ नागरिकसम्मका रहेका छन् । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न १ बाट १३ जना र क्षेत्र न २ बाट १४ जनाको उम्मेद्वारी परेको छ । यी मध्य सबैभन्दा कान्छो उम्मेद्वार को होलान् ? आम सिन्धुबासीलाई चोसोको विषय भएको छ ।राजनीतिमा युवाहरुको क्रेज बढ्दै गइरहेको बेलामा सिन्धुपालचोक क्षेत्र न १ मा १० जनाले युवाले उम्मेद्वारी दिएका छन् । ती मध्य बाह्रबीसे…
