चौतारा । चुनावी परिणाम आएको ३० दिन भित्र पनि आफूले गरेको खर्चको विवरण नबुझाएपछि जिल्लाभरका विभिन्न पदमा उम्मेदवार बनेकाहरुले लाखौ जरीवाना तिर्नु पर्ने भएका छन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेद्वारहरुले बनेकाहरुले तोकिएको समयभित्र खर्च विवरण नबुझाएकाले उनीहरुलाई निर्वाचन आयोगले जारीवानासहित नामावली प्रकाशन गरेको हो
खर्च विवरण नबुझाएका उम्मेदवारहरुको सुचीमा जिसस प्रमुख बालकृष्ण श्रेष्ठ मात्र हैन, मेलम्ची नगरपालिका प्रमुख आइतामान तामाङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुखहरु उमा प्रधान र मन्जु लामा समेत परेका छन् ।
त्यस्तै भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा, उपाध्यक्ष गिता कुमारी नेपाल, लिसांखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा,, सुनकोसी गाउँपालिका उपाध्यक्ष कान्छी लामा, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, जुगल गाउँपालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपाल र उपाध्यक्ष शोभना तामाङ परेका छन् । चौतारा साँगाचोकगढीबाट मेयरका स्वतन्त्र उम्मेद्वार बनेका कुमार श्रेष्ठ लगायत अधिकाँश स्वतन्त्र उम्मेद्वारहरु पनि सूचीमा परेका छन् ।
खर्च विवरण नबुझाएका नगरपालिकाका प्रमुख र उपप्रमुखहरुलाई रु। ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई रु। ३ लाख ५० हजार नगद जरिवाना गत भदौ ३१ गतेको निर्वाचन आयोगको निर्णयबाट तोकिएको छ ।
आयोगका अनुसार विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद नै जाने र पराजित भएकाहरूले जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने भएको छ । जरिवानामा कसैलाई छुट नहुने र आयोगले तोकिएको कानुनी कारबाही जुनसुकै हालतमा कार्यान्वयन आयोगले जनाएको छ ।
सिन्धुपाल्चोकमा मात्र जरीवाना रकम ३५ करोड रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
समयमै खर्च विवरण नबुझाई जरीवाना सूचीमा परेका उम्मेद्वारको सूची –




