काठमाण्डौं । सञ्चारकर्मबाट राजनीतिककर्ममा पाइलो सारेका पूर्व सञ्चारकर्मी रवि लामिछानेले नयाँ दलको घोषणा गरेका छन् । सञ्चारजगतबाट सन्यास लिएका लामिछानेले आज काठमाण्डौंस्थित राष्ट्रिय सभा हलमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका हुन् ।
राष्ट्रलाई चिनेका तर राष्ट्रले नचिनेका २१ जनाको टोलिसहित नयाँ दल निर्माण गरेको उनले बताए । उनले नयाँ दलको चुनाव चिन्ह्र घण्टी भएको पनि उद्घोष गरे । यो घण्टीले भ्रष्टाचारीको घण्टी बजाउँने छ लामिछाने जोसिँदै भने क्षमता नभएको दिन यो पार्टीमा बसेछु भने जहाँ देखियो त्यहाँ ढुँगा हान्नु होला ।
जनमत गुमाउँदा गुमाउँदै पनि दलहरुले गठवन्धन गरेर राज्यसत्ताका लागि मरिहत्ते गरिरहेको गुनासो गर्दै लामिछानेले आफ्नो दलमा क्षमता भएका सबैलाई स्वागत भएको पनि बताए । उनले अब नजान्नेलाई हैन, जान्नेलाई छान्ने बताए ।
जीवनभरि राजनीतिक नेताहरुलाई सञ्चारकर्मीको हैसियतले प्रश्न सोध्दै आएका लामिछानेले अबउ उपरान्त आफूले प्रचण्ड माधव, केपीहरुलाई प्रश्न नसोध्ने बताए । राजनीतिक यात्रा कठिन भएको बताउँदै उनले यात्रा झनै कठिनपूर्ण भएको बताए । व्यवस्था बदल्न हैन, जनताको अवस्था बदल्न आफू राजनीतमा आएको बताउँदै उनले नेताहरुको सम्पति शुद्धिकरण इमान्दारिताका साथ मात्र गर्ने हो भने नेपालको जेल नेताहरुले भरिने आरोप पनि लगाए ।
आजै निर्वाचन आयोगमा उनले दल दर्ता र पार्टी कार्यालय खोल्ने जानकारी पनि दिए ।
नयाँ दलको न्वारान गर्दै भ्रष्टाचारीको घण्टी बजाउने उद्घोष गरे रवि लामिछानेले(भिडियोसहित)
