यी हुन सिन्धुपाल्चोकका कान्छो उम्मेद्वार

यी हुन सिन्धुपाल्चोकका कान्छो उम्मेद्वार
चौतारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकबाट जम्मा ५७ जनाले उम्मेद्वार दिएका छन् । उम्मेद्वारी दिनेहरुमा २९ वर्षको युवादेखि ७० वर्षका जेष्ठ नागरिकसम्मका रहेका छन् । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न १ बाट १३ जना र क्षेत्र न २ बाट १४ जनाको उम्मेद्वारी परेको छ । यी मध्य सबैभन्दा कान्छो उम्मेद्वार को होलान् ? आम सिन्धुबासीलाई चोसोको विषय भएको छ ।
राजनीतिमा युवाहरुको क्रेज बढ्दै गइरहेको बेलामा सिन्धुपालचोक क्षेत्र न १ मा १० जनाले युवाले उम्मेद्वारी दिएका छन् । ती मध्य बाह्रबीसे नगरपालिका गातिका मुकुन्द श्रेष्ठ कान्छो उम्मेद्वारको रुपमा देखा परेको छ ।
३० वर्षिय श्रेष्ठ पहिलोपटक चुनावी मैदानमा उत्रेका हुन् । युवा भएर मात्र हैन, राजनीतिक महौलमा युवाको क्रेज बढेकाले मात्र पनि हैन वास्तवमा आफूसँग स्पष्ट भिजन र मिशन भएका कारण आफूले उम्मेद्वारी दिएको श्रेष्ठको भनाई छ । स्वतन्त्रबाट खुकुरी क्रस चुनावी चिन्हसहित चुनावी मैदानमा उत्रेका श्रेष्ठ जोस जाँगरले भरिएका युवा मात्र पनि हैन युवा हुनुका साथै शैक्षिक योग्यताको कसिमा पनि उनी सफल छन् । उनले व्यवस्थापन संकायमा स्नाकोत्तर गरेका छन् । प राजनीतिलाई बुझ्दै नबुझेका लठ्ठू युवा पनि हैनन् उनी । उनले राजनीतिलाई नजिकबाट छामेका छन् । नेपाली राजनीतिको विकृति विसंतिहरुसँग पौठेजोरी पनि खेलेका छन् । १६ वर्षकै कलकलाउँदो उमेरबाट उनी स्वयम् राजनीतिक मोर्चाहरुमा आवद्ध भई आम शोषित, पीडित, दमित बर्ग क्षेत्र, लिङ्ग र सिमान्तकृत वर्गको हक, हित र अधिकारका लागि लड्दै, भिड्दै र आवाज बुलन्द गर्दै आइरहेका छन् । विगतमा विप्लव माओवादीसँग आवद्ध भई विभिन्न मोर्चाहरु सम्हाल्दै आएका थिए । नेपालका दलहरु क्रमश ः दलालमा रुपान्तरण हुँदै गइसकोको निष्कर्ष निकाल्दै श्रेष्ठ अहिले भने स्वतन्त्र नागरिकको रुपमा छन् र त्यही स्वतन्त्र नागरिक हुनुको हैसियतले उनले यसपटकको आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र न १ बाट स्वतन्त्र उम्मेद्वारको रुपमा आफूलाई जनताको माझ प्रस्तुत गरेका छन् ।
एकातिर राष्ट्रभरि नै दलहरुप्रति जनताको वितृष्ण जाग्दो छ । अर्कोतिर स्वतन्त्र उम्मेद्वारको क्रेज पनि बढ्दो छ । र त्यो सँगै युवाहरुप्रतिको जनताको आकर्षण मौलाउँदो छ । राष्ट्रिय राजनीतिक वृत्तको यो त्रिवेणीमा उभिएर उम्मेद्वारी दिएका श्रेष्ठको उपस्थिति अर्थपूर्ण त छ नै तर त्यो अर्थपूर्णलाई सारर्थकताको कसिमा उभ्याउन भने फेरि पनि सचेत जनता भूमिका अपरिहार्य छ । त्यसैले पनि सिन्धुपाल्चोक क्षेत्र न १ का जनताले यसपटक आफ्नो सचेतताको उच्च प्रदर्शन गर्नेमा उनी ढुक्क छन् । हिजोको जस्तै पैसामा विकेर एक वाड्को जाँडमा रमेर आफ्नो भविष्य दलालको हातमा सुम्पने काम अब जनताबाट हुने छेन उनको विश्वास छ । सिन्धुपाल्चोकका जनता सचेत भइसकेका छन् । के राम्रो ? के नराम्रा ? छुट्याउने खुबी जनताले प्राप्त गरिसकेका छन् उनी भन्छन् त्यसको छिनोफानो आगामी मंसिर ४ गते जनताले गर्ने छन् ।
प्रतिव्यक्ति आयमा वृद्धि नभई समृद्धिको सपना देख्नु मुर्खता सिवाय केही नहुने उनको तर्फ छ । अहिलेका दलहरुसँग र दलहरुबाट सरकारमा बसेकाहरु समृद्धिका नारा त दिइरहेका छन् तर समृद्धिका मुल संघार कस्तो हुन्छ भन्ने कुरामा दल र सरकारसँग स्पष्ट भिजन नभएको उनको आरोप छ । प्रति व्यक्ति राजगारीका लागि प्रतिव्यक्ति रोजगारी सिर्जना गर्दै आयआर्जन, आाधुनिक कृषि प्रणालीमार्फत सिंगो मुलुकको मुहार फेर्ने उनको योजना छ । दैनिक विजुलीको बील तिर्नका लागि पनि जनता क्रणको भरमा बस्नु परेको यथार्थता घाम जतिकै छर्लङ छ । त्यसैले उनले संसद कोषबाट गरिबीको रेखामुनी रहेकाहरुलाई निश्चित विजुलीको रकम भुक्तानी गर्ने आफ्नो चुनावी एजेण्डालाई अघि सारेका छन् ।
शिक्षा विना विकास त हुन सक्छ तर त्यो विकास पूर्ण, वैजानिक र बस्तुसंगत हुन नसक्ने उनको तर्क छ । त्यसैले शैक्षिक क्षेत्रमा उनी आमूल परिवर्तन चहान्छन् । विज्ञान, प्रविधिमा आधारित व्यवहारिक र अनुसन्धानमूलक शिक्षा नै आजको आवश्यकता भएको ठहर गर्दै उनले आफ्ना क्षेत्रका सबै सामुदायिक विद्यालय, क्याम्पसमा अनुसन्धानमूलक शिक्षा ( क्ष्त्, म्बतब क्तयचबनभ, ज्ष्नज ब्लबथितष्अक, ब िब्ल्म् चयदभचतष्अक ) लाई लागु गराएरै छाड्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
दसवुद्धै प्रतिवद्धतासहित चुनावी मैदानमा खडा भएका कान्छो उम्मेद्वार श्रेष्ठ यतिखेर भने जनता भेट्ने अनि आफ्नो एजेण्डा प्रस्तुत गर्ने मेलोमा गाउँ गाउँ, वस्ती वस्ती केन्द्रीत छन् । भेटका क्रममा जनताबाट साथ र सहयोग प्राप्त हुने प्रतिवद्धता पाएको उनले बताए । यसपटक सिन्धुपाल्चोक क्षेत्र न १ का सचेत जनताले दलको सिन्डिकेटलाई तोडेर नयाँ अनुहार अवश्य छनौट गर्ने छन उनले भने ।

सिफारिस

प्रतिकृया दिनुहोस्