४५ दिने एड्भान्स सिलाइ कटाई तालिम सम्पन्नसीपकाे प्रयाेग गरि आत्मनिर्भर बन्न नगरप्रमुखकाे आग्रह (२०७९ जेठ ३१ ) सीप सिकौ आत्मानिर्भर बनौ भन्ने मुल उदेश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिका नगर स्तरिय महिला संजालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा ४५ दिने एड्भान्स सिलाइ कटाइ तालिम समापन भएकाे छ ।तालिम समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख सापकोटाले सीप सिकेपछी त्यसलाइ व्यबहारमा लागू गर्नुपर्नेमा जाेड दिएका थिए । उनले सीप सिकेर आत्मानिर्भर बन्ने बाटोमा लाग्न आग्रह गरेका छन् । साथै सिपकाे प्रयाेग गरि ब्यबसाय संचालन गर्दै साेकाे निरन्तरता दिदै स्वरोजगार बन्न शुभकामना प्रदान गरेका छन् ।कार्यक्रममा…
Category: जीवनशैली
चौतारा बजार अनुगमन : पेट्रोलियम पदार्थ बेच्नेमाथि कारबाहीको चेतावनी
पेट्रोलियम पदार्थको कालो बजारी गर्दै बेचबिखन गर्नेलाई कम्तिमा दुई लाख पचास हजारदेखि ३ लाखसम्मको जरिवाना गर्ने गराउने ऐनमा व्यवस्था भएको हुनाले इजाजत प्राप्त व्यवसायीले बाहेक अरुले बेचबिखन नगर्न सचेत गराउनु भयो । चौतारा, सिन्धुपाल्चोक । पेट्रोलियम पदार्थमा कालोबजारी बढेको जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले शंकास्पद ठाउँमा छापा मारेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम श्रेष्ठ, घरेलु कार्यालयका प्रमुख विश्वनाथ काफ्ले उपभोक्ता समिती र प्रहरीको संयुक्त टोलीले आज बुधबार जिल्ला सदरमुकाम चौताराको विभिन्न पसलमा अनुगमन गरेको हो । अनुगमनको क्रममा चौतारा साँगाचोकगढी वडा नम्बर ५ स्थित एक…
प्रचण्ड सरकारले खाद्यान्न सामाग्रीको भाउ घटायो
मंहगी र भ्रष्टाचारले गाँजेको मूलुकमा विस्तैरै मंहगी नियन्त्रणसँगै भ्रष्टाचारमाथि कारबाहीको तदारुकता देखाउन थालेपछि अहिले माओवादीप्रति जनताको लगाव फेरि बढ्न थालेको बताइन्छ । काठमाण्डौ । एकातिर भ्रष्टाचारीहरु भागभाग हुने गरि नक्कली भूटानी शरणार्थीको फाइल खोलेर सुशासन स्थापना गर्न प्रयत्नशील प्रचण्ड सरकारले जनतालार्इ पनि प्रत्यक्ष राहत हुने गरि मंहगी पनि नियन्त्रण गरेको छ ।मंहगीको मारमा दैनिकी धान्न नै हम्मे हम्मे परिरहेको नागरिकलाई प्रधानमन्त्री प्रचण्डको सरकारले हालै विभिन्न खाद्या समाग्रीको भाउ घटाएपछि यतिखेर जनताले राहतको महसुस मात्र गरेका छैनन्, प्रचण्ड सरकारको गुणगान पनि गाउन थालेका छन्माओवादी नेतृत्वको यो सरकारले खाने तेलको मूल्यमा मात्र…
चौरी पालक किसान भन्छन् – खोई अनुदान ?
खर्कमै जन्मनु भएकी शेर्पा विगत ४० वर्षदेखि यही पेशामा हुनुहुन्छ । खर्कमा चौंरी चराउनु, हेरचाह गुर्न, दुध र छुर्पीलाई बजार पु¥याउनु उहाँको दैनिकी नै बनेको छ । आम्दानी त यसै हो घर चलेको छ – शेर्पाले भन्नुभयो ।सामुद्री सतहबाट २ हजार पाँचसय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौंरीको लश्कर देख्न सकिन्छ । सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोत चौंरी पालन हो । चौंरीको दुध र छुर्पी बेचेरे नै यहाँका किसानहरुले गुजारा चलाउँदै आएका छन् ।वर्षको नौ महिन चौरी पालनका लागि खर्कमा नै विताउने गरेका…
जेष्ठ नागरिकहरुको सम्मानका लागि सधैं समर्पित छु – मेयर सापकोटा
जेष्ठ नागरिकहरुको सम्मानका लागि सधैं समर्पित छु – मेयर सापकोटाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले जेष्ठ नागरिकहरु समाजका अमूल्य निधि भएको बताउनु भएको छ ।जेष्ठ नागरिक जिल्ला संघ सिन्धुपाल्चोकले शनिबार चौतारामा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रमको उद्घाटन गर्दै मेयर सापकोटाले जेष्ठ नागरिकहरुको सम्मान, आत्मस्वाभिमानका लागि नगरपालिका सधैं समर्पित रहने बताउनु भयो । जेष्ठ नागरिकहरुले सामाजिक भत्ता बुझ्न बैंक धाउनु पर्ने बाध्यताको अन्य गर्न नगरपालिकाबाट पहल समेत भइ रहेको उहाँले जानकारी दिनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद सुभाष कर्माचार्यले जेष्ठ नागरिकहरु उमेरले मात्र नभई अनुभव, ज्ञान र सीपले पनि…
गोरु प्रयोगमा नै फर्कन थाले सिन्धुपाल्चोकका किसानहरु
सिन्धुपाल्चोक । आफ्ना खेतबारी जोत्नका लागि पछिल्लो समय ट्याक्टरप्रति किसानको मोह बढ्दै गइरहेको छ । तर सिन्धुपाल्चोकका किसानहरु भने ट्याक्टरको प्रयोग भन्दा पनि गोरुकै प्रयोगमा फर्केका छन् ।भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानहरुले गोरुकै प्रयोग गर्न थालेका हुन् ।गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् ।बाह्रविसे नगरपालिकाले मात्र ७ सय जना किसनालाई गोरु अनुदान दिएको जनाएको छ । गोरु अनुदानसँगै गोरुको विमासमेत को व्यवस्था गरिएको नगर प्रमख बालकृष्ण बस्नेतले जानकारी दिनु…
स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकमा चौताराकी मिना श्रेष्ठ
स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकमा चौताराकी मिना श्रेष्ठचौतारा । नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षकमा मिना श्रेष्ठ नियुक्ति हुनु भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ कि श्रेष्ठलाई बैशाख ५ गतेबाट नियुक्त गरेको हो ।नेपाल स्काउटको गतिविधिलाई जिल्लामा लामो समयदेखि सञ्चालन गर्दै आएकी श्रेष्ठले सहायक राष्ट्रिय प्रशिक्षकको तालिममा सहभागी भइ आवश्यक प्रक्रिया पूरा गरेकीले सो पदमा नियुक्ति गरेको हो ।नुवाकोटको काकनीस्थित अन्तरास्ट्रिय स्काउट केन्द्रमा सञ्चालित ७ औं सर्टिफिकेट र काठमाडौस्थित पार्क भिलेज रिसोर्टमा सञ्चालित ८ औं सर्टिफिकेट तालिममा उहाँ सहभागी हुनु भएको थियो । नेपाल स्काउट तालिम २०७२ को पद्धति अनुसार…
वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवन उद्घाटन
मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाट गर्नु भएकाे हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कार्यालय परिसरको ग्राउण्ड मर्मत तथा व्यस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अब नवलपुर —मेलम्ची सडक पिचहुने बताउँदै अन्य सडकको पनि स्तरउन्नति गरिने बताउनुभयो । उहाँले कृषि, पशुपालनमा नगरले बिसेष ध्यान दिने बताउनुभयो ।जनताको नजिकको सरकार भनेकै…
३१० जनालाई एकैपटक नियुक्ति पत्र प्रदान : शिक्षकहरु उत्साहित ।
आफूले पाएको नियुक्तिपत्र “नियुक्ति पत्र” मात्र नभई समग्र शिक्षा क्षेत्रको विकासका लागि पाएको “उत्साह पत्र” भएको उहाँहरुको भनाई छ । चौतारा । प्राथमिक तह, तृतीय श्रेणी, स्थायी शिक्षक पदमा सफल भएका शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ ।शिक्षा विकास समन्वय इकाई सिन्धुपाल्चोकले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सिन्धुपाल्चोकबाट स्थायी शिक्षकमा नाम निकाल्न सफल ३१० जना शिक्षकलाई एकैपटक नियुक्ति पत्र प्रदान गरेको हो ।गत असार १३ गते भएको शिक्षक सेवा आयोगको परीक्षामा सहभागि ३४८ जना मध्यमा ३१० जनाले उत्तीर्ण गरेको शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । जिल्लाका…
सुनकोसी गाउँपालिकाद्वारा स्वास्थ्य शिविरसँगै निशुल्क औषधी वितरण
औषधी उपलब्ध गराउदा खुसी लागेको सुनकोशी–५ का स्थानीय लालबहादुर थामी र स्वस्थनी थापा कार्कीले बताउनुभयो । खाडीचौर । सुनकोशी गाउँपालिकाले पालिकाभरका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण सुरुवात गरेको छ । सुगर, प्रेसर,दम र मानसिक रोगीहरुका लागि गाउँपालिकाले निःशुल्क औषधी वितरण गरेको हो । सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेको गाउँपालिकाले जनाएको छ । दिर्घरोगीहरुलाई उहाँहरुले सेवन गर्दे आउनु भएको औषधी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले प्रदान गरेर सुरुवात गर्नु भएको हो ।गाउँपालिकाले औषधी वितरणसँगै एक दिनको वृहत्त स्वास्थ्य शिबिरसमेत आयोजना…
