वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवन उद्घाटन

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाट गर्नु भएकाे हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कार्यालय परिसरको ग्राउण्ड मर्मत तथा व्यस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अब नवलपुर —मेलम्ची सडक पिचहुने बताउँदै अन्य सडकको पनि स्तरउन्नति गरिने बताउनुभयो । उहाँले कृषि, पशुपालनमा नगरले बिसेष ध्यान दिने बताउनुभयो ।
जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने तामाङको भनाईछ । निबर्तमान वडा अध्यक्ष भत्तबहादुर खडका तथा बर्तमान वडा अध्यक्ष अमृत खनाललाई भवन निमार्ण सम्पन्न भएकोमा उहाँर्ले बधाई तथा शुुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रमका सभापति एवम् वडा नम्बर १०का वडा अध्यक्ष अमृत खनालले चुनावका प्रतिबद्धता अनुसार आफुले काम गरिरहेको बताउँदै थप विकाश निमार्णका काम र सेवा सहज बनाउन आफु सदैव लागि पर्ने बताउनुभयो ।
उहाँले वडाको मुख्य आवश्यकता भनेकै सडक,शिक्षा र स्वास्थ्य भएकोले यस्लाइ पुरा गर्नका लागि निरन्तर लागिरहने बताउनुभयो । मेलम्ची वडा नम्बर ९का अध्यक्ष किरणदिप खड्काले नागरिक हरुलाई दिने सेवा सुविधामा नयाँ भवनले सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । खडकाले मेलम्ची १० को विकाश निमार्ण लगायत कार्यको प्रशंसा गर्नुभयो । वडा नम्बर ११का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले गाउँ गाउँमा सिंह दरबार भन्ने नारालाई सुन्दर भवनले मूर्तरुप दिएको बताउदै अब सेवामा सहजता प्रदान गर्न अनुरोध गर्नुभयो ।
निवर्तमान वडा अध्यक्ष भत्तबहादुर खडकाले सुन्दर भवन बाट सुन्दर सेवा वडा बासिले पाउने बिश्वास ब्यक्त गर्नुभयो । एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै खुशी ब्यक्त गर्नुभयो । १ करोड २६ लाख लागतमा निर्माण भएको भवनबाट अब वडाबाट दिइने सबै सेवा सहजरुपमा प्रदान गर्न सकिने निमित्त प्रमुख प्रशासकिय अधिकृत मुरारी पुडासैनीले बताउनुभयो । कार्यक्रममा जग्गादाताहरु टोमशंकर दुलाल र तारानाथ दाहाल लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नगरपालिकाका ईन्जिनियर जितबहादुर कार्की, निमार्ण व्यवसायी फडिन्द्र दाहाल, वडा सचिव अर्जुनबहादुर अधिकारी लगायततले आफ्नो धारणा व्यक्त गर्नुभयो । 

सिफारिस

प्रतिकृया दिनुहोस्