
बिदुर आचार्य
सिन्धुपाल्चोक, बिबाहको प्रलोभनमा पारि चीन पु¥याई वन्धक वनाएका तीनजना नेपाली चेलीलाई उद्धार गरि नेपाल ल्याइएका छन् ।
उद्धार गरि नेपाल ल्याइएका ३ जना मध्य एकजना सिन्धुपाल्चोकको रहेको प्रहरीले जनाएको छ ।
विविध वहानामा आफूलाई चीन पु¥याईएको भनि प्रहरी कार्यालयमा पीडितले जाहेरी दिएपछि नेपाली चेलीहरु अन्य मूलुकमा मात्र हैन चीनमा पनि बेचविखनमा पर्ने गरेकोे तथ्य सार्वजनिक भएको हो ।
पीडितको जाहेरीपछि प्रहरीले मानव बेचबिखन तथा ओसारप्रसारको अभियोग एक जना महिलालाई नियन्त्रणमा लिएको जनाएकोछ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
पछिल्ला एक महिनामा चीनको विभिन्न स्थानबाट तीन जना नेपाली चेलीहरुको उद्धार गरि नेपाल ल्याईएको गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले जनाएको छ ।
आरोपित राईलाई असार ११ गते पक्राउ गरिएको हो । उनले सामाजिक सञ्जाल मार्फत आफूसँग कुराकानी गरिएको र चिनियाँ पुरूषसँग विवाहसमेत गराइदिने भन्दै आफू चीन गएको पीडितको भनाइछ ।
समाचार स्रोतको अनुसार आरोपित राईले पीडित महिलालाई राजधानी मकाठमाडौमा चिनियाँ नागरिकसँग भेट गराइ गत फागुन १० गते भिजिट भिसामा चीन पु¥याएको थियो ।
चीन पुगेपछि भने ती पीडित महिला बन्धकमा परेकी अनुसन्धान ब्युरोले जनाएको छ । शारिरीक र मानसिक यातना मात्र नभई पटकपटक यौन शोषण गरेको अनुसन्धानबाट खुलेको छ । महिलालाई बन्धक बनाएर राखेको खुलेपछि चीनस्थित गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन र नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फर्काइएको एसपी मिश्रले जानकारि दिनुभयो ।
घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको ब्युरोले जनाएको छ ।
यस घटनाले नेपाली चेलीहरु चीनको विभिन्न स्थानमा वेचिन पुग्ने गरेको नयाँ तथ्य फेला परेको छ । पछिल्ला वर्ष मानव बेचबिखन तथा ओसारप्रसारमा चीन नयाँ गन्तब्य राष्ट्रको रुपमा देखिएको छ ।cअसार ९ (जुन २३)मा दुई जना महिलाको उद्धार गरि नेपाल आईपुगेका छन् । विवाह गरि वा घरेलु कामदारका रुपमा विभिन्न समय र वहानामा चीन पु¥याईएका नेपाली चेलीहरु आपूmहरु वेचिएको वा पीडित भएको थाहा पाएर क्रमश चिनियाँ दुतावास, गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको सम्पर्कमा आउने गरेका छन् ।
पछिल्लो समय मानव बेचबिखन र ओसारप्रसारको रुपमा परिवर्तन आएको छ । बैदेशिक रोजगारिको बहानामा कतिपय देशमा मानव ओसारप्रसार हुँदै आएको तथ्यहरु छन् । तर चीनमा हुने गरेको बेचबिखन र ओसाप्रसार भने नयाँ तथ्य हो । बिवाह, रोजगारी तथा विभिन्न वहानामा नेपाली मुलका महिलाहरु चीनको विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा पीडित भैरहेका र नियमित नेपाली दुतावास र एनआरएन चीनको सम्पर्कमा आएका एनआरएन चीनका महासचिव प्रदिप नेपालले जानकारि दिनुभयो । सीप, भाषा, संकृति कुनैपनि विषयमा विना जानकारी प्रलोभनमा परेर चीन आई समस्यामा परेका महिलाहरुलाई दुतावास र संघको सहयोगमा उद्धार गरि नेपाल फिर्ता पठाउन सफल भएको उहाँले जाकारि दिनुभयो । ‘विभिन्न प्रलोभनमा परि चीन पुगि समस्या झेलीरहेका नेपाली महिलाहरुलाई नेपाल फर्काईएको छ’–संघका अध्यक्ष निर्मल चौलागाई बताउनुहुन्छ । दलालको प्रलोभनमा नपर्न आम नेपाली महिलाहरुलाई संघले अनुरोध समेत गरेको छ ।