गोरु प्रयोगमा नै फर्कन थाले सिन्धुपाल्चोकका किसानहरु


सिन्धुपाल्चोक । आफ्ना खेतबारी जोत्नका लागि पछिल्लो समय ट्याक्टरप्रति किसानको मोह बढ्दै गइरहेको छ । तर सिन्धुपाल्चोकका किसानहरु भने ट्याक्टरको प्रयोग भन्दा पनि गोरुकै प्रयोगमा फर्केका छन् ।
भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानहरुले गोरुकै प्रयोग गर्न थालेका हुन् ।
गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् ।
बाह्रविसे नगरपालिकाले मात्र ७ सय जना किसनालाई गोरु अनुदान दिएको जनाएको छ । गोरु अनुदानसँगै गोरुको विमासमेत को व्यवस्था गरिएको नगर प्रमख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । उहाँले एउटा किसान बराबर १० हजार रुपैयाँको दरले ७ लाख रुपौयाँ अनुदानस्वरुप दिइसकेको बताउनुभयो ।
भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्याक्टर लान र लैजना गाह्रो हुने मात्र हैन खेतबारी गगहिरोसंग ट्याक्टरले नखन्ने र मर्मत गरिरहुन पर्ने, तेल प्रयोगका कारण महङ्गो हुने जस्ता समस्याका कारण आफूहरुले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउनु हुन्छ । केही समय ट्याक्टरको प्रयोग गरेको र ट्याक्टर विग्रन थालेपछि खेतबारीमा जोत्नमा नै समस्या आएको उहाँको भनाइ छ ।
राम्चेका किसान अटलबहादुर तामाङले भने ट्याक्टरको प्रयोग गर्दा उव्जनी नै कम भएको अनुभव सुनाउनु हुन्छ । गोरुले जोते जस्तै ट्याक्टरले राम्रो नजोत्ने हुँदा उव्जनी नै कम भएको उहाँको अनुभव छ । ट्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारीक मलको पनि अभाव हुने भएकोले फेरि गोरुको प्रयोग गर्न थालेको उहाँ बताउनु हुन्छ ।
पहाडी जिल्ला सिन्धुपाल्चोकमा खेतबारीमा ट्याक्टर ढुवानी गर्न समस्या त छँदै छ । त्यसमाथि विग्रिरहने र उव्जनी पनि कम हुने भएपछि ट्याक्टर प्रयोग गरिरहेका किसानहरु पनि पुन गोरु प्रयोगमा फर्कने क्रम बढ्दो छ
स्थानीय तहले पनि गोरु प्रयोग गर्ने किसानहरुलाई प्रोत्सहित गर्न अनुदानमा गोरुसँगै गोरु र हली दुबैको विमा गरिदिएपछि किसानहरु भने उत्साहित भएका छन् ।
गोरु अनुदानको कार्यक्रमबाट खेतबारी बाजो राख्ने प्रचलनमा दुरुत्साहित हुने स्थानीय तहले विश्वास लिएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्