चौरी पालक किसान भन्छन् – खोई अनुदान ?

खर्कमै जन्मनु भएकी शेर्पा विगत ४० वर्षदेखि यही पेशामा हुनुहुन्छ । खर्कमा चौंरी चराउनु, हेरचाह गुर्न, दुध र छुर्पीलाई बजार पु¥याउनु उहाँको दैनिकी नै बनेको छ । आम्दानी त यसै हो घर चलेको छ – शेर्पाले भन्नुभयो ।
सामुद्री सतहबाट २ हजार पाँचसय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौंरीको लश्कर देख्न सकिन्छ ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोत चौंरी पालन हो । चौंरीको दुध र छुर्पी बेचेरे नै यहाँका किसानहरुले गुजारा चलाउँदै आएका छन् ।
वर्षको नौ महिन चौरी पालनका लागि खर्कमा नै विताउने गरेका यहाँका किसानहरुले सरकारले चौंरी पालक किसनाहरुका लागि कुनैं कार्यक्रम नल्याएको बताउछन् ।
सरकारले चौंरी पालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरु व्यवसायिक चौंरी पालन गर्न तयार रहेको जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा बताउनुहुन्छ । अहिले त निर्वाहका लागि मात्र हामीले चौंरी पालन गरेका छौं शेर्पाले भन्नुभयो सरकारको साथ पाउने हो भने हामी व्यवसायिकरुपमा ने चौंरी पालन गर्न तयार छौं । शेर्पा एक्लैले मात्र ४२ वटा चौंरी पालन गर्दै आइरहनु भएको छ ।
खासगरि जिल्लाका जगुल, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको हिमाली भेगका किसानहरु चौंरी पालन गर्दै आइरहेका छन् । पुख्र्यौली पेशा चौंरी पालन गर्दै आइरहेका यहाँका किसानहरुले जिविकोपार्जनका लागि अन्य स्रोत नभएपछि आम्दानी कम हुने भएता पनि चौंरी पालन गर्न वाध्य छन् । सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरुलाई अहिलेसम्म कुनै अनुदान नमिलेको जुगल गाउँपालिका दिपुका किसान म्ङिमालमू शेर्पा बताउनुहुनछ ।
खर्कमै जन्मनु भएकी शेर्पा विगत ४० वर्षदेखि यही पेशामा हुनुहुन्छ । खर्कमा चौंरी चराउनु, हेरचाह गुर्न, दुध र छुर्पीलाई बजार पु¥याउनु उहाँको दैनिकी नै बनेको छ । आम्दानी त यसै हो घर चलेको छ – शेर्पाले भन्नुभयो ।
सामुद्री सतहबाट २ हजार पाँचसय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौंरीको लश्कर देख्न सकिन्छ । यहाँका किसानहरु त्यही निमिल्हा हुँदै दोङजाङमा, चासीखर्क, ने–पेमाछाल हुँदै सामुद्री सतहबाट ३ हजार ८ सय मिटर उचाईमा अवस्थित जुगल हिमश्रृंखलाको वेशक्याम्प पुम्बासेर्पुसम्म चौंरी गोठ सार्दै पुग्ने गर्छन् । कहिलेकाही गोठमा चौंरी मात्र हैन मान्छे पनि विरामी हुने गर्छ । त्यो समय यहाँ चौंरी र मान्छे दुबैको उपचार स्थानीय जडिवुटीबाट नै हुने गर्छ ।
हामीलाई दुःख छ सर किसान म्हिमालमू शेर्पा भन्नु हुन्छ खै सरकारले कृषि क्षेत्रमा काम गर्नेहरुलाई अनुदान दिन्छ रे, हामीलाई चैं किन नदिएको होला शेर्पा प्रश्न गर्नुहुन्छ ।
जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने आफूले चौरी पालक किसानहरुलाई अनुदान लागि संघ र प्रदेश सरकारसँग पहल गरेको बताउनुभयो । उहाँले पालिकाबाट पनि याक खरिदका लागि १० लाख रुपैयाँ विनियोज गर्नु भएको जानकारी दिनभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्