वाशिङ मेसिन मर्मत र गलैंचा बुनाई तालिम सुरु

वाशिङ मेसिन मर्मत र गलैंचा बुनाई तालिम सुरु चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा गलैंचा बुनाई, वाशिङ मेशिन तथा फ्रिज मर्मत तालिम सुरु भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सिन्धुपाल्चोकको आयोजनामा गलैचा बुनाई सम्बन्धी ३० दिने र वासिङ मेसिन तथा फ्रिज मर्मत सम्बन्धी १० दिने तालिम सोमबारबाट चौतारामा सुरु भएको हो। तालिमको उद्घाटन गर्दै चौतारा सांगाचोकगढी नगरपालिकाकी उपमेयर सिता थापाले आफूले लिएको सीपको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठले आवश्यकताको आधारमा आगामी दिनहरूमा तालिमहरू सञ्चालन गरिने…

गलैंचा र राडीपाखी बुनेर पाँचपोखरीका महिलाहरु आत्मनिर्भर बन्दै

गलैंचा र राडीपाखी बुनेर पाँचपोखरीका महिलाहरु आत्मनिर्भर बन्दै

सम्झना कार्की यद्यपि केही महिलाहरु  अशिक्षित छन् । तर उनीहरुको हातमा भने सीप छ । यही सीपले उनीहरुको जीवनयापन सहज भएको छ । वैशाख ५, सिन्धुपाल्चोक । खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने महिलाहरू आय आर्जनमा पनि जोडिन थालेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका महिलाहरु आयआर्जन मार्फत आत्मनिर्भर बन्न लागेका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ का झन्डै २० घरपरिवारका महिलाहरु अचेल राडिपाखी ,गलैचा बुन्दै गुजारा चलाउदै आएका छन् । राडीपाखी बुनेरै दुई चार पैसा हातमा पर्न थालेपछि वडा नम्बर ७ कि बुद्धिमाया गुरुङ दंग छिन्…

चौतारा भिक्षाटन कार्यक्रम हुने

चौतारा भिक्षाटन कार्यक्रम हुने

चौतारा भिक्षाटन कार्यक्रम हुने चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा भिक्षाटन कार्यक्रम हुने भएको छ । परम्परागत मौलिक संस्कृति र संस्कारलाई प्रवर्द्धन गरि नयाँ पुस्तालाई परिचित गराउने उदेश्यका साथ सदरमुकाम चौतारामा पहिलोपटक भिक्षाटन कार्यक्रम हुन लागेको हो । बैसाख ५ गते बुधबार बिहान ८.३० बजेबाट सुरु हुने भिक्षाटन कार्यक्रम भक्तपुर मुनिबिहारको आयोजना तथा चौताराका स्थानीय संघ, संस्था सम्पदा संरक्षण गुठी, सिन्धु नेवा: खल, म्हसिका पुच: र भिन्तुना नेवा: आमा समूहको समन्वय रहेको सम्पदा संरक्षण गूठीका अध्यक्ष रबिन्द्र श्रेष्ठले जानकारी दिए । सो दिन आफ्ना आँगनमा आउने भिक्षुलाई भिक्षादान गरि पुण्यलाभ आर्जन…

अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिला

अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिलाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिका उद्योग शाखाको आयोजना एवं सम्पदा गुठी चौताराको व्यवस्थापनमा २३ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको छ।व्यावसायिक रुपमा अचार उत्पादन गर्ने र बजारीकरण गर्दै महिलाहरूलाई आय आर्जनमा जोड्ने उद्देश्यका साथ चौताराको पुरानो बजारमा यो तालिमको आयोजना भएको हो। चैत्र १५ गतेबाट सुरु भएको तालिम २१ गते समापन भएको सम्पदा गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताउनुभयो। तालिमको बुधबार विधिवत रूपमा समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले प्राप्त तालिमलाई व्यावसायिक रुपमा क कार्यान्वयन गर्न अनुरोध गरे। घरेलु तथा…

छगाम आनीको ध्यानी जिन्दगानी 

आनीको ध्यानी जिन्दगानी  मानिसले एकाध घण्टा योग वा ध्यान गर्छन्।  दैनिक केही घण्टा योग र ध्यान गर्दा विचार र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। सायद, तपाईंले पनि दैनिक केही समय यस्तो कार्य गरेको हुनुपर्छ। तर, दैनिक लामो समयसम्म ध्यानमा बसेर जीवन बिताउनु कठिन कुरा हो। जीवनभर विवाह नै नगरी दैनिक १२ घण्टाभन्दा बढी ध्यान र अध्ययनमा बिताएको जिन्दगानीबारे  पंक्तिकारले तयार पारेको आलेख पढ्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। विषयवस्तु सत्य हो। वरिपरि आधा हिउँले खाएको आधा हरियाली रुखले ढाकेको चट्टाने डाँडा। बस्तीमाथि घनघोर जंगल। ओरालो परेको केही समथर जमिनबीच ठडिएको गुम्बैगुम्बाको गाउँ। नेपाल…

योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

चौतारा । गत पुष ३ गतेबाट सुरु भएको योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारामा सञ्चालित ३६ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमबीच नगरपालिकाकी उपमेयर सीता थापाले समापन गर्नु भएको हो । सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकास देखिने विकास भएको भन्दै योग, ध्यान र प्रणायम नदेखिने विकास भएको बताउनुभयो । देखिने विकासले भन्दा नदेखिने यस्ता प्रकृतिका विकासले मान्छेलाई अधिकतम खुशी र शान्ति प्राप्त हुने उहाँको तर्क थियो । धन एश्वर्यले मात्र मान्छेलाई खुशी र सन्तुष्ट पार्न सक्दैन उहाँले भन्नुभयो त्यसैले…

नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  मङ्गलवार साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै घरबाट मङ्गलवार साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड…

भान्सालाई औषधालयको रुपमा लिन सचेतनात्मक कार्यक्रम

भान्सालाई औषधालयको रुपमा लिन सचेतनात्मक कार्यक्रम

भान्सा र खाना एक अर्कामा परिपुरक हुन् । त्यस्तै नै अटुट र गहिरो सम्वन्ध रहेको हुन्छ मान्छेको जीवनसँग भान्सा र खाना । यदि हामीले हाम्रो भान्सालाई औषधालय र खानालाई औषधीको रुपमा बुझ्न सकियौ भने, त्यही अनुरुप व्यवहारमा उतार्न सकियौ भने हाम्रा शरीरमा लाग्ने असंख्य रोगहरुबाट हामी मुक्त हुन सक्छौं । यही ज्ञानलाई साझा गर्दै भान्सालाई औषधालय र खानालाई औषधीको रुपमा लिनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले आज आमाहरुलाई सचेतनात्मक कार्यक्रमको आयोजना गरेको हो । चौतारा । भान्सालाई औषधालय र खानलाई औषधीको रुप दिनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले…

आयुर्वेद स्वास्थ्य केन्द्रमा सुरु भयो मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम । मेयर सापकोद्वारा उद्घाटन

आयुर्वेद स्वास्थ्य केन्द्रमा सुरु भयो मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम । मेयर सापकोद्वारा उद्घाटन

चौतारा । जिल्ला सदरमुकामस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्यमन्त्री जनता जनता स्वास्थ्य कार्यक्रम सञ्चालन भएको छ। मङ्गलबारबाट सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफ्नो स्वास्थ्य परीक्षण गर्दै उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रकी प्रमुख एवं डाक्टर अन्जु कार्कीले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुने बताउनुभयो । मुटु तथा रक्तनली, दम मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर घटाउने उद्देश्यले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । नसर्ने रोगहरुको समयमा नै पहिचान गरी उचित…

जाजरकोट भूकम्प : पाँचपोखरी थाङपालले विकट गाउँमा नै गएर दियो राहत सामाग्री

जाजरकोट भूकम्प ः पाँचपोखरी थाङपालले विकट गाउँमा नै गएर दियो राहत सामाग्री चौतारा । जाजरकोट भूकम्पबाट पीडितहरुलाई सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले राहत वितरण गरिएको छ । उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा गएको टोलिले भूकम्पबाट प्रभावित विकट गाउँ नै पुगेर स्थानीयहरुलाई राहत सामाग्री वितरण गरिएको हो । जाजरकोटा जिल्ला, छेडगाड नगरपालिका वडा न ८ रुवामा पुगेर १९० थान फाइबर सिरक, १८५ थान डसना, १८५ थान स्यानिटर प्याडसहितको किटबक्स लगायतको सामाग्री सम्वन्धित पीडितलाई नै प्रत्यक्ष भेटेर वितरण गरिएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नरायण भट्टराइले जानकारी दिनुभयो । झण्डै चार दिन लगाएर उपाध्यक्ष अधिकारीसहित वडा न १, ५ का वडा अध्यक्ष क्रमश ः आलोककुमार स्याङ्बो, काले गोले वडा न ६ अध्यक्ष भट्टराई, कृषि शाखा प्रमुख निमबहादुर गिरी, मोहनबहादुर भट्टराई, उद्धव धिताल लगायतको टोलि सो विकट गाउँमा पुगेका थिए ।

जाजरकोट भूकम्प : पाँचपोखरी थाङपालले विकट गाउँमा नै गएर दियो राहत सामाग्रीचौतारा । जाजरकोट भूकम्पबाट पीडितहरुलाई सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले राहत वितरण गरिएको छ । उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा गएको टोलिले भूकम्पबाट प्रभावित विकट गाउँ नै पुगेर स्थानीयहरुलाई राहत सामाग्री वितरण गरिएको हो । जाजरकोटा जिल्ला, छेडगाड नगरपालिका वडा न ८ रुवामा पुगेर १९० थान फाइबर सिरक, १८५ थान डसना, १८५ थान स्यानिटर प्याडसहितको किटबक्स लगायतको सामाग्री सम्वन्धित पीडितलाई नै प्रत्यक्ष भेटेर वितरण गरिएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नरायण भट्टराइले जानकारी दिनुभयो । झण्डै चार…