स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकमा चौताराकी मिना श्रेष्ठ
चौतारा । नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षकमा मिना श्रेष्ठ नियुक्ति हुनु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ कि श्रेष्ठलाई बैशाख ५ गतेबाट नियुक्त गरेको हो ।
नेपाल स्काउटको गतिविधिलाई जिल्लामा लामो समयदेखि सञ्चालन गर्दै आएकी श्रेष्ठले सहायक राष्ट्रिय प्रशिक्षकको तालिममा सहभागी भइ आवश्यक प्रक्रिया पूरा गरेकीले सो पदमा नियुक्ति गरेको हो ।
नुवाकोटको काकनीस्थित अन्तरास्ट्रिय स्काउट केन्द्रमा सञ्चालित ७ औं सर्टिफिकेट र काठमाडौस्थित पार्क भिलेज रिसोर्टमा सञ्चालित ८ औं सर्टिफिकेट तालिममा उहाँ सहभागी हुनु भएको थियो । नेपाल स्काउट तालिम २०७२ को पद्धति अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेपछि स्काउटर श्रेष्ठसहित विभिन्न जिल्लाबाट सहभागी ११ जनालाई सहायक राष्ट्रिय प्रशिक्षक नियुक्ति प्रदान गरिएको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जनाएको छ ।
स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकमा चौताराकी मिना श्रेष्ठ
