३१० जनालाई एकैपटक नियुक्ति पत्र प्रदान : शिक्षकहरु उत्साहित ।

आफूले पाएको नियुक्तिपत्र “नियुक्ति पत्र” मात्र नभई समग्र शिक्षा क्षेत्रको विकासका लागि पाएको “उत्साह पत्र” भएको उहाँहरुको भनाई छ । चौतारा । प्राथमिक तह, तृतीय श्रेणी, स्थायी शिक्षक पदमा सफल भएका शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ ।शिक्षा विकास समन्वय इकाई सिन्धुपाल्चोकले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सिन्धुपाल्चोकबाट स्थायी शिक्षकमा नाम निकाल्न सफल ३१० जना शिक्षकलाई एकैपटक नियुक्ति पत्र प्रदान गरेको हो ।गत असार १३ गते भएको शिक्षक सेवा आयोगको परीक्षामा सहभागि ३४८ जना मध्यमा ३१० जनाले उत्तीर्ण गरेको शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । जिल्लाका…

सुनकोसी गाउँपालिकाद्वारा स्वास्थ्य शिविरसँगै निशुल्क औषधी वितरण

औषधी उपलब्ध गराउदा खुसी लागेको सुनकोशी–५ का स्थानीय लालबहादुर थामी र स्वस्थनी थापा कार्कीले बताउनुभयो । खाडीचौर । सुनकोशी गाउँपालिकाले पालिकाभरका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण सुरुवात गरेको छ । सुगर, प्रेसर,दम र मानसिक रोगीहरुका लागि गाउँपालिकाले निःशुल्क औषधी वितरण गरेको हो । सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेको गाउँपालिकाले जनाएको छ । दिर्घरोगीहरुलाई उहाँहरुले सेवन गर्दे आउनु भएको औषधी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले प्रदान गरेर सुरुवात गर्नु भएको हो ।गाउँपालिकाले औषधी वितरणसँगै एक दिनको वृहत्त स्वास्थ्य शिबिरसमेत आयोजना…

घरघरमा धारा बनेपछि हुन्द्रुङबासी खुसी

खानेपानी आयोजनामा २१ घरधुरीका ४७ महिला र ६८ पुरुष गरि १ सय १५ जना र वालकल्याण आधारभूत विद्यालयका ३९ बिद्यार्थी र ५ जना शिक्षकहरु लावान्वित भएका छन् । चौतारा (१५ चैत्र २०७९) चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयले गाग्री बोकेर पधेरा धाउन नपर्ने भएको छ । उनिहरुले सदैव खानेपानीको लागि बस्ती नजिकैको छाँगाखोला धाउने गरेका थिए । अहिले घरघरमा धारा निर्माण भएपछि  टाढासम्म जानुपर्नेे दिन अन्त्य भएकोमा उनिहरु खुसी भएका छन् । ६५ बर्षिया बुद्धिमाया घले भन्छिन् “काँधमा बच्चा र आङमा पानीको गाग्रा बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको…

स्याउलेमा “एक घर एक धारा ” योजना पुरा ।

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेमा एक ”“घर एक, एक घारा” योजना सम्पन्न भएको छ ।१६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान भएपछि स्याउलेमा सञ्चालित एक घर एक धारा योजना सम्पन्न भएको हो । स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहँुच पुगेपछि आज चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच एक घर एक धाराको उद््घाटन तथा समुदायलाई हस्तान्तरण गर्नुभयो ।सो अवसरमा नगरबासीलाई स्वच्छ खानेपानीको पहँुचमा पु¥याउन आफूले गरेको संकल्पको सुरुवात स्याउलेबाट सुुरु भएको मेयर सापकोटाले बताउनु भयो ।आगामी पाँच वर्षभित्र सबै नगरबासीहरुलाई खानेपानीको पहुँचमा पु¥याउने आफ्नो संकल्प रहेका बताउँदै…

चौतारामा आयोजित आँखा शिविरमा १६० जना लावान्वित

चौताराबासीको घरघरमा नै पुगेर करिव ३०० जना वडाबासीको आँखा, ब्लड प्रेसर, सुगर लगयत जाँच गरि उपचारसँगै उचित परामर्श सेवा प्रदान गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो चौतारामा आयोजित आँखा शिविरमा १ सय ६० जना लावान्वित भएका छन । सोमबार चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको शिविरमा वडावासीहरुको आँखा जाँच गर्नका साथै निशुल्क औषधि पनि वितरण गरेको वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनु भयो । बिपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँ चिकित्सक टोलिको समन्वयमा आँखा शिविर सञ्चालन भएको हो । शिविरमामा १० जना चिकित्सकले सेवा प्रदान गरेका…

ट्राउटबाट हैबुङका तुलबहादुरको तरकी नै तरकी

काठमाडौँ, २० फागुन । प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी संकलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म । दुई दशक अगाडि ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थालेका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब २० करोड पुर्‍याएका छन् । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ…

आयुर्वेद स्वास्थ्य केन्द्रले भोलि बुधबारबाट योग शिविर सञ्चालन गर्ने

केन्द्रबाट २३ थरी औषधी निशुल्क वितरण हुँदै आएको जानकारी दिंदै डा कार्कीले चौतारा महाकाली वनस्थित आयुर्वेद स्वास्थ्य केन्द्रबाट विभिन्न सेवाहरु प्रवाहित हुनका साथै अकुपञ्चर सेवा पनि सुरु भइसकेको जानकारी दिनु भयो । चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेदिक उपचार पद्धति प्रभावकारी हुँदाहुँदै पनि ओझलमा परेको बताउनु भएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराद्वारा आयोजित आयुर्वेद सेवाको प्रर्वद्धन सम्वन्धी पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले तालुकदार संघसंस्था, सरकारी निकाय र स्वयम सेवाग्राहीहरुको आयुर्वेद उपचार पद्धति र औषधीप्रतिको उदासिनताका कारण आयुर्वेदिक उपचार पद्धति ओझलमा परेको बताउँनु भएको…

टुङ्ना बजाएर जीवनको धुन खोज्ने एउटा प्रतिभाको भर्चुअल अवतरण

टुङ्ना बजाएर जीवनको धुन खोज्ने एउटा प्रतिभाको भर्चुअल अवतरण  सुरेश भुसाल/शिव मुखिया २ मंसिर, काठमाडौं । सुन्धाराको तामसिक कोलाहाल छिचोल्दै एउटा सात्विक धुन गुञ्जियो, तामाङ सेलोमा- ‘सालघारीबाट मालगाडी आयो, घुम्तीमा लेट भयो तिमी छौ कहाँको, हामी छौं कहाँको काठमाडौंमा भेट भयो धानकै बाला झुलाउँला, मायालाई भुलाउँला …..’ टुङ्नाको निख्खर रैथाने धुन पछ्याउँदै जाँदा भेटिए, वीरबहादुर विश्वकर्मा । रुम नम्बर ३०२ साँघुरो कोठा । दुई सिंगल बेड । अट्याच बाथरुम । रित्तिइसकेको दूध चियाको जुठो कप । कंक्रिटको चिसो । सेतो सट, कालो इस्टकोट र कालै पाइन्टमा कुनै स्कुले पोशाकजस्तो पहिरिएर…

सववहान प्रयोग गरे ३ हजार पाईने

चौतारा साँगाचोकगढी वडा न १२ को निर्णय ः लाश सदगतको क्रममा सववहान प्रयोग गरे मृतकको परिवारलाई ३ हजार उपलव्ध गराइने । चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ ले मृतकको लाश सदगत गर्ने क्रममा सववहानको प्रयोग गरेमा मृतकको परिवारलाई रु ३ हजार उपलव्ध गराउने भएको छ ।वडाको हालै बसेको बैठकले सो वडाभित्रका कसैको मृत्यु भएमा लाश सदगतका लागि सववहान प्रयोग गरेमा वडाबाट रु ३ हजार मृतक परिवारलाई दिने निर्णय गरेको हो । वडा अध्यक्ष दीपेन्द्र नेपालका अनुसार वडा कार्यालयमा मृत्यु दर्ता गर्न आउने क्रममा सववहान प्रयोग गरेको वील उपलव्ध…

मान्द्रा बुनेर आम्दानी गर्दै

मान्द्रा बुनेर आम्दानी गर्दैजीवन श्रेष्ठ, सिन्धुपाल्चोक । उमेरले ७० कटेका फुर्बा ग्याल्बो शेर्पा हिजोआज मान्द्रा बुन्नमा नै व्यस्त हुनुहुन्छ । जिल्लाकै विकट मानिने सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा न १ लामिडाँडाका शेर्पा विगत एक महिनादेखि मान्द्रा बुन्न व्यस्त रहनु भएको छ । घरमा नै आएर किसानहरुले मान्द्रा किन्न थालेपछि उहाँको व्यस्तता चुलिएको हो । मान्द्रा विक्री गरेर उहाँले घर खर्च मात्र टार्दै आउनु भएको छैन् , आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको समेत जोहो गर्दै आउनु भएको छ ।आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाई नै आफ्नो आम्दानीको स्रोत भएको…