प्रचण्ड सरकारले खाद्यान्न सामाग्रीको भाउ घटायो

मंहगी र भ्रष्टाचारले गाँजेको मूलुकमा विस्तैरै मंहगी नियन्त्रणसँगै भ्रष्टाचारमाथि कारबाहीको तदारुकता देखाउन थालेपछि अहिले माओवादीप्रति जनताको लगाव फेरि बढ्न थालेको बताइन्छ ।


काठमाण्डौ । एकातिर भ्रष्टाचारीहरु भागभाग हुने गरि नक्कली भूटानी शरणार्थीको फाइल खोलेर सुशासन स्थापना गर्न प्रयत्नशील प्रचण्ड सरकारले जनतालार्इ पनि प्रत्यक्ष राहत हुने गरि मंहगी पनि नियन्त्रण गरेको छ ।
मंहगीको मारमा दैनिकी धान्न नै हम्मे हम्मे परिरहेको नागरिकलाई प्रधानमन्त्री प्रचण्डको सरकारले हालै विभिन्न खाद्या समाग्रीको भाउ घटाएपछि यतिखेर जनताले राहतको महसुस मात्र गरेका छैनन्, प्रचण्ड सरकारको गुणगान पनि गाउन थालेका छन्
माओवादी नेतृत्वको यो सरकारले खाने तेलको मूल्यमा मात्र ७० रुपैयाँ भाउ घटाएको छ । गत फागुनसम्म १ लिटर सूर्यमुखी तेलको २५० रुपैयाँमा खरिद गर्न वाध्य नागरिकले अहिले १८० रुपैयाँमा सहजै उपलव्ध हुने भएको छ ।
दाल, चामल, डाल्डा घीउ, भटमास तेल, मैदा, सुजी पिठो लगायतको खाद्या सामाग्रीको भाउ पनि घटाएको छ ।
मंहगी र भ्रष्टाचारले गाँजेको मूलुकमा विस्तैरै मंहगी नियन्त्रणसँगै भ्रष्टाचारमाथि कारबाहीको तदारुकता देखाउन थालेपछि अहिले माओवादीप्रति जनताको लगाव फेरि बढ्न थालेको बताइन्छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्