चौतारा । जिल्ला सदरमुकामस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्यमन्त्री जनता जनता स्वास्थ्य कार्यक्रम सञ्चालन भएको छ। मङ्गलबारबाट सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफ्नो स्वास्थ्य परीक्षण गर्दै उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रकी प्रमुख एवं डाक्टर अन्जु कार्कीले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुने बताउनुभयो । मुटु तथा रक्तनली, दम मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर घटाउने उद्देश्यले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । नसर्ने रोगहरुको समयमा नै पहिचान गरी उचित…
Category: समाचार
आयुर्वेद स्वास्थ्य केन्द्र चौतारामा भोलिबाट मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन हुने चौतारा
चौतारा । जिल्ला सदरमुकाम स्थित आयुर्वेद स्वास्थ्य केन्द्र चौतारामा भोलिबाट मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ । नसर्ने रोग खास गरी मुटु तथा रक्तनली, दम,मधुमेह क्यान्सर र सोबाट हुने मृत्युदर हटाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो। भोलि मंगलबारदेखि सुरु हुने यो कार्यक्रम हरेक मंगलबार बिहान ८ बजेदेखि स्वास्थ्य केन्द्रमा यो कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गर्नुहुने केन्द्रकी प्रमुख एवम् डाक्टर अन्जु कार्कीले जानकारी दिनुभयो । बागमती प्रदेशमा स्वस्थ व्यक्तिमा नसर्ने रोगहरू र तिनका जोखिमहरू समयमा नै पहिचान गरी उचित परामर्श,…
हिउँभित्रको हुम्ला (फोटो फिचर)
सिमिकोट । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । आइतबार राती सम्म सफा रहेको मौसममा हावाहुरी सुरु भए सँगै सोमबार बिहानबाट हिमपात सुरु भएको हो । जिल्लामा बिहानबाट हिमपात सुरु भएसँगै किसान खुसी भएका छन् । हुम्लावासीहरूले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपात सुरु हुनु अगावै हुम्लावासीहरू चिसो छल्न बेसी झरिसकेका छन् भने नाम्खाको लिमिवासि सहरी क्षेत्र झरिसकेका छन् । जिल्लाको हिल्सा नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी नाकामै रहेका छन् । हिमपातले सदरमुकाम सिमिकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन्…
दुम्सी मार्न खोज्दा आफै विते डम्बरबहादुर
पाल्पा । भरुवा बन्दुकको छर्रा लागेर निस्दी गाउँपालिका–४, मित्याल गाङसिङ्डाँडा बस्ने ४८ वर्षीय डम्मरबहादुर सारुको निधन भएको छ । प्रहरीका अनुसार आफैंले बोकेको भरुवा बन्दुकको छर्रा लागेर सारुको मृत्यु भएको हो । गएराति भरुवा बन्दुक बोकेर फापर बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लड्दा बन्दुक पड्केको र त्यसपछि पड्केको छर्राका कारण उनी गम्भीर घाइते भएका हुन् । तत्काल उपचारार्थ रामपुर अस्पताल पुर्याइएकोमा सारुको आज बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, रामपुरबाट खटिएको टोलीले घटनास्थलबाट एकनाले भरुवा बन्दुक र झोला फेला पारेको छ । बिसौनीbisouni.com
जाजरकोट भूकम्प : पाँचपोखरी थाङपालले विकट गाउँमा नै गएर दियो राहत सामाग्री
जाजरकोट भूकम्प : पाँचपोखरी थाङपालले विकट गाउँमा नै गएर दियो राहत सामाग्रीचौतारा । जाजरकोट भूकम्पबाट पीडितहरुलाई सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले राहत वितरण गरिएको छ । उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा गएको टोलिले भूकम्पबाट प्रभावित विकट गाउँ नै पुगेर स्थानीयहरुलाई राहत सामाग्री वितरण गरिएको हो । जाजरकोटा जिल्ला, छेडगाड नगरपालिका वडा न ८ रुवामा पुगेर १९० थान फाइबर सिरक, १८५ थान डसना, १८५ थान स्यानिटर प्याडसहितको किटबक्स लगायतको सामाग्री सम्वन्धित पीडितलाई नै प्रत्यक्ष भेटेर वितरण गरिएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नरायण भट्टराइले जानकारी दिनुभयो । झण्डै चार…
बगरमा भेटियो मानव खप्पर
चितवनको खैरहनीमा मानिसको खप्पर र हड्डी फेला परेको छ । नवकंकाली टोल कयरखोलाको बगरमा टाउकोको खप्पर र शरीरका विभिन्न भागको हड्डी फेला परेको बताइन्छ । स्थानीय महिलाले घाँस काट्न जाने क्रममा खप्पर देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीेले मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान थालेको जानकारी दिएको छ । बिसौनीbisouni.com
चौतारा छापमा एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण
चौतारा । चौतारा साँगाचोकगढी वडा न ५ छापका स्थानीयका लागि न्यानो सामाग्री वितरण गरिएको छ । छापका एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण गरिएको हो । समाजसेवी मनोज श्रेष्ठको विशेष समन्वयमा विदेशी नागरिकहरुले आपाङ्गता, एकल महिला र जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर ब्ल्याङकेट वितरण गरेको स्थानीय कल्पना श्रेष्ठले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठको अध्यक्षतामा ब्ल्याङकेट वितरण कार्यक्रम भएको थियो । कम्बल पाएपछि स्थानीय जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरु खुशी भएका छन् । बिसौनीbisouni.com
चौतारा साँगाचोकगढीले प्रभातफेरी गर्दै मनाइयो मानव अधिकार दिवस
मोनिका बिक / चौतारा ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको छ चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आज बिहान भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभात फेरि कार्यक्रम भएको हो। संक्षिप्त कोण सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानव अधिकारका लागि सरकारले जति संवेदनशील, गम्भीर हुँदै जिम्मेवारपूर्ण दायित्व निर्वाह गर्छ त्यतिकै जिम्मेवारपूर्ण दायित्व नागरिकले पनि निर्वाह गर्नुपर्ने तर्फ औल्याउनु भयो । नागरिकले पनि आफ्नो अधिकार प्रयोग गरिरहँदा अरुको अधिकार हनन नहुने गरी आफ्नो कर्तव्य निर्वाह मात्र गरेमा पनि मानव अधिकार हननका घटनाहरु न्यूनीकरण हुने…
सिन्धुपाल्चोकका ५ स्थानीय तहले भूकम्प प्रभावितलाई ४३ लाख सहयोग गर्ने
सिन्धुपाल्चोक । जाजरकोट भूकम्पबाट प्रभावितहरुका लागि सिन्धुपाल्चोकका ५ वटा स्थानिय तहले सहयोग उपलब्ध गराउने भएको छ ।बाह्रबीसे नगरपालिका, बलेफी, भोटेकोसी, त्रिपुरा सुन्दरी र जुगल गाउँपालिकाले भूकम्प प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेका हुन । बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , बलेफी गाउँपालिकाले ५ लाख,भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया , त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख र जुगल गाउँपालिकाले ३ लाख रुपैया गरि जम्मा ४३ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बताइएको छ । दुखको घडीमा एकले अर्कोलाई सहयोग गर्नु नै मानवीय धर्म र कर्म भएको हुँदा आफूहरुले सहयोग गर्ने निर्णय गरेको बलेफी…
काँग्रेसद्वारा तिहार अघिका सबै कार्यक्रम स्थगित
नेपाली काँग्रेसले तिहार अघिका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । मध्यरातमा जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्प प्रभावित क्षेत्रमा गर्नुपर्ने उद्धारलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएपनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी दिएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा…
