पाल्पा । भरुवा बन्दुकको छर्रा लागेर निस्दी गाउँपालिका–४, मित्याल गाङसिङ्डाँडा बस्ने ४८ वर्षीय डम्मरबहादुर सारुको निधन भएको छ ।
प्रहरीका अनुसार आफैंले बोकेको भरुवा बन्दुकको छर्रा लागेर सारुको मृत्यु भएको हो । गएराति भरुवा बन्दुक बोकेर फापर बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लड्दा बन्दुक पड्केको र त्यसपछि पड्केको छर्राका कारण उनी गम्भीर घाइते भएका हुन् ।
तत्काल उपचारार्थ रामपुर अस्पताल पुर्याइएकोमा सारुको आज बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, रामपुरबाट खटिएको टोलीले घटनास्थलबाट एकनाले भरुवा बन्दुक र झोला फेला पारेको छ ।