चौतारा छापमा एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण

चौतारा छापमा एक सय घरधुरीलाई कम्बल वितरण

चौतारा । चौतारा साँगाचोकगढी वडा न ५ छापका स्थानीयका लागि न्यानो सामाग्री वितरण गरिएको छ ।

छापका एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण गरिएको हो ।


समाजसेवी मनोज श्रेष्ठको विशेष समन्वयमा विदेशी नागरिकहरुले आपाङ्गता, एकल महिला र जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर ब्ल्याङकेट वितरण गरेको स्थानीय कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।


चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठको अध्यक्षतामा ब्ल्याङकेट वितरण कार्यक्रम भएको थियो । कम्बल पाएपछि स्थानीय जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरु खुशी भएका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्