दुग्ध व्यवसायीका बक्यौता रकम भुक्तानी गर्न सांसद सापकोटाको माग

सांसद सापकोटाको माग दग्ध व्यवसायी

गाईभैंसी पालेर, दुध बेचेर, गर्जो टार्दै आएका किसानहरु मारमा परेको भन्दै किसानहरुलाई भुक्तानी दिन सांसद सापकोटाले सभामूखमार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो


काठमाण्डौं । दुधमा आत्मनिर्भर बन्दै गरेका किसानहरुको रकम डिडिसीले भुक्तानी नगरेप्रति प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले संसदमा गम्भीर ध्यानाकर्षण गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले शहरको पैसा गाउँगाउँमा लैजाने र दुधबाट आत्मनिर्भर बन्दै गरेको दुग्ध व्यवसाय गम्भीर संकटमा परेको बताउनुभएको हो । गत भदौबाट डिडिसीले दुध उत्पादक किसानहरुलाई हालसम्म पनि भुक्तानी नगरेकोले व्यवसायीहरु मरमा परेको उहाँको भनाइ थियो । सडकमा अहिले दुध मात्र पोखिएको छ सांसद सापकोटाले भन्नुभयो यदि सर्वसाधरणको जनआक्रोस पनि पोखियो भने यसलाई सरकारले थेक्न सक्ने छैन
गाईभैंसी पालेर, दुध बेचेर, गर्जो टार्दै आएका किसानहरु मारमा परेको भन्दै किसानहरुलाई भुक्तानी दिन सांसद सापकोटाले सभामूखमार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो । उहाँले बुधबार बाह्रबीसे नगरपालिका वडा न ७ नागपुजेस्थित अधेरीखोलामा भएको बलेरो जीप दुर्घटना परि दिंवगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतहरुको उचित स्वास्थ्य उपचारका लागि पनि सरकारसँग माग गर्नुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्