आयुर्वेद स्वास्थ्य केन्द्रमा सुरु भयो मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम । मेयर सापकोद्वारा उद्घाटन

आयुर्वेद स्वास्थ्य केन्द्रमा सुरु भयो मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम । मेयर सापकोद्वारा उद्घाटन

चौतारा । जिल्ला सदरमुकामस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्यमन्त्री जनता जनता स्वास्थ्य कार्यक्रम सञ्चालन भएको छ।

मङ्गलबारबाट सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफ्नो स्वास्थ्य परीक्षण गर्दै उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रकी प्रमुख एवं डाक्टर अन्जु कार्कीले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुने बताउनुभयो ।

मुटु तथा रक्तनली, दम मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर घटाउने उद्देश्यले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । नसर्ने रोगहरुको समयमा नै पहिचान गरी उचित परामर्श, स्वस्थ व्यवहार, परीक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिनका लागि ३० वर्ष माथिका उमेर समूहलाई आर्थिक सहायता तथा सहुलियतका साथ स्वास्थ्य केन्द्रले सहजीकरण र व्यवस्थापन गरिएको हो।

आज मंगलबार भएको स्वास्थ्य परीक्षण कार्यक्रममा १६ जनाले आफ्नो स्वास्थ्य परीक्षण गरेको डाक्टर कार्कीले जानकारी दिनुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रले आजैबाट पथ्य आहार कार्यक्रमको पनि शुभारम्भ गरेको छ। ।

ऋतु अनुसार मान्छेले आफ्ना खानपिनलाई प्रयोग गरी स्वस्थ र तन्दरुस्त रहनका लागि यो कार्यक्रमको सुरुवात गरेको हो। नेपालले मानिदै आएको छ वटा ऋतु अनुसार ती ऋतुहरूमा के खान हुने? के खान नहुने भन्नेबारे जनचेतना फैलाउने तथा सोही अनुसारको आचरणमा परिवर्तन ल्याउनका लागि पथ्य आहार कार्यक्रमले सकारात्मक भूमिका खेल्ने डा. कर्कीले जानकारी दिनुभयो । डाक्टर कार्कीका अनुसार अहिले हेमन्त ऋतु चलिरहेको र यो ऋतुमा पिरो अमिलो दुध घिउ चामल खिर मखन गाजर अमला, पौष्टिक भोजन अश्वगन्धा, सतावरी, मुसली, शिलाजित ,चेवनप्रास जस्ता खाद्य सामग्रीहरू सेवन गर्दा स्वस्थ रहेनेछ ।

सिफारिस

प्रतिकृया दिनुहोस्