सामाजिक अभियानहरुमार्फत सुन्दर, समुन्त र समृद्ध सिन्धुपाल्चोक निर्माण गर्ने हेतुले गठित सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज साउदी अरब, कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी…
Category: समाचार
नयाँ धक्का दिएर क्रमभंग गर्ने प्रधानमन्त्रीको उद्घोष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ धक्का दिएर आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्ष सुरुवात गर्ने बताउनुभएको छ । सुनसरीमा निर्माण गरिएको ४०० केभी विद्युत् सबस्टेशनको आज उद्घाटन गर्दै उहाँले आफ्नो कार्यकालको पहिलो वर्ष पूरा गर्न लागिरहेको सन्दर्भमा आफू नयाँ क्रमभंगको तयारीमा रहेको घोषणा गर्नुभएको हो । ‘म दोस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल शुरु गरेको एक वर्ष पूरा हुँदैछ । एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर म क्रमभंग गर्दैछु’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । यसमा आफूलाई जनताको साथ र समर्थन रहने पनि उहाँको विश्वास छ । केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि…
प्रथम हिराहरी तेक्वान्दो प्रतियोगिता सुरु, नगरप्रमुख सापकाेटाबाट उद्घाटन
निर्मल बस्नेत चौतारा,६ पाैष २०८० । हिराहरी तेक्वान्दो डाेजाङ चाैताराकाे आयाेजनामा प्रथम हिराहरी जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएकाे छ । चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेगमा पाैष ६ र ७ गते २ दिन चल्ने प्रतियोगिता चाैतारा साँगाचाेकढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै नगरप्रमुख सापकोटाले राष्ट्रकाे गाैरव र व्यक्तिको स्वास्थकाे लागि खेल उपयुक्त र अपरिहार्य रहेकाे बताए । जसकाे लागि नगरपालिकाले खेल गतिविधि सञ्चालन र बिकासमा सदैव सहयाेग गर्ने बचनबद्धता जनाए । कार्यक्रममा तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले नेपालकाे खेलकुद क्षेत्रमा अग्रभागमा रहेर खेल गतिविधि सञ्चालन…
भान्सालाई औषधालयको रुपमा लिन सचेतनात्मक कार्यक्रम
भान्सा र खाना एक अर्कामा परिपुरक हुन् । त्यस्तै नै अटुट र गहिरो सम्वन्ध रहेको हुन्छ मान्छेको जीवनसँग भान्सा र खाना । यदि हामीले हाम्रो भान्सालाई औषधालय र खानालाई औषधीको रुपमा बुझ्न सकियौ भने, त्यही अनुरुप व्यवहारमा उतार्न सकियौ भने हाम्रा शरीरमा लाग्ने असंख्य रोगहरुबाट हामी मुक्त हुन सक्छौं । यही ज्ञानलाई साझा गर्दै भान्सालाई औषधालय र खानालाई औषधीको रुपमा लिनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले आज आमाहरुलाई सचेतनात्मक कार्यक्रमको आयोजना गरेको हो । चौतारा । भान्सालाई औषधालय र खानलाई औषधीको रुप दिनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले…
व्यवसायी मैत्री कानुन निर्माण गदैछौँ – मन्त्री चित्रकार
निर्मल बस्नेत चौतारा, २०८० पौष ४, वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताएका छन् । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको दाबी गरेका छन् । मन्त्रीले भने हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई…
दुध अडर गर्दा प्राप्त भयो पिसाबले भरिएको बोतल
दुध मगाउँदा पिसाव पनि ल्याइदो रहेछ । यस्तो पनि हुन्छ र ? हुँदो रहेछ । सन्दर्भ बेलायततिरको हो । बेलायतको सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमा दूध अर्डर गर्दा एकजना ग्राहकले बोतलबन्द पिसाब प्राप्त गरेका छन् ।बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी समेत रहेको एडम बेल नामक व्यक्ति यस्तो ठगीको सिकार भएका हुन् । मरिसन्सबाट दूध अर्डर गरेका उनको घरमा पिसाबले आधा भरिएको बोतल डेलिभरी भयो । उनले सुपरमार्केटबाट आफ्नो घरमा डेलिभरी भएको दूधको एउटा बोतलको तस्वीर सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका छन् ।उक्त बोतलको भित्र शंकास्पद देखिने तरल पदार्थ थियो । बोतल…
लायन्स क्लबद्वारा दुई विद्यायललाई टेलिभिजन प्रदान
लायन्स क्लबद्वारा दुई विद्यायललाई टेलिभिजन प्रदान चौतारा । लायन्स क्लव अफ काठमाण्डौं सिन्धु चोतारा सिटी र लायन्स क्लब अफ काठमाण्डौं चौतारा सिटीले दुई विद्यालयलाई टेलिभिजन उपलव्ध गराइएको छ ।इसिडी कक्षाको शिक्षण प्रकृया प्रभाकारी होस भन्ने उदेश्य ती दुई क्लबको पहलमा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ को बाल कल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठ र प्रधानाध्यापक गायत्री पालिखे एवम् वडा न ४ स्थित जनजागृति आधारभूत विद्यालयका प्रतिनिधि स्वरुपसिं तामाङलाई ४३ इञ्चको टेलिभिजन विहीबार नगरप्रमुख कृष्णप्रसाद सापकोटाले हस्तान्तरण गर्नुभएको हो । बलियो नेपालको सहयोगमा प्राप्त टेलिभिजनलाई प्रमुख अतिथि एवम्…
आज रंगिन उल्का वर्षा हुने । यो समयमा हेर्न सकिन्छ नेपालबाट
आज रंगिन उल्का वर्षा हुने । यो समयमा हेर्न सकिन्छ नेपालबाटकाठमाण्डौं । आज विहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्ण् अवोलकन गर्न सकिने भएको छ ।यदि आकाश सफासँग खुलेको रहेछ भने आज विहीबार मध्यरातपछि उल्का वर्षाको उत्कृष्ट र चित्ताकर्षक दृष्य नेपाली आकाशमा जुनसुकै ठाउँबाट विना कुनै टेलिस्कोप नाङ्गै आँखाले हेर्न सकिनेछ ।जेमिनिड्स नाम दिइएको यो उल्का वर्षा शुक्रबार विहानीपख ३ देखि ४ बजेसम्म राम्रो देखिने खगोलविदहरुको भनाईछ । अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाका अनुसार यो उल्का विभिन्न रंगमा देखिनेछ । आगोको गोला जस्तै रंगीचंगी बस्तु आकाशबाट पृथ्वीतिर खसिरहेको देखिनेछ…
भवनका लागि जग्गादाताको खोजीमा सुनकोसी गाउँपालिका
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका निम्ति दाताहरुसँग जग्गा मागेको छ । गत मंसिर २० गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार निःशुल्क जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए । प्रशासनिक भवन निर्माणका लागि २०७५ भदौ २६ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डबमोजिम ६ रोपनी जग्गा आवश्यक पर्ने उनको भनाई छ । वडा १ देखि ७ सम्म जुनसुकै स्थानमा भएको जग्गा उपयुक्त हुने उनले जानकारी दिए । गाउँपालिकाले निःशुल्क रुपमा जग्गा दिन इच्छुक जग्गादाता, संघसंस्थालाई ३५ दिनभित्र कागजातसहित उपस्थित हुन आग्रह गरेको छ । जग्गादाताले…
तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने – मन्त्री बस्नेत
तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने – मन्त्री बस्नेतचौतारा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले तीनै तहको सरकारबीचको समन्वय अपरिहार्य भएको बताउनुभएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित इर्खु माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै मन्त्री बस्नेतले संघीय सरकार आफ्नै ढंगबाट, प्रदेश र स्थानीय सरकार पनि आफ्नै तरिकाबाट काम गरिरहेको उल्लेख गर्दै परिणामूखी विकासका लागि तीनै तहको सरकारबीच एकआपसमा समन्वय र सहकार्य हुनुपर्ने बताउनु भयो ।संघीय सरकारले ठूला आयोजना, प्रदेश सरकारले मझौला र स्थानीय तहले साना तथा केही मझौला आयोजनामा ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।मन्त्री बस्नेतले…
