जाजरकोट भूकम्प : पाँचपोखरी थाङपालले विकट गाउँमा नै गएर दियो राहत सामाग्री

जाजरकोट भूकम्प ः पाँचपोखरी थाङपालले विकट गाउँमा नै गएर दियो राहत सामाग्री चौतारा । जाजरकोट भूकम्पबाट पीडितहरुलाई सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले राहत वितरण गरिएको छ । उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा गएको टोलिले भूकम्पबाट प्रभावित विकट गाउँ नै पुगेर स्थानीयहरुलाई राहत सामाग्री वितरण गरिएको हो । जाजरकोटा जिल्ला, छेडगाड नगरपालिका वडा न ८ रुवामा पुगेर १९० थान फाइबर सिरक, १८५ थान डसना, १८५ थान स्यानिटर प्याडसहितको किटबक्स लगायतको सामाग्री सम्वन्धित पीडितलाई नै प्रत्यक्ष भेटेर वितरण गरिएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नरायण भट्टराइले जानकारी दिनुभयो । झण्डै चार दिन लगाएर उपाध्यक्ष अधिकारीसहित वडा न १, ५ का वडा अध्यक्ष क्रमश ः आलोककुमार स्याङ्बो, काले गोले वडा न ६ अध्यक्ष भट्टराई, कृषि शाखा प्रमुख निमबहादुर गिरी, मोहनबहादुर भट्टराई, उद्धव धिताल लगायतको टोलि सो विकट गाउँमा पुगेका थिए ।

जाजरकोट भूकम्प : पाँचपोखरी थाङपालले विकट गाउँमा नै गएर दियो राहत सामाग्री
चौतारा । जाजरकोट भूकम्पबाट पीडितहरुलाई सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले राहत वितरण गरिएको छ ।


उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा गएको टोलिले भूकम्पबाट प्रभावित विकट गाउँ नै पुगेर स्थानीयहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।


जाजरकोटा जिल्ला, छेडगाड नगरपालिका वडा न ८ रुवामा पुगेर १९० थान फाइबर सिरक, १८५ थान डसना, १८५ थान स्यानिटर प्याडसहितको किटबक्स लगायतको सामाग्री सम्वन्धित पीडितलाई नै प्रत्यक्ष भेटेर वितरण गरिएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नरायण भट्टराइले जानकारी दिनुभयो ।


झण्डै चार दिन लगाएर उपाध्यक्ष अधिकारीसहित वडा न १, ५ का वडा अध्यक्ष क्रमश ः आलोककुमार स्याङ्बो, काले गोले वडा न ६ अध्यक्ष भट्टराई, कृषि शाखा प्रमुख निमबहादुर गिरी, मोहनबहादुर भट्टराई, उद्धव धिताल लगायतको टोलि सो विकट गाउँमा पुगेका थिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्