अपडेट : भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

अपडेट : भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

सुर्खेत । शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । मृत्यु हुनेमा महिला ९९ र ५८ जना पुरुष रहेका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेखमा गरी घाइते हुनेको सङ्ख्या १६६ पुगेको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते…

तस्वीरमा भूकम्पग्रस्त जारजरकोट : मृत्यु हुनेको संख्या १२८ पुग्यो

काठमाडौँ । जाजरकोट भूकम्पका कारण मृत्यु हुनेको संख्या १२८ पुगेको छ । जाजरकोटमा मात्र ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । बिसौनीbisouni.com

जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ७२ जना पुग्यो

जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ७२ जना पुग्यो

काठमाडौं। जाजरकोटमा शुक्रबार रातिको भूकम्पले मृत्यु हुनेको संख्या ७२ नाघेको छ । रुकुममा मात्र कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने जरकोटमा ३७जनाको मृत्यु भएको छ । गएराती ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ र विवरण आउनेक्रम जारी रहेको छ । भूकम्पमा परेर जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरु आउने क्रम जारी रहेको जनाएको छ । त्यस्तै भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।अहिले पनि उद्धारको…

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

काठमाडौं। जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो । मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११:४७, १२:०८, १२:२९ र १२:३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । घाइतेको तत्काल खोज…

मध्य रातमा जाजरकोट भुकम्प ! ३६ जना भन्दा बढीको मृत्यु

मध्य रातमा जाजरकोट भुकम्प ! ३६ जना भन्दा बढीको मृत्युशुक्रबार राति ११:४७ मा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ३६ जनाभन्दा बढिको मृत्‍यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नालगढ नगरपालिकाकी उपमेयर सरिता सिंह समेत रहेको प्रहरीले जनाएको छ ।कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । भूकम्प मापनकेन्द्रका अनुसार जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । बिसौनीbisouni.com

सिन्धुमा पहिलापटक जिल्लास्तरिय टेबल टेनिस प्रतियोगिता हुँदै

सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक जिल्ला स्तरिय टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितमा भाग लिनका लागि सिन्धुपाल्चोकको स्थायी बासिन्दा हुनुपर्ने र कर्मचारीको हकमा भने सम्वन्धित कार्यालयको सिफारिसको अनिवार्य आवश्यकक्ता रहेको संघले जनाएको छ । सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक जिल्ला स्तरिय टेवल टेनिस प्रतियोगिता हुने भएको छ । टेबल टेनिस संघ सिन्धुपाल्चोकले पहिलोपटक चौतारामा जिल्ला स्तरिय टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको हो ।कार्तिकको २२ र २३ गते जिल्लाव्यापि टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको संघका अध्यक्ष मिलन लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार मेन्स डवल, सिंगल र भेट्रान्स गरि जम्मा तीन विधामा प्रतियोगिता आयोजनाा गरिनेछ । ४० वर्ष उमेर माथिकाले भाग लिन…

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका रुपक सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका डा. रूपक सापकोटा नियुक्त भएका छन् । यसअघि चीनका लागि नेपाली राजदूत नियुक्तिमा चर्चा गरिएका सापकोटालाई प्रधानमन्त्री प्रचण्डले आफ्नो परराष्ट्र सल्लाहकार बनाउनुभएको हो । हिजो बसेको क्याविनेट बैठकले उनलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा जानकार सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका छोरा हुन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गर्दै आएका उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् । सन् २०१८ मा चीनको बेइजिङस्थित प्रसिद्ध…

चौताराका खेलाडीलाई वडा अध्यक्ष श्रेष्ठद्वारा जर्सी हस्तान्तरण

चौताराका खेलाडीलाई वडा अध्यक्ष श्रेष्ठद्वारा जर्सी हस्तान्तरणचौतारा । चौतारा साँगाचोकगढी वडा न ५ का खेलाडीहरुलाई वडा न ५ का अध्यक्ष शिव श्रेष्ठले जर्सी हस्तान्तरण गर्नु भएको छ । आइतबार वडा अध्यक्ष श्रेष्ठले चौतारा युवा क्लबका १७ खेलाडीलाई जर्सी हस्तान्तरण गर्नु भएको हो । मेलचौर युवा जागरण समाजद्वारा आयोजित मालिकादेवी कपको तेस्रो संस्करणमा युवा क्लब आज सहभागि हुँदै छ । मेलचौर दरबारडाँडामा जारी सेभने ए साइड फूटबल प्रतियोगिता हिजोबाट सुरु भएको हो । आज दिनको ठीक २ः३० बजे सिंहमति युवा क्लबसँग युवा क्लबको भिडन्त हुने बताइएको छ । त्यस लगत्तै सहिद…

मैत्री सहकारी साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल

मैत्री बचत तथा ऋण सहकारी १४ औ साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल

मैत्री बचत तथा ऋण सहकारी १४ औ साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल चौतारा । चौतारा साँगाचोकगढी वडा न ७ स्थित मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।झण्डै ७ सय शेयर सदस्य रहेको सहिकारीको शनिबार १४ औ साधारणसभा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख अतिथि एवम् वागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाको गठन गर्नु महत्वपूर्ण कुरा नभएको बताउनु भयो । सहकारी सञ्चालनका लागि आपसी विश्वास र सामूहिक कार्यले महत्वपूर्ण…

मोसोको बदला मुङ्ग्रो !

नेकपा एमालेका नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले गाडी तोडफोड गरेका छन् । झापाको अर्जुनधारामा राष्ट्रिय युवासंघ नगर कमिटीको प्रथम अधिवेशन चलिरहेका बेला प्रसाईं निकट युवाहरुले एमाले नेता–कार्यकर्ताले पार्किङमा राखेको सवारी साधन तोडफोड गरेका हुन् । उक्त अधिवेशनमा बस्नेत पनि सहभागी छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार १५÷१६ वटा गाडी फुटाइएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको उनले जानकारी दिएका छन् । युवासंघका कार्यकर्ताले प्रसाईंमाथि अस्ति असोज २२ गते कान्तिपथस्थित होटल यल्लो पगोडामा मोसो दलेको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी…