बाह्रबिसे । सिन्धुपाल्चोक क्षेत्रीय प्रथम गाती सेभेन ए साइड खुला फुटबल प्रतियोगीताको उपाधि स्थानीय कोकरसिङ युवा क्लब भोटेकोशीले जितेको छ ।विजया दशमी तथा शुभ दिपावलीको अवसरमा गाती युथ क्लबले आयोजना गरेको फुटबल प्रतियोगिमा नयाँ बाटो टोल सुधार समिति राम्चे उप िवजयता घोषीत भएकाे छ । फाइनल खेलको निर्धारीत समयमा दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुट आउटको आधारमा निर्णय भएको थियो । पेनाल्टी सुट आउटमा कोकरसिङ युवा क्लब विजेता भएको हाे। फुटबल प्रतियोगीतामा बाह्रविसे नगरपालिका भित्रका २१ टिमको सहभागीता रहेको थियो । बाह्रविसे नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको फुटबल प्रतियोगीतामा…
Author: बिसौनी
बाउचा मैचाको प्रतिमा अनावरण
चौतारा । चौतारा साँगाचोकगढी वडा न ५ मा नवनिर्मित बाउचा मैचाको प्रतिमा मेयर अमानसिं तामाङले अनवरण गरे । नेवारी परम्परा र संस्कृतिको झझल्को दिने सो प्रतिमा नेपाल संवत ११४१ को अवसरमा मेयर तामाङले उद्घाटन गरेका हुन ।प्रतिमा निर्माणले नेवार समुदायको साँस्कृतिक पहिचानसँगै चौताराको सौन्दर्य पनि बढेको मेयर तामाङले बताए । विकास निर्माणसँगै संस्कृति र संस्कारको संरक्षणमा आफू संधै प्रतिवद्ध रहेको पनि मेयर तामाङले बताए ।न्हू दँ को उपलक्ष्यमा प्रत्यक वर्ष विविध कार्यक्रम गर्दै आएको सिन्धु नेवा खल र नेवा दे दबु, सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा नेपाल भाषा, नेवारी संस्कृति र…
अध्यक्ष एवम् पूर्व सांसद कर्माचार्य र पत्रकारबीच भनाभन ( भिडियोसहित )
चौतारा । खानेपानीको विषयलाई लिएर जुगल थालखर्क होल्चे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुभाष कर्माचार्य र न्यूज २४ का सञ्चारकर्मी बीच भनाभन भएको छ । वर्षोदेखि पर्याप्त खानेपानी प्रयोग गर्न नपाएका चौताराबासीको समस्या सम्वन्धी पत्रकार विदुर गिरीले गरेको स्थलगत रिर्पोटको सेरोफेरोमा रही न्यूज २४ टेलिभिजन अन्तर्गत कल २४ कार्यक्रमका सञ्चालिका सम्झना भुजेलबीच भनाभन भएको हो । चौतारा ५ का हरिबहादुर श्रेष्ठले कल गरेर आफ्नो समस्या राखेपछि उपभोक्ता समितिका अध्यक्ष एवम् पूर्व साँसद कर्माचार्यबीच मौकीक त्रिपक्षिय भिडन्त भएको थियो । फोन संवादमा भएको सो भनाभनमा अध्यक्ष कर्माचार्यले न्यूज २४ ले…
दारेगौंडा सडकमा चरम लार्पवाही । माटोमाथि ढलान हुँदै, मन्त्रीको ध्यानाकर्षण
चौतारा । चौतारा स्याउले सडकखण्ड अन्तर्गत दारेगौडामा माटोमाथि नै सिधै ढलान हुन लागेपछि चौतर्फी विरोध भएको छ । तिहारको मौका छोपि ठेकेदारले सोलिङ नै माटोमाथि रड विछ्याएर ढलान गर्न तयारी गरेपछि यसको चौतर्फी विरोध भएको हो ।चौतारा स्याउले कालेपत्रे गर्न ठेक्का पाएको बज्रगरु कन्सट्रक्सनले तिहारको मौका छोपि हतारमा सो कार्य पत्ते गर्न खोजेको प्रष्ट देखिन्छ । वर्षोपछि बल्ल बल्ल चौतारा स्याउले सडक खण्ड कालोपत्रे हुन लागेको तर स्टीमेट अनुसार दारेगौंडा बाटोमा गर्न लागेको ढलानमै कैफियत गर्न खोजेपछि स्याउलेबासी भने आक्रोशित बनेका छन् । एक त माटोमाथि ढलान गर्न खोज्दैछ भने…
चिलाउनेमा बन्यो सातकन्या कालीदेवी मन्दिर । मन्त्री र मेयरद्वारा निरीक्षण
मोनिका विक / चौतारा । त्यसो त जिल्लाकै प्रसिद्ध गौराति भीमेश्वरको जात्रा नजिकिँदै छ । हरेक कार्तिक पूर्णिमामा लाग्ने भीमश्वरको जात्राको बारेमा सिन्धुबासीलाई जानकारी भएपनि पूर्णिमाको अघिल्लो दिन लाग्ने अर्को जात्राको बारेमा भने थोरैलाई मात्र जानकारी होला । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपलिका वडा न ८ चिलाउनेस्थित सातकन्या कालीदेवीको मेला गौराति भीमेश्वरको मेलाभन्दा अघिल्लो साँझबाट सुरु हुन्छ । भीमसेनको दिदी अर्थात सातकन्या कालिदेवीको पूजाआजा पश्चात भीमेश्वरको पूजाआजा गरि पूर्णिमाको दिन गौराति भीमेश्वरको मेला लाग्ने गरेको बुढापाकाहरु बताउँछन् । पछिल्लोपटक स्थानीय सरकारले मन्दिर निर्माणमा चासो राख्दै बजेट विनियोजन गरेपछि अहिले…
पहिरो पीडितलाई राप्रपाको राहत !
जिल्लाका विभिन्न स्थान र समयमा गएको पहिरोबाट भएका पीडितका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी मल्हम बनेको छ । पीडितहरुका लागि राप्रपा जिल्ला कमिटीले विभिन्न खाद्यान्नसहित हालसम्म २४ लाख ७१ हजार ५ सय ८० रुपैयाँ सहयोग गरेको हो ।राप्रपाले पछिल्लोपटक बाह्रविसे नगरपालिका ७ घुम्थाङस्थित नागपुजे र भिरखर्कमा गएको पहिरोबाट पीडित भएकाहरु दिइएको सहयोगसहित झण्डै २५ लाख रुपैयाँ पुगेको हो । राप्रपा सिन्धुपाल्चोकको सक्रियतामा राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरिका र गैरआवासिय नेपाल संघ पोर्चुगलबाट संकलन गरिएको राहत पीडित परिवारलाई हस्तान्तरण गरिएको क्षेत्रीय सभापति उत्तम भन्डारीले बताए । हामीले नागपुजे र…
मेलम्चीमा फुड बैंक सञ्चालन
एकातिर कोराना भाइरस संक्रमणको जोखिम कायमै रहेको र अर्कोतिर लकडाउनका कारण रोजिरोटी गुमाएर भोकै बस्नु पर्ने सर्वसाधरण, विपन्न, श्रमिक र मजदुरहरुलाई फुड बैंक सञ्चालनबाट राहतको महसुस हुने आयोकले विश्वास लिएको छ । बिसौनीbisouni.com
नेकपा र राप्रपाका ५० भन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश
बार्हबिसे । पछिल्लो केही समययता सिन्धुपाल्चोकमा पार्टी प्रवेशको लहर चलेको छ । यसैबीच बुधबार बार्हबिसे २ कर्थलीका नेकपा र राप्रपा समर्थित स्थानीय नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस बाह्रबिसे नगरपालिका वडा नं २ ईकाइ समितिकाे आयोजनामा तत्कालीन माओवादीकाे तर्फवाट वडा उम्मेदवार महिला नेतृ सरला भण्डारी, राप्रपाका नेता धनसिंह तामाङ , पुर्ब माओवादी लडाकु चाैतारे तामाङ र नेकपाका निलबिक्रम भण्डारी लगायतका ५० बन्दा बढी युवाहरू नेपाली काँग्रेस प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण…
सिएमए संघद्वारा १७औं स्थापना दिवसमा खाद्यान्न सहयोग
नेपाल सिएमए संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आफ्नो १७औं स्थापना दिवसको अवसरमा चौतारा बृद्धाश्रमको जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरेको छ ।‘सिएमए एकता आजको आवश्यकता, पेशागत हकहित र अधिकार’ भन्ने मूल नाराका साथ संघले कोभिड– १९ को महामारीबीच आफ्नो स्थापना दिवस मनाएको हो । ‘कोरोना महामारीका कारण हामीले ठूलो कार्यक्रम नगरी जेष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरेका हौं’, सिएमए संघ सिन्धुपाल्चोकका सचिव केदारनाथ दुलालले भने– ‘मानवीय सहायता हाम्रो मूल मर्म हो त्यसैले स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई हामीले सहयोग गरेका हौं ।’बृद्धाश्रममा रहेको ९ जेष्ठ नागरिकहरुलाई संघले चामल, दाल, चिनी, साबुन, नुन, विस्कुटलगायत अत्यावश्यक…
सिन्धुपाल्चोक पहिरोमा अपडेटः ३ को शब फेला, ५ जनाको जिवितै उद्धार
सिन्धुपाल्चोक, बाह्रबीसे वडा न ७ घुम्थाङमा गएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएको ५ जनाको सकुशल उद्धार गरिएको छ । भीरखर्कमा पहिरोले पुरिएको ठाउँमा २२ वर्षिया जुनु विक र ४० वर्षिया सर्कीनी प्रधानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको हो । नागपुजेमा ७ घर पुरिँदा ६० वर्षिय भक्तिमाया श्रेष्ठको शब फेला परेको छ ।नाकपुजे पहिरोमा परि १६ जना बेपत्ता भएका छन् भने भीरखर्कको पहिरोमा ६ जना बेपत्ता रहेको डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । बेपत्ता र घाइतेहरुको उद्धार र खोजी कार्यमा स्थानीय र प्रहरी…
