आज दुई हजार १०३ जना कोरोना भाइरस सङ्क्रमित , १७ जनाको मृत्यु

आज नौ हजार आठ सय पाँच वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा जम्मा एक हजार दुई सय ३९ जना पुरुष तथा आठ सय ६४ जना महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँका नौ सय ६५ जना, ललितपुरका एक सय ८९ जना र भक्तपुरका ७५ जना गरी काठमाडौँ उपत्यकामा एक हजार दुई सय २९ जना सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कूल संख्या दुई लाख १५ हजार २० पुगेको छ ।

यसैगरी आज थप दुई हजार आठ सय ५८ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको कूल संख्या एक लाख ८५ हजार छ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्