काठमाडौँ उपत्यककाको वैभवमा नेवा संस्कृति, संगीत र कलाको विशिष्ट योगदान छ। नेवा सभ्यताप्रति अगाध लगाव भएको व्यक्ति हुँ म।
मेरो घर नै मैले नेवा वास्तुकलालाई प्रधानता दिएर निर्माण गरेको छु। नेपाल : भाषा बोल्न आउँदैन तर पनि ह्रिदयदेखि भन्न चाहन्छु: न्हू दँया भिंतुना ११४१!
मलाई उपत्यकाका नेवा वस्तीहरूमा जाँदा नेवा वास्तुकला मासेर निर्माण गरिएका कलाविहीन घरहरू देख्दा दिक्क लाग्छ। पुर्खाहरूको कलात्मक चेत हाम्रो पुस्तामा आएर गुमेको देख्दा मन दुख्छ।
लाग्छ, मैले सक्ने भए यो शहरको नेवा वैभवलाई पुनर्स्थापित गर्ने थिएँ। र, बेल्जियमको ब्रुज शहरजस्तै ऐतिहासिक वास्तुकलाले पूर्ण र विश्वकै आकर्षणको केन्द्र बनाउने थिएँ – जुन संभव छ।