चौतारा । खानेपानीको विषयलाई लिएर जुगल थालखर्क होल्चे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुभाष कर्माचार्य र न्यूज २४ का सञ्चारकर्मी बीच भनाभन भएको छ । वर्षोदेखि पर्याप्त खानेपानी प्रयोग गर्न नपाएका चौताराबासीको समस्या सम्वन्धी पत्रकार विदुर गिरीले गरेको स्थलगत रिर्पोटको सेरोफेरोमा रही न्यूज २४ टेलिभिजन अन्तर्गत कल २४ कार्यक्रमका सञ्चालिका सम्झना भुजेलबीच भनाभन भएको हो । चौतारा ५ का हरिबहादुर श्रेष्ठले कल गरेर आफ्नो समस्या राखेपछि उपभोक्ता समितिका अध्यक्ष एवम् पूर्व साँसद कर्माचार्यबीच मौकीक त्रिपक्षिय भिडन्त भएको थियो । फोन संवादमा भएको सो भनाभनमा अध्यक्ष कर्माचार्यले न्यूज २४ ले अतिरञ्जित गरेको आरोप लगाउँदै न्यूज २४ ले धारा जडान गरिदिने हो भनेर उल्टै प्रश्न गरेपछि संवाद चर्काचर्कीमा परिणत भएको थियो । अझ रमाइलो पक्ष त टीभिको स्क्रिनमा पँधेराबाट स्थानीयले पानी भर्दै गरेको दृष्य आउँदै गर्दा अध्यक्ष कर्माचार्यले भने चौतारा र आसपासका जनताले कुवापँधेराको भर परेको देखाउनुस् भन्दै थिए । हेरौ पत्रकार, अध्यक्ष र उपभोक्ताबीचको त्रिपक्षीय भिडन्
सिफारिस
-
मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटा
मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटानिर्मल बस्नेत/चौतारासिन्धुपाल्चोक जिल्लामा संविधान दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान... -
धनमायाको हत्यारामाथि थप अनुसन्धान, क्षतिपूर्ति र सुरक्षाको माग राख्दै जलबीरमा र्याली
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा न १, मेलडाडाको एकल महिला धनमाया श्रेष्ठको हत्यामा संग्लग्न अभियुक्त रन बहादुर... -
वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा
चौसागढी नगरपालिका वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा निर्मल बस्नेत २९ भाद्र, चौतारा ।...