दारेगौंडा सडकमा चरम लार्पवाही । माटोमाथि ढलान हुँदै, मन्त्रीको ध्यानाकर्षण

दारेगौंडा सडकमा चरम लार्पवाही । माटोमाथि ढलान हुँदै, मन्त्रीको ध्यानाकर्षण


चौतारा । चौतारा स्याउले सडकखण्ड अन्तर्गत दारेगौडामा माटोमाथि नै सिधै ढलान हुन लागेपछि चौतर्फी विरोध भएको छ । तिहारको मौका छोपि ठेकेदारले सोलिङ नै माटोमाथि रड विछ्याएर ढलान गर्न तयारी गरेपछि यसको चौतर्फी विरोध भएको हो ।
चौतारा स्याउले कालेपत्रे गर्न ठेक्का पाएको बज्रगरु कन्सट्रक्सनले तिहारको मौका छोपि हतारमा सो कार्य पत्ते गर्न खोजेको प्रष्ट देखिन्छ । वर्षोपछि बल्ल बल्ल चौतारा स्याउले सडक खण्ड कालोपत्रे हुन लागेको तर स्टीमेट अनुसार दारेगौंडा बाटोमा गर्न लागेको ढलानमै कैफियत गर्न खोजेपछि स्याउलेबासी भने आक्रोशित बनेका छन् । एक त माटोमाथि ढलान गर्न खोज्दैछ भने अर्कोतिर मापदण्ड अनुसारको डण्डी पनि विछ्याइएको छैन स्याउलेका रामकुमार खत्रीले आक्रोस पोखे जनता चुप लागेर बस्यो भन्दैमा नियमक निकाय चुप लागेर बस्न मिल्दैन ।
ढलानको विषयमा चौतर्फी विरोध भएपछि सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले चासो दिएका छन् । मन्त्री दुलालले आयोजना सञ्चालन गर्ने आरसिआईपी का प्रमुख मोहन चापागाईसँग कुरा गरि तत्काल निरीक्षण गर्न प्राविधिक पठाउन आफूले आग्रह गरेको समाजिक सञ्जल फेसबुकमार्फत उल्लेख गरेका छन् । मन्त्री दुलालले विकास निर्माणमा नागरिकस्तरबाट गरिएको सचेत प्रयासको प्रशंसा पनि गरिएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्