मोनिका विक / चौतारा । त्यसो त जिल्लाकै प्रसिद्ध गौराति भीमेश्वरको जात्रा नजिकिँदै छ । हरेक कार्तिक पूर्णिमामा लाग्ने भीमश्वरको जात्राको बारेमा सिन्धुबासीलाई जानकारी भएपनि पूर्णिमाको अघिल्लो दिन लाग्ने अर्को जात्राको बारेमा भने थोरैलाई मात्र जानकारी होला । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपलिका वडा न ८ चिलाउनेस्थित सातकन्या कालीदेवीको मेला गौराति भीमेश्वरको मेलाभन्दा अघिल्लो साँझबाट सुरु हुन्छ । भीमसेनको दिदी अर्थात सातकन्या कालिदेवीको पूजाआजा पश्चात भीमेश्वरको पूजाआजा गरि पूर्णिमाको दिन गौराति भीमेश्वरको मेला लाग्ने गरेको बुढापाकाहरु बताउँछन् । पछिल्लोपटक स्थानीय सरकारले मन्दिर निर्माणमा चासो राख्दै बजेट विनियोजन गरेपछि अहिले…
Author: बिसौनी
पहिरो पीडितलाई राप्रपाको राहत !
जिल्लाका विभिन्न स्थान र समयमा गएको पहिरोबाट भएका पीडितका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी मल्हम बनेको छ । पीडितहरुका लागि राप्रपा जिल्ला कमिटीले विभिन्न खाद्यान्नसहित हालसम्म २४ लाख ७१ हजार ५ सय ८० रुपैयाँ सहयोग गरेको हो ।राप्रपाले पछिल्लोपटक बाह्रविसे नगरपालिका ७ घुम्थाङस्थित नागपुजे र भिरखर्कमा गएको पहिरोबाट पीडित भएकाहरु दिइएको सहयोगसहित झण्डै २५ लाख रुपैयाँ पुगेको हो । राप्रपा सिन्धुपाल्चोकको सक्रियतामा राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरिका र गैरआवासिय नेपाल संघ पोर्चुगलबाट संकलन गरिएको राहत पीडित परिवारलाई हस्तान्तरण गरिएको क्षेत्रीय सभापति उत्तम भन्डारीले बताए । हामीले नागपुजे र…
मेलम्चीमा फुड बैंक सञ्चालन
एकातिर कोराना भाइरस संक्रमणको जोखिम कायमै रहेको र अर्कोतिर लकडाउनका कारण रोजिरोटी गुमाएर भोकै बस्नु पर्ने सर्वसाधरण, विपन्न, श्रमिक र मजदुरहरुलाई फुड बैंक सञ्चालनबाट राहतको महसुस हुने आयोकले विश्वास लिएको छ । बिसौनीbisouni.com
नेकपा र राप्रपाका ५० भन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश
बार्हबिसे । पछिल्लो केही समययता सिन्धुपाल्चोकमा पार्टी प्रवेशको लहर चलेको छ । यसैबीच बुधबार बार्हबिसे २ कर्थलीका नेकपा र राप्रपा समर्थित स्थानीय नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस बाह्रबिसे नगरपालिका वडा नं २ ईकाइ समितिकाे आयोजनामा तत्कालीन माओवादीकाे तर्फवाट वडा उम्मेदवार महिला नेतृ सरला भण्डारी, राप्रपाका नेता धनसिंह तामाङ , पुर्ब माओवादी लडाकु चाैतारे तामाङ र नेकपाका निलबिक्रम भण्डारी लगायतका ५० बन्दा बढी युवाहरू नेपाली काँग्रेस प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण…
सिएमए संघद्वारा १७औं स्थापना दिवसमा खाद्यान्न सहयोग
नेपाल सिएमए संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आफ्नो १७औं स्थापना दिवसको अवसरमा चौतारा बृद्धाश्रमको जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरेको छ ।‘सिएमए एकता आजको आवश्यकता, पेशागत हकहित र अधिकार’ भन्ने मूल नाराका साथ संघले कोभिड– १९ को महामारीबीच आफ्नो स्थापना दिवस मनाएको हो । ‘कोरोना महामारीका कारण हामीले ठूलो कार्यक्रम नगरी जेष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरेका हौं’, सिएमए संघ सिन्धुपाल्चोकका सचिव केदारनाथ दुलालले भने– ‘मानवीय सहायता हाम्रो मूल मर्म हो त्यसैले स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई हामीले सहयोग गरेका हौं ।’बृद्धाश्रममा रहेको ९ जेष्ठ नागरिकहरुलाई संघले चामल, दाल, चिनी, साबुन, नुन, विस्कुटलगायत अत्यावश्यक…
सिन्धुपाल्चोक पहिरोमा अपडेटः ३ को शब फेला, ५ जनाको जिवितै उद्धार
सिन्धुपाल्चोक, बाह्रबीसे वडा न ७ घुम्थाङमा गएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएको ५ जनाको सकुशल उद्धार गरिएको छ । भीरखर्कमा पहिरोले पुरिएको ठाउँमा २२ वर्षिया जुनु विक र ४० वर्षिया सर्कीनी प्रधानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको हो । नागपुजेमा ७ घर पुरिँदा ६० वर्षिय भक्तिमाया श्रेष्ठको शब फेला परेको छ ।नाकपुजे पहिरोमा परि १६ जना बेपत्ता भएका छन् भने भीरखर्कको पहिरोमा ६ जना बेपत्ता रहेको डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । बेपत्ता र घाइतेहरुको उद्धार र खोजी कार्यमा स्थानीय र प्रहरी…
हातहातमै नगद पाएपछि लिदीवासी खुसी
बाँसखर्क/ प्राकृतिक विपत्तिले गाउँ नै उजाड बनेपछि सुरक्षित स्थान खोज्दै बाँसखर्क आइपुगेका जुगल गाउँपालिका लिदीका पहिरोपीडित भदौरे झरीको चिसोमा दिन कटाइरहेका छन् ।चिसो चउरमा ठडिएका चाइनिज टेन्टको बसाई कष्टकर भएपनि सुरक्षित स्थानमा बस्न पाएकोले लिदीवासीको मन थामेको छ । पहिरोबाट बाँचेर आएका विस्थापितलाई दिनहँु जसो कुनै न कुनै संघसंस्था वा व्यक्तिले राहत पु¥याउने गरेका छन् । राहत लाने सबै संघसंस्थाले गाउँपालिका वा वडालाई जिम्मा लगाउने गरेका छन् ।तर, शुक्रबार फरक तरिकाले राहत वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले पहिरोपीडितको हातहातमै नगद रकम वितरण गरिदिएको हो ।…
एक घर एक धाराले सिपापोखरे मिजारटोलमा ल्याएको खुशियाली
सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिका वडा नं.७ मिजारटोलका १९ घरधुरीमा अहिले निकै खुशियाली छाएको छ । विगतका दिनहरुमा खानेपानीको समस्या झेल्दै आएका मिजार टोलवासि हिजोआज खानेपानीको पहुँच र सुविधाले हर्षित भएकाछन्् । सेवक नेपालद्धारा सिन्धुपाल्चोक जिल्लामा संचालित आशा कार्यक्रमले १९ घरधुरीलाई समेटी एक घर एक धारा निर्माण गरेपछि मिजार टोलवासिलाई अहिले खानेपानीको समस्या वाट मुक्ति मिलेको ईन्द्रावती गाउँपालिका वडा नं. ७ का अध्यक्ष विर वहादुर तामाङले बताउनु भयो । विगतका दिनहरुमा खुल्ला मुहानबाट सिधै पाईप जोडेर सार्वजनिक रुपमा असुरक्षित खानेपानीको प्रयोग गरिरहेको र केहि घर धुरीले आफ्नो व्यक्तिगत पाईप मुहानमा जाडेर…
ढुक्क हुनुहोस् कोरोना षड्यन्त्र होइन, महामारी नै हो : डा. रवीन्द्र पाण्डे
चीनको वुहानमा गत डिसेम्बरमा सिटी स्क्यानबाट पत्ता लागेको कोरोना संक्रमणको महामारी विश्वका सबैजसो देशमा फैलिएको छ । हालसम्म करीब २ करोड ६१ लाख ८४ हजार ५ सय १२ व्यक्ति संक्रमित भएका छन् भने करीब ९ लाख व्यक्तिको मृत्यु भएको छ । कोरोना महामारीको कारण संसार अहिले भाइरस विरुद्धको युद्धमा होमिएको छ । महामारी नियन्त्रण गर्न विश्वका हरेक राष्ट्रले चालेका कदमको कारण एकातर्फ स्पेनिश फ्लूको महामारीमा जस्तो ठूलो मानवीय क्षति भएको छैन भने अर्कोतर्फ आर्थिक रूपमा विश्व ठूलो संकटमा फसेको छ ।दैनिक काम गरेर परिवार पाल्ने आममानिस कोरोना महामारीको कारण अद्वितीय…
नेता वामदेव गौतमद्वारा रचित गीत ” यो मुक्तभूमी, यो बुद्धभूमि ” गीत यस्तो छ
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमद्वारा रचित गीत “यो मुक्तिभूमि यो वुद्धभूमि ” गीत युट्युवमा सार्वजनिक भएको छ । नेता गौतम आफैले गीतमा मोडलिङ गरेको यो गीतमा नेपालको सुन्दरतासँगै शान्तिको अग्रदुत गौतमवुद्धको जन्मस्थान लुम्बिनीको पनि वर्णन पाइन्छ । यसअघि नेता गौतमको हामी जुटे नेपाल जुट्छ गीत सार्वजनिक भएको थियो । बिसौनीbisouni.com
