कोभिड १९ संक्रमित दुई चिकित्सकको मृत्यु

काठमाण्डौं । कोभिड १९ संक्रमणका कारण दुई चिकित्सकको मृत्यु भएको छ । बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा सुनिल झा र डा. नारायणबहादुर थापाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपकालीन तथा विपद व्यवस्थापन इकाईले जनाएको छ ।
त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहेका डा झाको सोमबार विहान र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष समेत रहेका डा.थापाको आइतबार राति निधन भएको थियो । स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले शोक वक्तव्य जारी गर्दै विरामीहरुको उपचारको क्रममा काेभिड १९ संक्रमण भई उपचारको क्रममा मृत्यु भएको डाक्टरद्वयको निधनबाट राष्टले अपुरणीय क्षेति भएको उल्लेख छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्