यी सिन्धुपुत्र जसले तेस्रोपटक पनि विश्व कीर्तिमान कायम गरे र लेखाए गिनिजबुकमा नाम

चौतारा । यसअघि दुईपटक सम्म विश्व कीर्तिमान राख्न सफल सिन्धुपुत्र पुष्कर नेपालले तेस्रोपटक पनि विश्व कीर्तिमान राख्न सफल भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोमार्फत नेपालले तेस्रोपटक पनि विश्व कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वल्ड रेर्कडमा नाम लेखाउन सफल भएका हुन् ।२०७६ असोज १० गते छायांकन गरिएको गीतको भिडियो अहिलेसम्म उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले जनाएको छ । सोलुखुम्बुको गोक्योमा छायाङ्कन गरिएको उक्त गीतको टीममारहेका माधवराज खरेल, पूर्ण राई कमला जोशीसहित नेपाललाई सो सफलता मिलेको…

बाह्रबीसेमा १३३ जनाले गरे रक्तदान

बाह्रबीसे । नेपाली काँग्रेस, केन्द्रीय खेलकूद विभागको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका छन् । देशको विभिन्न जिल्लाहरुमा रक्तदान गर्ने पूर्वघोषित कार्यक्रम अनुसार सिन्धुपाल्चोकको बाह्रबीसेमा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको विभागले जनाएको हो ।कारोना भाईसर र बाढीपहिरोको उच्च जोखिमका कारण विरामीको उपचारमा भइरहेको रगत अभावलाई पूर्ति गर्ने हेतुले रक्तदान कार्यक्रम आयोजना भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् खेलकूद विभागका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र लगायतका संघसंस्थासँगको समन्वयमा विभागले मंसिर ७ गतेदेखि यो अभियान सञ्चालन गर्दै आइरहेको छ । अभियान…

काखीमा आउने पसिनाबाट कसरी मुक्ति पाउने ?

काठमाडौं । काखीको छाला शरीरको अन्य स्थानको छालाभन्दा धेरै संवेदनशील हुन्छ । यो ठाउँको छालाको स्वच्छता र सुरक्षाको लागि हामीले विशेष ध्यान दिनु जरुरी हुन्छ । अनुहार र शरीरको बाँकी भाग जस्तै काखीको सुरक्षा र स्वच्छताबारे ध्यान दिनु र यसको हेरचाह महत्वपूर्ण हुन्छ । काखीको छाला हामीले हात माथि उठाउँदाबाहेक अरु समय हातले छोपिएर बसेको हुन्छ । यसको अर्थ यो हो कि यो ठाउँमा पर्याप्त मात्रामा पसिना सञ्चित हुने गर्छ । एउटा सेतो सर्ट लगाएर निस्किएको मान्छे साँझ घर आउँदा अन्यत्र फोहोर भए पनि नभएपनि काखीमा भने फरक रंगको फोहोर…

प्रस्ताव ल्याऊ दुई प्रतिशत व्यजमा व्यवसायिक ऋण लैजाउ ।

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले स्वरोजगार तथा उद्यम गर्न चहाने नगरबासीलाई दिने भनिएको सहुलियतको दरको कर्जा प्रवाह प्रकृया सुरु गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्वरोजगार र उद्यम गर्न चहानेहरुलाई तीसदिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।नेपाल बैंक लिमिटेड र नगरपालिकाबीच दुईपक्षिय सम्झौता भई कर्जा प्रवाहको प्रकृया अगाडि बढेको मेयर अमानसिं तामाङले जानकारी दिए । मेयर तामाङका अनुसार कृषि तथा पशुपंक्षी कार्यक्रम, विदेशबाट फर्केका, युवा लक्षित कार्यक्रम, महिला उद्यमशील कार्यक्रम र दलित सीपमा आधारित कार्यक्रमलाई कर्जा प्रवाहमा पहिलो प्राथमिकता दिइने छ ।आवश्यक कागजात बिसौनीbisouni.com

चौरीपालक किसानको संसार नै हिमाली खर्क

जुगल (सिन्धुपाल्चोक) : जुगल गाउँपालिका-३, तेम्बाथनका जाङ्बु शेर्पालाई मेला, पर्व र चाडबाडले कहिल्यै छुँदैन । गाउँलेसँग बिरलै भेट हुन्छ । वर्षमा करिब तीन महिना मात्र उनी गाउँलेको सम्पर्कमा हुन्छन् । वर्षमा नौ महिना खर्कमा फिरन्ते जीवन बिताउने जाङ्बुको निरन्तर सम्पर्क आफ्नै परिवारका सदस्य चौरी र याकसँग मात्र हुन्छ  ।  हरेक वर्षको पुसदेखि कात्तिकसम्मको समय उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौरी र आसपासका चौरी पालक किसानसँग मात्र हुने उनी बताउँछन् । आक्कल झुक्कल जंगली जनावरको पनि सामना गर्नुपर्ने जाङ्बु तीन महिना मात्र मानव बस्ती छेउछाउ पुग्ने गर्छन् । पुस्तौदेखि चौंरी पालन…

काँग्रेसले देखायो अर्थमन्त्री पौडेललाई कालो झण्डा

बुटवल, बल्लतल्ल करिब एक वर्षपछि आफ्नो गृह जिल्ला बुटवल पुगेका अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएको छ ।पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई नेपाली कांग्रेस, उसको भातृ संस्था नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए। अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम…

राजदुत यान्छी र प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र आत्तरिक कलह चरमोत्कर्षमा पुगिरहेको वेला चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ । केही दिनअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । भेटमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल भएको स्रोतको दावि छ । उनले भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्ध प्रगाढ बनाउने बारे छलफल गरेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए ।त्यसैगरी राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ सरकार सञ्चालनको सन्दर्भमा निकालेको पुस्तक उपहार दिएकी…

सिन्धुपाल्चोकको ५ स्थानीयतहमा अस्पताल बन्दै, कुन पालिकामा कति शैयाको अस्पताल बन्दै ?

चाैतारा । सरकारले ३९४ स्थानीयतहमा आधारभूत अस्पताल बनाउने प्रकृया अगाडि बढाएइको छ । सो अन्तर्गत सिन्धुपाल्चोकमा पनि ५ स्थानीय तहमा अस्पताल बन्ने भएको छ ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, जुगल, लिसंखुपाखर, बलेफी र हेलम्बु गाउँपलिकामा अस्पताल बन्न लागेको हो ।मंसिर २ गते बसेको अर्थ तथा स्वास्थ्यमन्त्रीबीचको बैठकले एकैदिन सबै स्थानीय तहका अस्पताल शिलान्यास गर्ने निर्णय भए अनुसार मंसिर १५ गते ती अस्पतालहरुको शिलान्यास हुनेछ ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मको आाधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । जस अनुसार, मेलम्चीा नरपालिकामा १५ शैया, जुगलमा १० बलेफीमा…

पूरानो लयमा फर्कदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, आलोपालो सेवा प्रवाह हटाउँदै ।

पूरानो लयमा फर्कदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, आलोपालो सेवा प्रवाह हटाउँदै ।

पूरानो लयमा फर्कदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, आलोपालो सेवा प्रवाह हटाउँदै ।चौतारा ।कोभिड १९ का कारण स्थानीय तह अनुसार आलोपालो सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले आइतबारबाट आलोपालो सेवा हटाइएको छ । ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक विदा बाहेक कार्यालय खुलेको सबै दिन जिल्लावासीलाई सेवा प्रवाह गर्ने भएको हो ।आलोपालो प्रक्रियाले सेवाग्राहीले सास्ती भोग्नु परेपछि आइतबारबाट सबैलाई सेवा दिन लागेको हो । जिल्ला प्रशासन कार्यालयले आज एक सूचनाा जारी गर्दै आलोपालो प्रक्रिया हटाएको जनाएको छ । बिसौनीbisouni.com

सिंगो भक्तपुर एउटै गीतमा ( भिडियोसहित )

साँस्कृतिक सहर भनेर चिनिने भक्तपुर सम्वन्धी गीत सार्वजनिक भएको छ । जितेन्द्र श्रेष्ठको युट्युव च्यानलमार्फत सार्वजनिक भएको “नेपाली शीरको कालो टोपी भक्तपुर“ बोलको गीत आज मात्र युट्युवमा सार्वजनिक भएको हो ।व्यँग्यकार च्यट्याङ माष्टरको शव्द रहेको यो गीतमा भक्तपुरको कला, संस्कृति, धार्मिक, पर्यटकीय, ऐतिहासिक सम्पदा र स्थलको वर्णन र छ्याङ्कन मात्र गरिएको छैन , नेवारी भेषभुषामा गरिएको नृत्यले जो कोहीको पनि मनमस्तिष्कमा बस्न सफल हुनेछ ।गीतबाट भक्तपुरको विविध सौन्दर्यको रसस्वादन गर्न पाइन्छ नै अझ यो गीतले भक्तपुरलाई थप पहिचान र उजिल्याउन मद्दत पुग्ने देखिन्छ ।गीतमा कपिल कस्पालको स्वर रहेको छ भने…