राजदुत यान्छी र प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र आत्तरिक कलह चरमोत्कर्षमा पुगिरहेको वेला चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ । केही दिनअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । भेटमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल भएको स्रोतको दावि छ । उनले भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्ध प्रगाढ बनाउने बारे छलफल गरेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए ।त्यसैगरी राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ सरकार सञ्चालनको सन्दर्भमा निकालेको पुस्तक उपहार दिएकी…

सिन्धुपाल्चोकको ५ स्थानीयतहमा अस्पताल बन्दै, कुन पालिकामा कति शैयाको अस्पताल बन्दै ?

चाैतारा । सरकारले ३९४ स्थानीयतहमा आधारभूत अस्पताल बनाउने प्रकृया अगाडि बढाएइको छ । सो अन्तर्गत सिन्धुपाल्चोकमा पनि ५ स्थानीय तहमा अस्पताल बन्ने भएको छ ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, जुगल, लिसंखुपाखर, बलेफी र हेलम्बु गाउँपलिकामा अस्पताल बन्न लागेको हो ।मंसिर २ गते बसेको अर्थ तथा स्वास्थ्यमन्त्रीबीचको बैठकले एकैदिन सबै स्थानीय तहका अस्पताल शिलान्यास गर्ने निर्णय भए अनुसार मंसिर १५ गते ती अस्पतालहरुको शिलान्यास हुनेछ ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मको आाधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । जस अनुसार, मेलम्चीा नरपालिकामा १५ शैया, जुगलमा १० बलेफीमा…

पूरानो लयमा फर्कदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, आलोपालो सेवा प्रवाह हटाउँदै ।

पूरानो लयमा फर्कदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, आलोपालो सेवा प्रवाह हटाउँदै ।

पूरानो लयमा फर्कदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, आलोपालो सेवा प्रवाह हटाउँदै ।चौतारा ।कोभिड १९ का कारण स्थानीय तह अनुसार आलोपालो सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले आइतबारबाट आलोपालो सेवा हटाइएको छ । ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक विदा बाहेक कार्यालय खुलेको सबै दिन जिल्लावासीलाई सेवा प्रवाह गर्ने भएको हो ।आलोपालो प्रक्रियाले सेवाग्राहीले सास्ती भोग्नु परेपछि आइतबारबाट सबैलाई सेवा दिन लागेको हो । जिल्ला प्रशासन कार्यालयले आज एक सूचनाा जारी गर्दै आलोपालो प्रक्रिया हटाएको जनाएको छ । बिसौनीbisouni.com

सिंगो भक्तपुर एउटै गीतमा ( भिडियोसहित )

साँस्कृतिक सहर भनेर चिनिने भक्तपुर सम्वन्धी गीत सार्वजनिक भएको छ । जितेन्द्र श्रेष्ठको युट्युव च्यानलमार्फत सार्वजनिक भएको “नेपाली शीरको कालो टोपी भक्तपुर“ बोलको गीत आज मात्र युट्युवमा सार्वजनिक भएको हो ।व्यँग्यकार च्यट्याङ माष्टरको शव्द रहेको यो गीतमा भक्तपुरको कला, संस्कृति, धार्मिक, पर्यटकीय, ऐतिहासिक सम्पदा र स्थलको वर्णन र छ्याङ्कन मात्र गरिएको छैन , नेवारी भेषभुषामा गरिएको नृत्यले जो कोहीको पनि मनमस्तिष्कमा बस्न सफल हुनेछ ।गीतबाट भक्तपुरको विविध सौन्दर्यको रसस्वादन गर्न पाइन्छ नै अझ यो गीतले भक्तपुरलाई थप पहिचान र उजिल्याउन मद्दत पुग्ने देखिन्छ ।गीतमा कपिल कस्पालको स्वर रहेको छ भने…

आज दुई हजार १०३ जना कोरोना भाइरस सङ्क्रमित , १७ जनाको मृत्यु

आज नौ हजार आठ सय पाँच वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा जम्मा एक हजार दुई सय ३९ जना पुरुष तथा आठ सय ६४ जना महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज काठमाडौँका नौ सय ६५ जना, ललितपुरका एक सय ८९ जना र भक्तपुरका ७५ जना गरी काठमाडौँ उपत्यकामा एक हजार दुई सय २९ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कूल संख्या दुई लाख १५ हजार २० पुगेको छ । यसैगरी आज थप दुई हजार आठ सय ५८…

ऐतिहासिक गौराती भीमेश्वर जात्रा यो वर्ष नहुने

चौतारा । प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट सुरु हुने प्रसिद्ध गौराति जात्र यो वर्षका लागि स्थगित गरिएको छ । बढ्दो कारोना भाइरस जोखिमका कारण यही मंसिर १५ गतेबाट सुरु हुने जात्रा स्थगित भएको हो ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलामा हुने भीडभाडका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भन्दैे मेला स्थगित गर्न अनुरोध गरेपछि अनादिकालदेखि चल्दै आएको मेला स्थगन गरिएको गौराती विकास मञ्चका अध्यक्ष वाङगेल लामाले जानकारी दिनुभयो । रथारोहण बारे बैठक बसी टुँग्याईने गौराती भीमेश्वरको मेलाको प्रमुख एवम् आकर्षण मानिने भीमसेन रथारोहण यस वर्ष गर्ने कि नगर्ने भन्ने बारे भने टुँगो…

भ्रष्टाचारको केन्द्रविन्दु बन्दै मेलम्ची नगरपालिका, घाटदेखि सडकसम्म भ्रष्टाचार

मेलम्ची । पछिल्लोचरण मेलम्ची नगरपालिकामा भ्रष्टाचार बढेको जनगुनासो आउन थालेका छन् । नगरपालिकाद्वारा सञ्चालन गरेका विभिन्न योजनाहरुमा व्यापक भ्रष्टाचार हुने गरेको स्थानीयहरुको आरोप छ । उनीहरुले मेलम्ची नगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुवेको गुनासा गरेका हुन् ।मेलम्ची नगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएको कृषि अनुसन्धान ज्ञान केन्द्रको बजेट नाली सरसफाईमा खर्चिएको खुलेको छ । मेलम्ची ११ सेराफाँटमा २७ लाख बजेटमा सो केन्द्र निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गरे पनि नगरपालिकाकै सहकार्यमा उपभोक्ता समितिमार्फत नाली सफाई गरेको रहस्य खुल्न आएको हो । नगरपालिकाकै पदाधिकारीको मिलोमत्तोमा ५ लाख खर्चिएर बाँकी पैसा…

४ लाख २८ हजार नगद सहित २६ जुवाडे पक्राउ

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट २६ जुवाडेसहित ४ लाख २८ हजार बरामद गरेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ८ मा रहेको चुलनाथ गिरीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ४ हजार ५सय ८५ रुपैयाँ सहित छ जनालाई नियन्त्रणमा लिएको हो भने मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोट मा रहेको े लोकबहादुर रायमाझिको घरमा अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा नगद रु तीन लाख २३ हजार ३ सय ४५ सहित २० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । तामाङको कमाण्डमा खटिएको टोलीले ३२…

कोभिड १९ संक्रमित दुई चिकित्सकको मृत्यु

काठमाण्डौं । कोभिड १९ संक्रमणका कारण दुई चिकित्सकको मृत्यु भएको छ । बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा सुनिल झा र डा. नारायणबहादुर थापाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपकालीन तथा विपद व्यवस्थापन इकाईले जनाएको छ ।त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहेका डा झाको सोमबार विहान र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष समेत रहेका डा.थापाको आइतबार राति निधन भएको थियो । स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले शोक वक्तव्य जारी गर्दै विरामीहरुको उपचारको क्रममा काेभिड १९ संक्रमण भई उपचारको क्रममा मृत्यु भएको डाक्टरद्वयको…

हृदयदेखि भन्न चाहन्छु: न्हू दँया भिंतुना – रबिन्द्र मिश्र

काठमाडौँ उपत्यककाको वैभवमा नेवा संस्कृति, संगीत र कलाको विशिष्ट योगदान छ। नेवा सभ्यताप्रति अगाध लगाव भएको व्यक्ति हुँ म। मेरो घर नै मैले नेवा वास्तुकलालाई प्रधानता दिएर निर्माण गरेको छु। नेपाल : भाषा बोल्न आउँदैन तर पनि ह्रिदयदेखि भन्न चाहन्छु: न्हू दँया भिंतुना ११४१! मलाई उपत्यकाका नेवा वस्तीहरूमा जाँदा नेवा वास्तुकला मासेर निर्माण गरिएका कलाविहीन घरहरू देख्दा दिक्क लाग्छ। पुर्खाहरूको कलात्मक चेत हाम्रो पुस्तामा आएर गुमेको देख्दा मन दुख्छ। लाग्छ, मैले सक्ने भए यो शहरको नेवा वैभवलाई पुनर्स्थापित गर्ने थिएँ। र, बेल्जियमको ब्रुज शहरजस्तै ऐतिहासिक वास्तुकलाले पूर्ण र विश्वकै आकर्षणको…