बाउचा मैचाको प्रतिमा अनावरण

चौतारा । चौतारा साँगाचोकगढी वडा न ५ मा नवनिर्मित बाउचा मैचाको प्रतिमा मेयर अमानसिं तामाङले अनवरण गरे । नेवारी परम्परा र संस्कृतिको झझल्को दिने सो प्रतिमा नेपाल संवत ११४१ को अवसरमा मेयर तामाङले उद्घाटन गरेका हुन ।
प्रतिमा निर्माणले नेवार समुदायको साँस्कृतिक पहिचानसँगै चौताराको सौन्दर्य पनि बढेको मेयर तामाङले बताए । विकास निर्माणसँगै संस्कृति र संस्कारको संरक्षणमा आफू संधै प्रतिवद्ध रहेको पनि मेयर तामाङले बताए ।
न्हू दँ को उपलक्ष्यमा प्रत्यक वर्ष विविध कार्यक्रम गर्दै आएको सिन्धु नेवा खल र नेवा दे दबु, सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा नेपाल भाषा, नेवारी संस्कृति र परम्परा लोपउन्मुख भएकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेको थिए । सोही कार्यक्रममार्फत सो चोकको नाम भिन्तुना चोक राखिएको वडा अध्यक्ष नरमान श्रेष्ठले जानकारी दिए ।
चोकमा बाउचा र मैचाको प्रतिमा निर्माण भएपछि पछिल्लो पटक सेल्फी खिच्नेहरुको भीड लाग्ने गरेको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्