४ लाख २८ हजार नगद सहित २६ जुवाडे पक्राउ

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट २६ जुवाडेसहित ४ लाख २८ हजार बरामद गरेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ८ मा रहेको चुलनाथ गिरीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ४ हजार ५सय ८५ रुपैयाँ सहित छ जनालाई नियन्त्रणमा लिएको हो भने मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोट मा रहेको े लोकबहादुर रायमाझिको घरमा अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा नगद रु तीन लाख २३ हजार ३ सय ४५ सहित २० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । तामाङको कमाण्डमा खटिएको टोलीले ३२ थान कौडा सहित ५ बुक तास पनि बरामद गरिएको छ । ती स्थानहरु अवैधरुपमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ तामाङको कमाण्डमा गएको टोलीले बिहान साढे १ बजेको समयमा मेलम्ची नगरपालिका ८ केउरानी बाट र बिहान साढे ३ बजेको समयमा मेलम्ची नगरपालिका ५ सिन्धुकोटबाट उनीहरुलाई पक्राउ गरिएको हो । चाडबाडको समयमा जुवातास नखेल्ने, होहल्ला नगर्ने, भीडभाड नगर्ने भनेर सार्वजनिक सूचना जारी गर्दा समेत त्यसलाई बेवास्ता गरी जूवा तास खेलेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्