बाह्रबीसेमा १३३ जनाले गरे रक्तदान

बाह्रबीसे । नेपाली काँग्रेस, केन्द्रीय खेलकूद विभागको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका छन् । देशको विभिन्न जिल्लाहरुमा रक्तदान गर्ने पूर्वघोषित कार्यक्रम अनुसार सिन्धुपाल्चोकको बाह्रबीसेमा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको विभागले जनाएको हो ।
कारोना भाईसर र बाढीपहिरोको उच्च जोखिमका कारण विरामीको उपचारमा भइरहेको रगत अभावलाई पूर्ति गर्ने हेतुले रक्तदान कार्यक्रम आयोजना भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् खेलकूद विभागका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र लगायतका संघसंस्थासँगको समन्वयमा विभागले मंसिर ७ गतेदेखि यो अभियान सञ्चालन गर्दै आइरहेको छ । अभियान मंसिर १५ गतेसम्म सञ्चालन हुने पनि नेता बस्नेतले बताए । रक्तदाताहरुलाई प्रसंशापत्र वितरण गर्दै केन्द्रीय सदस्य बस्नेतले देशभरि रक्त अभाव झेलिरहेको अवस्थामा सो विषयमा सम्वेदनशी हुँदै नेपाली काँग्रेसले देशभरि नै रक्तदान कार्यक्रम आयोजना गरेको बताए

सिफारिस

प्रतिकृया दिनुहोस्